ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

स्ववियू निर्वाचनः कहाँ कस्ले जिते ?

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार

बुटवल, ०६ चैत ।
रूपन्देहीका तीन वटा क्याम्पसमा मात्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मंगलबार देशभरका क्याम्पससँगै रूपन्देहीका पनि १२ वटा क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गरिएको थियो। तर आठ वटा क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरूले तालाबन्दी गरेपछि निर्वाचन हुन सकेन ।कञ्चनस्थित हरैया बहुमुखी क्याम्पस, शुद्धोधनस्थित यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पस र सैनामैना रामपुरस्थित शहिद नारायण पोख्रेल बहुमुखी क्याम्पसमा मात्रै मंगलबार मतदान भएको हो ।यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा  नेपाल विद्यार्थी संघका आदेश राना विजयी भएका छन् । देवदह आदर्श बहुमुखी क्याम्पस देवदहमा भने यसअघि नै स्ववियुको सिंगो कमिटी नै निर्बिरोध निर्वाचित भइसकेको छ । बाँकी आठ वटा क्याम्पसमा विद्यार्थी संगठनहरूको आपसी विवादका कारण स्ववियु निर्वाचन प्रक्रिया रोकिएको छ ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार निर्वाचन हुन नसकेका आठ वटै क्याम्पसमा विद्यार्थी संगठनहरूले ताला लगाएका छन् ।

यस क्षेत्रकै सबभन्दा पुरानो र ठूलो बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, राममणि बहुमुखी क्याम्पस, लीलाराम बहुमुखी क्याम्पस र श्री सरस्वती संस्कृत विधापिठ क्याम्पसमा तालाबन्दी गरिएको छ ।तालाबन्दी गरिएका कतिपय क्याम्पसहरूमा विद्यार्थी संगठनहरूको असहमतिपछि निर्वाचन समिति नै विघटन गरिएको छ । भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले तालाबन्दी गरेका छन् ।निर्वाचन अधिकृतले पूर्वाग्रही व्यवहार गर्दै षड्यन्त्रपूर्वक हस्तक्षेप गरेको आरोप लगाउँदै विद्यार्थी संगठनहरूले तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । त्यस्तै, रूपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा पनि निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेन । समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेस विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेपछि निर्वाचन समितिले चुनाव प्रक्रिया अगाडि बढाउन सकेको थिएन ।

रूपन्देहीमा मात्र होइन लुम्बिनी प्रदेशका ५१ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन । लुम्बिनी प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त गरी १४६ वटा क्याम्पसमा निर्वाचन हुनुपर्ने थियो । तर, ९५ वटा क्याम्पसमा मात्र निर्वाचनका लागि सहमति जुटेको हो । विद्यार्थी संगठनहरूका बीचमा सहमति जुटेका ९५ वटा क्याम्पसमध्ये ३६ वटामा सर्वसम्मत रूपमा स्ववियू नेतृत्व चयन भइसकेको छ । जसमध्ये गुल्मी, बर्दिया र दाङका १५ वटा क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार सर्वसम्मत चयन भएका छन् । पाल्पा, गुल्मी, रूपन्देही, बर्दिया र दाङका १२ वटा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत् रूपमा चयन भएका छन् भने दाङका ५ वटा क्याम्पसमा नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) का उम्मेदवार सर्वसम्मत चयन भएका छन् । त्यस्तै, दाङस्थित राप्ती शिक्षा क्याम्पस र भिएन कलेज तथा प्यूठानको झिमरूक क्याम्पस बाग्दुलामा विप्लव नेतृत्वको अखिल (समाजवादी) तथा दाङको दीपशिखा कलेजमा राप्रपानिकट राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनले नेतृत्व पाएको छ । बाँकी ५९ वटा क्याम्पसमा मात्र मंगलबार निर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?