ट्रेंडिंग:

>> सामाजिक सञ्जालको अराजकता रोक्नु पर्छः एमाले महासचिव >> समनतामूलक समाज निर्माणमा नेपाल सरकारको तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू >> नेप्सेले देखाएन बढ्ने छाँट, ५४.६२ अंकले घट्यो >> गृहमन्त्री रमेश लेखकको विवाहको उमेर घटाउने प्रस्ताव >> बारा र पर्सामा तीन उच्च क्षमताका सबस्टेशनहरूको निर्माण अन्तिम चरणमा >> नेकपा माओवादी केन्द्र र जसपा नेपालका सांसदहरूले मधेस प्रदेशसभामा ठूलो विरोध >> पाकिस्तानी सरकारले मन्त्रीहरूको तलबमा १८८ प्रतिशत वृद्धि  >> मलायम सुपरस्टारको फिल्मकाे कमाइ सलमानको ‘सिकन्दर’काे भन्दा बढी हुने >> जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ >> विकासको गतिमा देश अगाडि बढिसकेको छः प्रधानमन्त्री >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> प्रेस चौतारीको महाधिवेसन सुरू, प्रधानमन्त्री गएनन् >> प्रचण्ड काठमाडौँ फर्केपछि तीन दलका शीर्ष नेताबीच शान्ति प्रक्रिया बारे छलफलको तयारी >> काठमाडौँमा चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा प्रदर्शन हुने >> सरकारले ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गरायो >> ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्,बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ: देउवा >> राष्ट्रिय सभामा अध्यादेश प्रतिस्थापन विधेयकको नामलाई लिएर विवाद >> बुटवलमा १ सय ६९ ईरिक्सालाई संचालन अनुमतिपत्र >> उमेश राईलाई १७ औं धर्मश्रीको उपाधि >> वीरगञ्ज सुक्खा बन्दरगाहबाट भन्सार कार्यालयले ८ महिनामा ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन गर्यो >> प्रहरीद्धारा अबैध कुखुरासहित एक जना प्रक्राउ >> भक्तपुरमा कवाडी टिप्ने एक वृद्धको हत्या, अनुसन्धान गर्दै प्रहरी >> इजरायली हवाई आक्रमणमा हमास नेता सलाह अल–बर्दाविलको ज्यान गयो >> पृथ्वीमा पानीको उत्पति कहिले भयो ? नयाँ अनुसन्धानले गरायाे खुलासा >> सञ्चारकर्मी मिडियामा अडिरहने वातावरण बनाउनुपर्छ >> सुन र चाँदी दुवैको भाउ घट्यो >> लुम्बिनीमा किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड तालिम >> ५ लाख शरणार्थीलाई अमेरिकाबाट निष्कासन गरिने, ट्रम्प प्रशासनले अप्रिल २४ सम्म दियो म्याद >> कर्मचारी मिलन केन्द्रको वनभोज कार्यक्रम तथा साधारणसभा सम्पन्न >> श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाको अन्तरक्रिया >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> एपीएफको विजयी शुरुवात >> नेकपा एसको रूपन्देही अधिवेशन शुरु ‘पुर्नउत्थानवादीलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेप’ >> अर्घाखाँचीमा ९५ प्रतिशत किशोरीलाई खोप >> कागजमा सीमित आर्थिक रूपान्तरण >> विश्व मौसम दिवसः बढ्दै छ चुनौति >> नारायणगढ–बुटवल खण्ड बिस्तारः पूर्वी खण्डमा प्रगति, दाउन्नेमा सास्ती >> विश्व पानी दिवसमा अन्तरक्रिया >> डढेलो नियन्त्रणका लागि ३ तहका सरकारको समान दायित्व हुनुपर्ने >> प्रतिगामी चिन्तनविरुद्ध ‘कविता’ >> सुस्ता गाउँपालिकाको शीतभण्डारः एकातिर आँधी, अर्कोतिर झोलङ्गो >> आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने >> मेन्स सिंगल र डबलमा एपीएफलाई उपाधि >> आदिवासी जनजाति महासंघ कपिलवस्तुको अध्यक्षमा चौधरी >> मौसम प्रतिकुलका कारण पहिलो दिनको खेल प्रभावित, रोकिएको खेल आईतबार बिहान हुने >> २३ औ तिलोत्तमा गोल्डकप शुरु, पहिलो हाफमा एपीएफको अग्रता >> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक   

गणतन्त्रका पक्षमा सचेतनाका लागि एमाले सडकमा उत्रिने

७ चैत्र २०८१, बिहीबार
७ चैत्र २०८१, बिहीबार

काठमाडौं ।

सत्तारुढ दल नेकपा (एमाले) ले मुलुकमा राजावादीको सक्रियता बढ्दै गएपछि लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतना कार्यक्रम गर्ने भएको छ । एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो।

तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो । यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्याली आयोजना गरिने छ ।

एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बाग्मती बाहेकका छवटै प्रदेशका निम्न शहरहरू– धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने भएको छ ।

प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने एमालेले जनाएको छ।

महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिए।

एमालेको हालै बसेको सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गरी पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको थियो ।

के-के छ एमालेको कार्यक्रम ?
१.प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने ।

२.सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने ।

३.चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने । जागरण सभा नहुने जिल्लाका हकमा वृहत मोटरसाइकल र्‍याली गर्ने ।

४.चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने । काठमाडौं उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?