ट्रेंडिंग:

>> तिलोत्तमा नेवारी भाषा तालिम शुरु, नेवा संस्कृति संरक्षणमा मद्यत मिल्ने दाबी >> त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य,संस्कृति एवम् पर्यटन उत्सव बर्दघाटमा सुरु >> ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष >> नयाँ वर्ष र विस्काः जात्राको अवसरमा भक्तपुर महोत्सव हुने >> पूर्वराजालाई जरिवाना गर्ने महानगरको निर्णय हास्यास्पद : कमल थापा >> आधुनिक शिक्षा प्रणालीमा प्रविधि >> दीर्घकालीन सहकारीद्धारा सचेतना तथा अभिमुखिकरण >> पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध >> छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला >> चर्च ब्याईजलाई २३ औ तिलोत्तमा गोल्ड कपको उपाधि >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चुनावी चहलपहल >> देउवाको टिप्पणी: ‘ज्ञानेन्द्र अहिल्यै यस्तो गर्छन्, राजा भए भने के गर्लान् ?’ >> काठमाडौँ महानगरले ज्ञानेन्द्र शाहलाई काट्यो पत्र, विभिन्न शीर्षकमा लाखौँको जरिवाना >> पक्राउ परेका १०५ जना प्रदर्शनकारीको ‘स्क्रिनिङ’ गर्दै प्रहरी >> धर्मगुरु पुष्कर खतिवडा इमाडोलबाट पक्राउ >> एफइसी धनकोष सहकारीको कर्जा सम्बन्धी अन्तक्र्रिया >> प्रधानमन्त्री कपको आज फाइनल प्रतिस्पर्धा >> कर्णाली प्रदेशमा टेलिकमको मोवाईल फोन सेवा अवरुद्ध >> बाँझो जग्गामा व्यवसायिक केरा खेती >> सहरमा वन डढेलोको चेतनामा बाजा घन्किने जंगलमा डढेलो दन्किने >> तिलोत्तमा गोल्डकपः चर्च ब्याईज र एपीएफमा बलियो को ? >> तिलोत्तमा नगरपालिका ओआईडिपिका लागि अनलाईन भाेटिगमा विश्वमै उत्कृष्ट >> विश्व तापक्रममा वृद्धि: वर्तमान र भविष्यमा प्रभाव >> कवि गोविन्दगोपाल र उनको ‘वासना कि उपासना’ कविता संग्रह >> बर्दिया आउने पर्यटकमा वृद्धि >> शुक्रबार काठमाडौं अस्तव्यस्त बुटवलमा पनि निस्किए राजाबादी >> पत्रकारिताको इतिहासमै एउटा दुखद घटना -अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ >> स्थानीय तहमा महिला सहभागिता उपलब्धि मुलुक हुनुपर्ने >> नेपालगन्जको रोजगार मेलामा बेरोजगारको लाग्यो लर्को >> लेखा समूह रुपन्देहीको स्थापना दिवसमा मानवसेवा आश्रममा भोजन >> राजावादीको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण >> राजावादी प्रदर्शनमा पक्राउ पर्नेको संख्या ५१ पुग्यो >> दीर्घकालीन सहकारीद्धारा रक्तदान ५२ युनिट रगत संकलन >> बिमानस्थल छेउमा लगाइयो आगो, प्रभावित भए राष्ट्रिय अन्तराष्ट्रिय उडान >> २३ औ तिलोत्तमा गोल्ड कपको उपाधिमा नया दाबेदार >> राजधानीका केही स्थानमा कर्फ्यु घोषणा >> तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी >> नेपालले महिला एशियन कप २०२६ छनोटको पहिलो खेलमा लाओससँग खेल्ने >> राजावादीद्वारा व्यक्तिको घर तोडफोड >> संसदको शून्य समयमा किन हासे सांसद हमाल ? >> समाजवादी मोर्चाको जनसभा जारी (फोटोफिचर) >> करेन्ट लागेर गुलरियामा १० वर्षीय बालकको मृत्यु >> दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता >> म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, चीन र थाइल्यान्डसम्म धक्का >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा अश्रुग्यास प्रहार >> प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित >> दुध उत्पादक किसानहरुलाई चेक हस्तान्तरण >> राजावादी र मोर्चाको प्रदर्शन जारी (फोटोफिचर) >> आईपीएल: चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु भिड्ने >> पत्रकार महासंघको स्थापना दिवसमा दाङ शाखामा स्वास्थ्य शिविर

मुख्यमन्त्रिको निर्देशन अवज्ञा गर्ने डाक्टर उमेश साह पक्राउ

१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

रौतहट ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगर स्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक कथित डाक्टर उमेश प्रसाद साह पक्राउ परेका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ईलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख सई बब्लुकान्त झाको नेतृत्वमा गएको टोलीले उनलाई हस्पिटलबाट पक्राउ गरेको हो।

उनलाई अनुसन्धानपछि कार्यवाही गरिने एसपी घिमिरेले जानकारी दिएका छन् । मुख्यमन्त्री सिंहले दुईसाता अघि अनुगमनको क्रममा आनन्द हस्पिटल  मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएपछि बन्द गर्न निर्देशन दिएका थिए ।

मापदण्ड पुरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्ने भनी मुख्यमन्त्री सिंहले दिएको निर्देशनलाई हस्पिटलका सञ्चालकले अटेरी गरी सञ्चालन गर्दै आएका थिए । नियमानुसार व्यवस्थापन नहुन्जेलसम्म पुरानो विरामीलाई अन्य हस्पिटलमा राखेर उपचार गर्ने तथा आनन्द हस्पिटलले उपचार खर्च दिनुपर्ने हुन्छ।

तर त्यसको बिपरित कथित डाक्टर साहले पुरानो बिरामीको आफ्नै हस्पिटलमा उपचार गर्नुका साथै नयाँ बिरामीलाई समेत त्यसै हस्पिटलमा भर्ना गरी  उपचारको नाउँमा लुट मच्चाउँदै आएको प्रत्यक्षदर्शीले बताएका छन्।

पछिल्लो दुई दशक देखि उमेश प्रसादले अबैध रुपमा हस्पिटल सञ्चालन गरी लकवा प्यारालाइसिस रोगको उपचारको नाउँमा खुलेयाम लुट मच्चाउँदै आएका छन्।

मुख्यमन्त्री सिंहले गरेको अनुगमनको क्रममा शिवनगर, गरुडा, र चन्द्रपुरमा मापदण्ड बिपरित सञ्चालनमा रहेको डेढ दर्जन हस्पिटल तत्काल बन्द गर्न निर्देशन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?