ट्रेंडिंग:

>> आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ? >> प्रधानमन्त्री ओली आगामी चैत १९ गतेदेखि थाइल्यान्ड भ्रमणमा जाने >> दुर्घटनामा तिलोत्तमाका कार्यपालिका सदस्यको मृत्यु >> मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण >> अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु >> माछा मार्न खोलामा गएका बालक ढुंगामा च्यापिएर एक बालकको मृत्यु >> इटहरीको सेन्टर प्लाजामा आगलागी, ११ जनाको सकुशल उद्धार >> बर्खास्त गर्ने निर्णयविरुद्ध कुलमान सर्वोच्चमा >> बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलाको मृत्यु >> एनआईसी एशियाद्वारा बाणगंगाका डुकराज पन्थीको परिवारलाई दुर्घटना बीमावापत १० लाख प्रदान >> एपीएफको उपाधि दाबेदारी >> नेप्से ३९ अङ्कले बढ्यो, शेयर बजारमा हरियाली >> कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन >> मुख्यमन्त्रिको निर्देशन अवज्ञा गर्ने डाक्टर उमेश साह पक्राउ >> धारपानी मन्दिरमा क्यूआर कोडबाट दान गर्न सकिने >> कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा राष्ट्रियसभा बैठक अवरुद्ध >> भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार >> आगो लागिरहेको सेन्टर प्लाजामा फसेकामध्ये १६ जनाको उद्धार >> गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल >> राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> एनसेलको आयोजनामा मैत्रीपूर्ण फुटबल खेल आयोजना >> फुलबारीमा निर्वाचन >> व्यवसायिक खेती प्रवद्र्धनका लागि अनुदानमा कृषि यन्त्र >> विभागको निर्देशन लत्याउदै खानी उद्योग >> मोबाइल फोन प्रयोगका प्रभावहरू >> बुटवल–गोरुसिंगे सडक ठेकेदारले चोरे नदीजन्य पर्दाथ >> प्रभावकारी बनाउ रोजगार कार्यक्रम >> कालीकोटमा बोलेरो दुर्घटना, आठ जना घाइते >> मकै खेती नै मुख्य आम्दानी बन्दै >> लुम्बिनीका बिजुली गाडीः चल्छ भन्दै आधादशक बित्यो, फेरि चल्ने हल्ला ! >> राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने >> आजको मौसमः तीन प्रदेशको पहाडी भुभागमा बर्षा हुन सक्ने >> बाँकेको नरैनापुरमा आगलागी हुँदा १७ घर जलेर नष्ट >> सेमीफाईनल समिकरण पुरा >> ऊर्जामन्त्रीको राजिनामा माग गर्ने प्रदर्शनकारी पक्राउ >> स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य थापा नियुक्त >> ट्रम्पले सार्वजनिक गरिदिए केनेडी हत्यासँग सम्बन्धित ८० हजार गोप्य कागजात >> नेपाल-मलेसिया बीचकाे फुटबल आज साँझ ७ः४५ बाट सुरू हुदैँ   >> सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ५८.०५ अंकले घट्यो >>  मोतीहारीमा अढाई करोडको स्मैक बरामद, नेपालबाट लागिएको दाबी >> अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छः प्रधानमन्त्री >> ‘जेरी अन टप’ छायांकन सम्पन्न, बजेट पुग्यो ६ करोड >> सार्वजनिक पोखरीहरूको संरक्षण गरी ठेक्का मार्फत राजस्व संकलन गर्दै नगरपालिका >> प्रधानमन्त्रीकाे बारेमा गलत डिस्प्ले देखाएकाे भन्दै भरतपुर विद्युतका हाकिम माथी आक्रमण >> लायन्स क्लब बुटवल सयपत्रीद्वारा तीनदिने बाटेको धुप बनाउने तालिम सम्पन्न >> केरा खेतीमा भविश्य खोज्दै सहकारी >> तरूणदल तिलोत्तमा आलोकको नाममा फुटसल प्रतियोगिता आयोजना >> देशी–विदेशी तत्व सरकारलाई बदनाम गर्न लागिपरेः प्रधानमन्त्री >> सुर्खेतको मेडिकलमै लागुऔषध धन्दा

बुढानीलकण्ठको ४८ रोपनी जग्गा अधिग्रहण ३७ वर्षसम्म अलपत्र, तत्काल पूरा गर्न सर्वोच्चको आदेश

