ट्रेंडिंग:

>> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी >> पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाई कारबाही गर्न प्रेस चौतारीको माग >> दुर्गा प्रसाईंले फेसबुक लाईभमा, भने, `आन्दोलन हिंसात्मक हुनुमा राज्य र युवा संघ जिम्मेवार´ >> तीन दिनका कार्यक्रम सकिएपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रूपन्देहीबाट काठमाडौ प्रस्थान >> त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. बरालले किन राजीनामा दिएका हुन् जानकारी छैन: शिक्षामन्त्री >> म्यानमारमा शक्तिशाली भूकम्पपछि पनि सेनाले आक्रमण जारी राख्यो >> विश्व बैंकले नेपालमा पुल सुधारको लागि २० अर्ब ४० करोड रुपैयाँको स्वीकृत >> त्रिवि केन्द्रीय क्याम्पसमा भोली निर्वाचन >> ‘साहित्य समाजको दर्पण हो’ >> सिंहदरबारमा ७ बजे गणतन्त्र पक्षधरको सर्बदलीय बैठक >> कुलमानको रिट ‘हेर्न नमिल्ने’ >> जरिवानाको पत्र लिन मानेनन् ज्ञानेन्द्रले, हुलाकबाट पठाइँदै >> सुनको मूल्यमा नयाँ कीर्तिमानः तोलाको १ लाख ७६ हजार बढी >> राप्रपा नेता मिश्र, राणा लगायतलाई अदालत लगिदै >> नेकपा एसको बिशेष पत्रकार सम्मेलन हुँदै >> ढाकावाङ्ग–रूपन्देही समाजको शुभकामना आदानप्रदान >> सर्प उद्वारकर्ता सारुले समुदायमा जनचेतना फैलाउँदै >> रातीमा क्रिकेट खेल्न ‘एक्स्ट्रा टेक फिट’ >> पुलिस पिएम कप च्याम्पियन >> ‘हिंसात्मक घटना स्वीकार्य हुँदैन’ >> १८ बर्षपछि फेरि राजतन्त्र कि गणतन्त्रको बहस ? >> साँस्कृतिक सम्पदाको संरक्षण गरौं >> उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मानित >> शहिद स्मृति युवा मिलन कार्यक्रम >> केरामा ‘दाह्रीबा’ को तीन दशक >> दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची >> पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> फेरियो पूर्वराजाको सुरक्षा टोली, संख्या पनि घटाइयो >> नदीमा पौडी खेल्दा डुबेर २ युवकको मृत्यु >> तिलोत्तमा नेवारी भाषा तालिम शुरु, नेवा संस्कृति संरक्षणमा मद्यत मिल्ने दाबी >> त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य,संस्कृति एवम् पर्यटन उत्सव बर्दघाटमा सुरु >> ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष >> नयाँ वर्ष र विस्काः जात्राको अवसरमा भक्तपुर महोत्सव हुने >> पूर्वराजालाई जरिवाना गर्ने महानगरको निर्णय हास्यास्पद : कमल थापा >> आधुनिक शिक्षा प्रणालीमा प्रविधि >> दीर्घकालीन सहकारीद्धारा सचेतना तथा अभिमुखिकरण

१८ वर्षसम्म संक्रमणकालीन न्याय नटुंगिदा अन्तराष्ट्रियस्तरमा मुख देखाउन लाज भइसक्याेः प्रधानमन्त्री

१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

काठमाडौं, १४ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेका छन ।जवाफदेहीता निगरानी समिति र द्वन्द्धपीडित सङ्गठनहरुद्वारा आज आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका यसअघिका कामहरु किन सफल भएनन् भन्ने समीक्षा गरी आगामी दिनका कामलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका हुन ।

उनले पीडितलाई न्याय र परिपूरण दिन सरकार सक्रिय रहने विश्वास दिलाउँदै विगतमा भएको अनावश्यक र अनुचित हिंसालाई अब उप्रान्त यस्तो नहुने सुनिश्चिता गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा लान सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसद्बाट सहमतिमा पारित गराइएको स्मरण गरेका छन ।संसदवाट सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन बने पछि ती आयोगका पदाधिकारी नियुक्तिका लागि यसअघि गठित सिफारिस समितिमा सहमति नभई त्यस समितिको अवधि सकिएपछि सरकारले प्रमुख दलको परामर्श फेरि अर्को सिफारिस समिति गठन गरेको जनाए ।

“सबै नेपाली जनता द्वन्द्वका घाउलाई बिर्सन चाहन्छन् । हिंसाको बाटो हामीले छोडिसकेका छौँ । अब उप्रान्त त्यस्ता काम नहोउन्, पीडितलाई न्याय दिन सकौँ । अठार वर्षसम्म शान्ति प्रक्रियाले पूर्णता प्राप्त नगर्दा हामीलाई अन्तराष्ट्रियस्तरमा मुख देखाउन लाज लाग्ने स्थिति भएको छ, त्यसकारण अब हामी काम पूरा गर्न गम्भीर हुनुपर्छ । गम्भीर मानव अधिकारको उलङ्घन गर्नेलाई कारवाही हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जनयुद्धलाई अहिले पनि उत्सव मनाउने वा सार्वजनिक बिदा दिएर मनाउन खोज्ने कुराहरु गरिरहन आवश्यक छैन । यस्ता कुराहरुले पीडितलाई झन् पीडित बनाउन सक्छ ।’

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लान अन्तर्राष्ट्रिय समुदायको सहयोग र साथ प्राप्त भइ रहनुपर्नेमा जोड दिँदै यस प्रक्रियालाई मौलिक तरिकाले समाधान निकाल्न नेपालले प्रयास गरिरहेको बताए । सङ्क्रमणकालीन न्यायसम्मबन्धी काम र सरकारको कनै निकायको कर्मचारी हटाएको विषय तुलनायोग्य नभएकाले त्यस्ता अनावश्यक विषयलाई जोडेर प्रस्तुत नगर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेकाले मुलुक पछाडि फर्कन नसक्ने पनि स्पष्ट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?