ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

एनसेल फाउण्डेसनद्वारा २ सय ६० विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार

कपिलवस्तु, ०६ चैत ।

एनसेल फाउण्डेसनले जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. १० बिकुली स्थित श्री राष्ट्रिय माध्यमिक बिद्यालयमा २ सय ६० विद्यार्थीलाई झोला सहितको शैक्षिक सामाग्री बितरण गरेको छ । बिद्यालयमा आयोजित कार्यक्रममा श्री राष्ट्रिय माध्यमिक विद्यालयका २ सय र सोहि वडाको बिर्तामा रहेको मदरसा बहरूल उलुमका ६० गरि कक्षा १ देखी ५ सम्म अध्ययनरत २ सय ६० विद्यार्थीलाई झोला सहितको स्टेश्नरी सामाग्री बितरण गरिएको हो । एनपीएल खेलका क्रममा एनसेल फाउण्डेसनले प्रत्यक चौका बराबर ४ वटा झोला सहितको स्टेश्नरी सामाग्री विद्यालयमा बितरण गर्ने घोषणा अनुसार कार्यक्रममा सहभागी नेपाल क्रिकेट संघका सचिव पारस खड्का, एनसेल फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, फाउण्डेसनकी निर्देशक बिशाखा लक्ष्मी खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र फाउण्डेसनका एक्सपर्ट रमेश श्रेष्ठ सहितको टोलीले विद्यार्थीलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।

वितरण गरिएको सामाग्रीमा झोला, कापी, कलम, पेन्सिल, कटर, स्केल लगायतका शैक्षिक सामाग्री छन । एनसेल फाउण्डेसनले बिद्यालयमा झोला सहितका शैक्षिक सामाग्री बाड्न थालेको सुचनाका आधारमा दिईएको अनलाईन आवेदनका क्रममा आफ्नो विद्यालयका विद्यार्थीलाई सो सामाग्री बाडिएकोमा खुसी लागेको श्री राष्ट्रिय माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामहेतु चौधरीले बताए । “बिद्यालयमा गरिब र बिपन्न विद्यार्थी बढि छन । बिद्यालयमा अध्ययनरत बिद्यार्थीका लागी झोला सहितको शैक्षिक सामाग्री बितरण गर्ने कार्यले विद्यार्थीलाई खुसी बनाएको छ ।” प्रअ चौधरीले भने । देख्दा सानो सहयोग जस्तो देखिए पनि एनसेल फाउण्डेशनले बालबालिकालाई सामाजिक दायित्व पुरा गर्ने उद्धेश्यले झोला सहितको शैक्षिक सामाग्री दिएर खुसी छर्ने काम गरेको नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बताए ।

एनपिएल खेलका क्रममा खेल अबधीभर लागेको ६ सय ५३ चौकालाई प्रति चौका ४ झोला गणना गरेर देशका सातै प्रदेशका विभिन्न विद्यालयमा २ हजार ६ सय १२ वटा झोला सहितको स्टेशनरी सामाग्री वितरण गर्ने योजना रहेको फाउण्डेसनका एक्सपर्ट रमेश श्रेष्ठले जानकारी दिए । एनपिएल लिगमा गरिएको घोषणा अनुसार लुम्बिनी प्रदेशमा दोस्रो पटक सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई झोला सहितको शैक्षिक सामग्री बितरण गर्न थालेको फाउण्डेसनकी निर्देशक बिशाखा लक्ष्मी खड्काले बताईन । फाउण्डेशनले हाल सम्म देशभरका ६० बढि सामुदायिक बिद्यालयका ६ हजार बढि बिद्यार्थीलाई झोला सहितका शैक्षिक सामाग्री दिएको उनले जानकारी दिईन । झोला सहितको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा मदरसा बहरूल उलुमका प्रधानाध्यापक रफि मोहम्मद फकिर, मदरसा व्यवस्थापन समितिका अध्यक्ष अब्दुल मोतिम खान, श्री राष्ट्रिय माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक भोजराज पौडेल, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबृक्ष यादव लगायत शिक्षक र बिद्यार्थीहरूको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?