© २०२३
बुटवल, १४ चैत । बुटवल उपमहानगरपालिका वडा नं. २ मा स्थित फुलबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नया नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा हिक बहादुर दर्लामी विजयी भएका छन । दर्लामीले १९९ मत ल्याएर विजयी हुदा उनका प्रतिस्प्रर्धी अध्यक्ष पदका उम्मेदबार सन्तोष श्रेष्ठले १२७ मत ल्याए ।
उपाध्यक्ष पदमा कमलादेबी नगरकोटी १६० मतसहित विजयी भएकी छिन । सचिव पदमा चेतन ठाडामगर २०९ मतसहित विजयी भएका छन । सहसचिवमा प्रवेश बिक १६४ मत ल्याउदै विजयी भए । कोषाध्यक्ष पदमा केशर बहादुर घर्तीमगर १९८ मतसहित विजयी भएका छन । समितिको सदस्य पदमा शेर बहादुर थामीमगर २३९ मत, विष्णुमाया थापा १९२ मत, कमला राना १८४ तथा धनमाया नेपालीले २०५ मत ल्याउदै विजयी भएका छन ।
यसैगरि लेखा समिति संयोजकमा बलराम काफलेले १५४ मत ल्याएर विजयी भए भने सदस्यमा गणेश बहादुर सारु १८२ तथा अर्चना पन्थी १९० मत ल्याउदै विजयी भएको प्रमुख निर्वाचन आयुक्त महेन्द्र थापाले बताए ।
समितिको शनिबार सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेसनसंगै नया नेतृत्वमा आउने आकाक्षीको संख्या धेरै हुदा बुधबार विहानबाट मतदान प्रक्रियामा शुरु भएको थियो ।
निवार्चनमा नेपाली काग्रेस पार्टी, नेकपा एमाले, एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र, मंगोल अर्गानाईजेसन, राष्ट्रिय जनमोर्चा, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत ३ समुह प्यानल बनाई मतदान प्रक्रियामा भाग लिएका छन । समितिमा ७ सय ६ जना सदस्यहरु रहेकोमा पाच सय मत खसेको थियो ।