११ चैत्र २०८१, सोमबार
११ चैत्र २०८१, सोमबार

काठमाडौं, ११ चैत ।

बुढानीलकण्ठ मन्दिरको मर्मत, सम्भार र विस्तारका लागि २०४४ सालमा सुरु भएको मन्दिर आसपासको ४८ रोपनी जग्गा अधिग्रहण अझैसम्म पूरा नभएपछि सर्वोच्च अदालतले यथाशीघ्र अधिग्रहणको काम पूरा गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले सरकारलाई अधिग्रहणको काम तत्काल पूरा गर्न निर्देशन दिएको हो ।२०४१ सालमा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको मन्दिर भ्रमणको क्रममा राजारानीले दिएको निर्देशन अनुसार मन्दिर आसपासको ४८ रोपनी ११ आना २ दाम २ पैसा क्षेत्रफलको जग्गा अधिग्रहणको काम २०४४ सालमा सुरु भएको थियो ।

सरकारले मन्दिर आसपासको तोकिएको क्षेत्र जग्गा प्राप्ति ऐन २०३४ अनुसार अधिग्रहण गर्ने भएपछि सरोकारवाला जग्गाधनीलाई मुआब्जा लिनको लागि प्रमाणसहित सरकारी निकायमा दावी गर्न सूचना जारी गरिएको थियो ।२०४४ भदौ ३१ मा गोरखापत्रमा हबदावी सम्बन्धी सूचना प्रकाशित गरेपछि सरकारले तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मुआब्जा निर्धारण समिति पनि बनाएको थियो ।समितिले अधिग्रहण गरिने जग्गाको मूल्यांकन गरी तत्कालीन प्रचलित मूल्यअनुसार २० लाख २० हजार ५६६ रुपैयाँ मुआब्जा दिनुपर्ने ठहर गरेपछि सो रकम निकासा पनि भएको थियो । तर, निकासा भएको रकममध्ये १८ लाख ४७ हजार ९३८ रुपैयाँ मात्र सम्बन्धित जग्गा धनीलाई दिइयो । बाँकी १ लाख ७२ हजार ६२७ रुपैयाँ भने जग्गा धनीले लिन नआएपछि सरकारी कोषमा फिर्ता भयो ।०४८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले लेखेको एक पत्रमा ७ रोपनी जग्गाको मुआब्जा वितरण भएको भनिएको थियो ।

सो जग्गाको खरिद बिक्री रजिष्ट्रेसन पास समेत भइसकेको र त्यहाँ संरचना निर्माणको काम भइरहेको अवस्थामा २०५० सालमा तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालयले निर्माणको काम रोक्का गरिदिएको थियो । त्यसयता त्यहाँ जग्गा अधिग्रहणको काम रोकिएको छ र अधिग्रहण गरिने जग्गा पनि रोक्का गरिएको छ ।नागरिकको जग्गा अधिग्रहण गरेर मुआब्जा वितरण गर्ने काम पनि पूरा नभएको तर जग्गा रोक्का गरिएका कारण जग्गा धनीले समेत आफ्नो जग्गा भोगचलन गर्न नपाएको भन्दै बुढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्दले सर्वोच्च अदालतथमा रिट दायर गरेका थिए ।सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अधिग्रहणको काम यथाशीघ्र पूरा गर्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएको हो ।

अदालतको आदेशमा उल्लेख भए अनुसार अधिग्रहणको प्रक्रिया सुरु भएपछि मुआब्जा वितरण गरिएका जग्गाको स्वामित्व पनि नेपाल सरकारको नाममा आएको छैन । सम्बन्धित जग्गा धनीलाई मुआब्दा वितरण गरिसकिएको तर जग्गा सरकारको नाममा पास नभएको अवस्थामा सो जग्गाको स्वामित्व पनि विवादित छ र यस्तो जग्गा अतिक्रमण हुने जोखिम पनि उत्तिकै छ ।अदालतले आफ्नो निर्देशनात्मक आदेशमा मन्दिरलाई आवश्यक पर्ने जग्गा कानुनअनुसार अधिग्रहण गरेर मुआब्जा वितरण तथा स्वामित्व हस्तान्तरणको काम पूरा गर्न र मन्दिरलाई आवश्यक नपर्ने जग्गा सम्बन्धित जग्गा धनीलाई नै फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने ठहर गरेको छ । अधिग्रहण प्रक्रियामा थप रकम आवश्यक भएमा सोको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पनि निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?