© २०२३
काठमाडौं ।
पुल्चोक क्याम्पसमा आज मतदानको प्रक्रिया जारी छ र साढे १ बजेसम्म १७०० मत खसेको छ। क्याम्पसका सहायक प्रमुख राम एकवाल यादवका अनुसार मतदान प्रक्रिया चार बजेसम्म चल्नेछ।
पुल्चोक क्याम्पसमा मतदाता संख्या ३८०७ रहेको छ। मतदान इलेक्ट्रोनिक मेसिनबाट भइरहेको छ, र क्याम्पसका अनुसार मतदान सकिएपछि केही घण्टामा नतिजा सार्वजनिक हुनेछ।