ट्रेंडिंग:

>> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी >> पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाई कारबाही गर्न प्रेस चौतारीको माग >> दुर्गा प्रसाईंले फेसबुक लाईभमा, भने, `आन्दोलन हिंसात्मक हुनुमा राज्य र युवा संघ जिम्मेवार´ >> तीन दिनका कार्यक्रम सकिएपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रूपन्देहीबाट काठमाडौ प्रस्थान >> त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. बरालले किन राजीनामा दिएका हुन् जानकारी छैन: शिक्षामन्त्री >> म्यानमारमा शक्तिशाली भूकम्पपछि पनि सेनाले आक्रमण जारी राख्यो >> विश्व बैंकले नेपालमा पुल सुधारको लागि २० अर्ब ४० करोड रुपैयाँको स्वीकृत >> त्रिवि केन्द्रीय क्याम्पसमा भोली निर्वाचन >> ‘साहित्य समाजको दर्पण हो’ >> सिंहदरबारमा ७ बजे गणतन्त्र पक्षधरको सर्बदलीय बैठक >> कुलमानको रिट ‘हेर्न नमिल्ने’ >> जरिवानाको पत्र लिन मानेनन् ज्ञानेन्द्रले, हुलाकबाट पठाइँदै >> सुनको मूल्यमा नयाँ कीर्तिमानः तोलाको १ लाख ७६ हजार बढी >> राप्रपा नेता मिश्र, राणा लगायतलाई अदालत लगिदै >> नेकपा एसको बिशेष पत्रकार सम्मेलन हुँदै >> ढाकावाङ्ग–रूपन्देही समाजको शुभकामना आदानप्रदान >> सर्प उद्वारकर्ता सारुले समुदायमा जनचेतना फैलाउँदै >> रातीमा क्रिकेट खेल्न ‘एक्स्ट्रा टेक फिट’ >> पुलिस पिएम कप च्याम्पियन >> ‘हिंसात्मक घटना स्वीकार्य हुँदैन’ >> १८ बर्षपछि फेरि राजतन्त्र कि गणतन्त्रको बहस ? >> साँस्कृतिक सम्पदाको संरक्षण गरौं

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छः प्रधानमन्त्री

१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

ललितपुर, १४ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन ।महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए । उनले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने स्थितिमा त्यसलाई प्रभावित पार्न सदन अवरुद्ध गरिएकामा चिन्ता व्यक्त गरे ।

“वषौँसम्म त्यही निकायमा कामा गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्ने त्यो नगरी प्रशंसा नगर्नु पर्नेलाई झुठा प्रशंसा गरिएको छ । गाली नगर्नु पर्नेलाई झुठा गाली गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, “आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौँका दुई स्थानमा हुने जुलुस र सभा हुन्छ, सकिन्छ, हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनु पर्ने केही छैन ।”

प्रधानमन्त्री ओलीले औपनिवेशिक र सामन्तवादी स्थितिले सिङ्गै नेपाली समाज पछाडि परेको र त्यसमा पनि महिलाहरुलाई झन् पछाडि पारिएको स्थितिमा सङ्घर्ष र बलिदानको परिणामबाट समाज परिवर्तज र विकासको यात्रामा अघि बढेको बताए । उनले पञ्चायतकालमा निकै पछाडि परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र खासगरी आफूले सरकारको नेतृत्व गरेका समयमा ठुला र रणनीतिक महत्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट गरेका छन ।कार्यक्रममा वरिष्ठ समाजसेवी अनुराधा कोइरालालगायतलाई प्रधानमन्त्रीबाट सम्मान गरिएको थियो । आजदेखि यही चैत १८ गतेसम्म चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित नेपाली वस्तुहरुको प्रर्दशनी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?