© २०२३
काठमाडौं, १४ चैत ।
प्रेस सेन्टर नेपालले पाँचौँ महाधिवेशनको पुर्व सन्ध्यामा पुरस्कार प्राप्त गर्नेको नाम सार्वजनिक गरेको छ ।आगामी चैत १६ र १७ गते काठमाडौंमा आयोजना हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बेला सो सेन्टरले प्रदान गर्ने माओवादी निकट प्रेस सेन्टरले दिने विभिन्न पुरस्कार घोषणा पुरस्कारको घोषणा गरेको हो ।
महासचिव सन्तोष पौडेलका अनुसार नेपालको पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने सञ्चारकर्मीहरूलाई पुरस्कृत गर्ने निर्णय भएको पुरस्कार छनोट समितिले जानकारी दिएको छ । जसअन्तर्गत यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार कोमल बराललाई प्रदान गरिने निर्णय गरिएको छ ।
त्यस्तै शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र कर्णलाई, बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार (राजेन्द्र ढकाल बेपत्ता योद्धा सन्तति) मञ्जिमा ढकाललाई प्रदान गरिने भएको छ ।प्रदेशतर्फ मधेश प्रदेश समिति र उत्कृष्ट जिल्ला समितितर्फ रोल्पालाई, क्रियाशीलतर्फ प्रेस सेन्टरले कोशी प्रदेशबाट ईश्वर थापा, मधेश प्रदेशबाट विकास आर्य ठाकुर, बागमती प्रदेशबाट सिर्जना गोले, गण्डकी प्रदेशबाट सानेबहादुर नेपाली र लुम्बिनी प्रदेशबाट गजेन्द्र गुरुङ, कर्णाली प्रदेशबाट दीपबहादुर घर्ती, सुदूरपश्चिम प्रदेशबाट हरि जोशी, उपत्यका प्रदेशबाट विनोद दाहाल, एसोएसिएट प्रदेशबाट डब्बु क्षेत्री, प्रतिष्ठान प्रदेशबाट रघुनाथ बजगाईं र प्रवास प्रदेशबाट केजीन राई पुरस्कृत हुने भएका छन ।
महासचिव पौडेलका अनुसार १६ गते नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् । जुन महाधिवेशनले संगठनको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।