ट्रेंडिंग:

>> रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन >> ६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने >> लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियाले हात पार्यो >> नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र >> एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय >> धनुषामा प्रहरीको हवाई फायर >> काठमाडौं महानगरले चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने >> जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ >> प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान >> बबईमा सवारी साधनका नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान >> पिएम कपमा आर्मी ६ विकेटले विजयी >> प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह >> क्रान्तिका लागि तयार रहन रविको अपिल >> बुटवलमा सुरु भयो मिडिया सम्मेलन >> लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित >> इन्डोनेसियामा ज्वालामुखी बिष्फोट, आसपासका सबै उडान रद्द >> स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह >> युद्धविराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी >> प्रहारीको मौनता लुम्बिनीको कक्ररहवा-कालिदह नाकामा तस्करी मौलाउँदै >> रविले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी >> सिराहाका सिडियो हटाएर कपिलबस्तुबाट पठाइयो >> नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक जारी >> युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न >> लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ? >> निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो >> वेपत्ता भएका भारतीय पर्यटक भटिएनन् >> चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित >> ‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’ >> सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा >> अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको ६० बर्ष पूरा >> चैतमा चमत्कार, साउनमा सन्नाटा ! >> बुटवलको पहिचान ‘रात्रीकालीन बजार’ >> महेशपुरमा लक्ष्य भन्दा माथि पुग्यो राजस्व >> डढेलो रोक्न सावधानी फैलाउँदै वनका अधिकारी >> नेपाल बैंक लिमिटेड खस्यौलीद्वारा वित्तीय साक्षरता >> फुटबलको गौरवः ‘तिलोत्तमा गोल्डकप’ >> नेपाल दक्षिण एशियाको सबैभन्दा खुशी देश, अघिल्लो वर्षको तुलनामा एक स्थान माथि >> उर्जा प्रभावकारी भवन डिजाइन सम्बन्धी कार्यदक्षता अभिवृद्धि तालिम सुरु >> आज यी पाँच प्रदेशका केही ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना >> पोषणमैत्री वडा निर्माणका लागि पिपरामा अभिमुखीकरण >> जुवातास खेलिरहेको अवस्थामा टोखावाट १९ जना पक्राउ >> सिद्धार्थनगर उत्कृष्ट पालिका >> वडा नं ११ लाई मेयर कपको उपाधि >> गणतन्त्रका पक्षमा सचेतनाका लागि एमाले सडकमा उत्रिने >> जलाशयमा डुबेर एकको मृत्यु  >>  नेप्से १२.३८ अंक घट्यो >> च्याम्पियन्स ट्रफी विजेता टोलीलाई भारतले ५८ करोडको पुरस्कार दिने >> बढ्दो महंगी नियन्त्रण गर भन्ने नारा सधैं लोकप्रिय हुने नारा होः प्रधानमन्त्री >> काभा भलिबलको दोस्रो संस्करण पनि नेपालमा नै हुने >> प्रतापपुरबाट भूमि आयोगले सुरु गर्यो जग्गा नापजाँच, जिल्लामा २१ हजार बढीको आवेदन

गण्डक नहरमा सिल्टबेसिन जडान सकिने दाबी

७ चैत्र २०८१, बिहीबार
७ चैत्र २०८१, बिहीबार

नवलपरासी, ०७ चैत ।
निर्माणाधिन नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सिल्टबेसिन (बालुवा थिग्राउने संरचना) को अधिकाँस काम भईसकेको हुँदा बर्षे खेतीका लागि गण्डकमा पानी प्रवाह हुने दाबी आयोजना कार्यालयले जनाएको छ । संरचना निर्माण ढिलाईले हिउँदेबाली र गर्मियामको बालीनालीलाई सिचाईका पानी प्रवाह गर्न नसकेको सिंचाई प्रणालीको व्यवस्थापन कार्यालयले दाबी गरेको हो ।

हिउँदमा ५० प्रतिसत काम मात्र सम्पन्न भएको हुदा हिउँदेबालीलाई सिंचाई रोकेर भएपनि आयोजनाका कार्य छिटो गराउन तर्फ लागिएको हुँदा कामले तिब्रता पाएको र बर्षे खेतीका लागि पानी प्रवाहमा समस्या नहुने ब्यवस्थापन कार्यालयका प्रमुख तिलकराम बुढाथोकीले बताए । उनका अनुसार अहिले कामको प्रगति ८० प्रतिसत भएको छ । बाँकी दुई महिनामा काम सकिने लक्ष्य राखिएको छ । संरचना निर्माणमा ढिलाई हुँदा त्यसको मार स्थानीय किसानले ब्यहोर्ने अवस्था देखिएको थियो । तर अहिले आसा गरौ पानी प्रवाहमा समस्या आउँदैन्, उनले भने, नहर प्रणालीका काम लगभग सकिएको छ, माथिल्लो मागमा हुने केही व्यवस्थापकीय र सौन्दरीकरणका कार्य बाँकी छन् ।

ती कार्यले नहरमा पानी प्रवाहलाई प्रभाव पार्दैन । सिल्ट बेसिनले नहरका लागि धेरै समस्या समाधान गर्ने देखिएको छ । उनका अनुसार नहरको पानी प्रवाह सहज बनाउनका लागि मुल नहर सफाईका कार्य पनि सँगै हुँदै आएका छन् । शाखा नहरहरूको पनि मर्मत निरन्तर भइरहेको छ । तर खेत खेतमा पुर्याउने प्रशाखा, एफडि, एमएफडि लगायतका संरचनाका लागि जल उपभोक्ताहरू सक्रिय हुन उनले आग्रह समेत गरेका थिए । हाल जलउपभोक्ताको नेतृत्व गर्ने जलउपभोक्ता संस्थाका मुल समिति नै निर्वाचन नभएर अबैधानिक भइसकेको अवस्था छ । जल उपभोक्ता संस्थालाई पनि सक्रिय गराउनु पर्ने अवस्था देखिएको उनको भनाइ थियो ।

