© २०२३
सिराहा, ८ चैत ।
दलितको घर खाली गरेको प्रकरणलाइ लिएर सिरहाका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको छ । सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई सिरहावाट गृह मन्त्रालय, काठमाडौंमा तानिएको छ ।गृह मन्त्रालयका अनुसार उनको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको छ ।
महायज्ञ गर्न दलित परिवारलाई हटाएको समाचार बाहिरिए पछि उनी बिबादमा परेका थिए । सोही घटनाले संसद देखी मिडियासम्म लामो बहस भएको भोलीपल्ट सो बिषयमा सत्य तथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ ।