© २०२३
विराटनगर, ५ चैत ।
मोरङको धनपालथान गाउँपालिका-६ कदमा गाउँमा आगलागीको घटनामा परी दुई बालबालिकाको मृत्यु भएको छ। मृतक बालबालिकाको पहिचान अहिलेसम्म खुलेको छैन।
आगलागीका कारण ८ घर जलेर नष्ट भएका छन्। चर्को घाम र हावाले आगो निभाउन कठिनाइ भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।
अहिले प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास जारी रहेको छ। आगलागीको कारण नखुलेको र अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ। घटनास्थल नजिकका सबै घर जलेका छन्।