सिल्टले सधै नहर पुरिने अवस्थाको अन्त्य गर्न सिंचाई विभागले नहरको मुहानमा सिल्ट बेसिन बनाउन झण्डै ३५ करोडको डिपिआर गरेको थियो । डिपिआर अनुसार सिंचाई प्रणालीले ठेक्का आह्वान गरेको थियो । सो ठेक्का भैरव नारायण जेभि नेपालले ३० करोड ४० लाख ४६ हजार ५ सय ६२ रुपियाँमा ठेक्का हाथ परेको थियो । २०७९ पुस ८ गते सम्झौता भई २०८२ असार ४ गते भित्र सम्पन्न गर्ने म्याद उल्लेख छ । नहरको मुहानमा सिल्टबेसिनका संरचनाहरू निर्माणाधिन अवस्थामा रहेको हुँदा हिउँदे बालीका लागि पानी बन्द गरेको थियो ।

ती संरचना बेलामै सम्पन्न गर्ने भएकाले पानी प्रवाह नहुने सिंचाई ब्यवस्थान कार्यालय सेमरीद्धारा नहरमा पानी प्रवाह नगरिएको दाबी गरिएको थियो । नहरको मुहानमा सिल्ट रिजेक्ट गर्ने गरि सिल्टबेसिन (पोखरी) निर्माणका कार्य भइरहेको र पानी प्रवाह गर्दा उक्त निर्माण कार्य रोकिनु पर्ने अवस्थाका कारण हिउँदेबालीलाई किसानले पानी नपाउने ब्यवस्थापन कार्यालयका प्रमुखबुढाथोकीले बताएका थिए ।

नहरमा पानी प्रवाह गरियो भन्ने पुनः नहर सुक्न दुई तिन महिना लाग्न सक्थ्यो । सिल्टबेसिनको काम गर्ने निर्माण कम्पनीको म्याद असार मासन्तसम्म सकिनु पर्ने अवस्था छ । समयको अभाव भन्दै निर्माण कम्पनीले पुन म्याद माग्ने बखेडा झिक्न सक्ने उनको भनाई थियो ।संरचनागत सुधान भएपछि भारतिय पक्षलाई पानी छाड्न बेलामै लगाउन सकिन्छ । यसले आउने दिनमा गण्डक क्षेत्रका किसानलाई सिचाईमा राहत पुग्ने उनको भनाइ थियो । गण्डक सम्झौता अनुसार नेपालको कुल ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा सिचाई गर्ने गरि नेपाल गण्डक पश्चिमी नहर प्रणाली कुल ३२ किलोमिटर लम्बाई रहेको छ । मुल नहरबाट विभिन्न शाखा र प्रशाखा नहर मार्फत सिंचाई हुने गरेको छ । नहरमा डेढ सय क्युसेक पानी प्रवाह हुने गरि संरचनाहरू बनेका छन् । सिल्ट समस्या समाधानका लागि ब्यवस्थापन कार्यालयले मुहानमा सिल्ट बेसिनको काम पनि दुई बर्ष देखि निरन्तर भइरहेको छ । चुरे पहाडबाट बग्ने खोलाका पानी ठाउँ ठाउँबाट नहरमा पस्ने भएकोले नहर पुरिने समस्या पनि रहेको छ,बालुवा बालुवा नै रहेको स्थानमा नहरको डिल नै भत्किने अवस्था पनि छ ।

विगत बर्षमा भुमिगत सिचाई प्रति आकर्षित किसान अहिले सतही सिचाई नै स्थाई सिचाईको स्रोत भएको हुदा नहर सिचाई प्रणालीलाई मजबुत बनाउन आवश्यक रहेकोले व्यवस्थापन कार्यालयले सो काम सम्पन्न गराउनमा लागेको छ । सहती सिचाई निरन्तर गरि राख्यो भने जमिन रिचार्ज भएर जलभण्डार गरि राख्छ,जुन भुमिगत सिचाई बोरिगँको माध्यमले पानी तानेर सिचाई गर्न सम्भव हुन्छ । भुमिगत सिचाई मात्रै गरिराख्यो भने जमिन मुनिको जलभण्डर घट्दै जाने अवस्था छ । कुनै बेला २० देखी ४० फिटमा पानीको स्रोत भेटिन्थ्यो । तर अहिले त्यही स्रोत घट्दै जाँदा १ सय देखि डेढ सय फिट गहिरो बोरिगँ गाड्नु पर्ने अवस्था छ । समान्य स्यालो ट्युवेलले प्राप्त हुने पानी अहिले डिप ट्युवेलमा जानु परेको छ ।
तर कुनै दिन डिप ट्युवेलले पनि पानी दिन छाड्ने अवस्था आउन सक्छ । यसले सिंचाई लागत झन बढाउने छ । सतही सिचाईले थोरै लगानीमा पनि सिचाई गर्न सक्ने अवस्था भएकोले अब सरकारले सतही सिचाई मै लगानी बढाउनु पर्ने देखिन्छ । नहर वरि परिका जलासयमा समेत पानी जम्मा गरि राख्ने र नहरमा पानीको अभाव भए लिफ्ट गरेर नहरमा निरन्तर पानी प्रवाह गर्न सक्ने गरि अब नहर प्रणालीले योजना बनाउन आवश्यक देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?