© २०२३
काठमाडौं, १० चैत ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँछ ।आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपमा बस्ने भनिएकाे उक्त बैठक ढिलाे गरी सुरू भएकाे हाे । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेकाे छ ।
कार्यसम्पादन समितिको बैठकमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।गत मंगलबार सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।