© २०२३
रसुवा, १० चैत ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका २३ वर्षीय नविन रावललाई प्रहरीले पक्राउ गरेको छ ।
रावलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी स्याफ्रुवेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।