© २०२३
कालीकोट ।
बिहीबार बिहान ८ बजेदेखि देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
यसै बिच कालीकोटका २५ वटा परीक्षा केन्द्रबाट ४ हजार ८९ जना बिद्यार्थीले आज परीक्षा दिने भएका छन् । परीक्षाका लागि आवश्यक प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक परीक्षा केन्द्रमा पुर्याइसकेको शिक्षा बिकास तथा समन्वय इकाइ कालीकोटका ईकाइ प्रमुख लाल प्रसाद पोख्रेलले बताउनु भयो । परीक्षामा नियमित साधारण तर्फ १ हजार ५ सय ६९ छात्र र १ हजार ५ सय ५५ छात्रा सहभागी हुदै छन् । त्यस्तै प्राविधिक धारतर्फ ३३ छात्र र ३९ छात्रा सहभागी हुने छन् ।
ग्रेडबृद्धी तर्फ ४ हजार १५ जना छात्र र ४ हजार ७८ छात्रा गरी कुल २ हजार १७ छात्र र २ हजार ७२ छात्रा परीक्षामा सहभागी हुदै छन् । परीक्षा संचालनका लागि २५ केन्द्रा अध्यक्ष, २७ सहायक केन्द्राध्यक्ष, २ सय ४ निरिक्षक, ४१ सहायक कर्मचारी र ८२ कार्यालय सहयोगी खट्ने छन् । त्यस्तै परीक्षामा १ सय ५९ सुरक्षाकर्मी परिचालन हुने प्रहरी निरीक्षक किशोर केसीले बताउनु भयो ।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी ९इलेक्टिभ इङ्लिस०को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ ।
बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।
यस वर्ष पनि लेटर ग्रेडिङ प्रणालीमै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । विसं २०८० को एसईईमा ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।