ट्रेंडिंग:

>> एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै >> नेपाली बजारमा आज सुनको मूल्य स्थिर >> ‘मिसन–२०२६’ को समिक्षा >> कुन मुद्राको कतिमा हुँदैछ काराेबार ? >> हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण जारी, ५३ जनाको मृत्यु >> कहिले शुरु हुन्छ सुनिता र बुचको अन्तरिक्षबाट फर्किने प्रक्रिया ? >> कहिले आउँछ पुष्पा-३ ? >> लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सहज जित >> एमालेको सचिवालयको बैठक आज बस्दै >> पालिकाको पहलमा मुख्य सडक कालोपत्रे >> पिएम कपमा लुम्बिनी फराकिलो अन्तरले विजयी >> संसदीय समिति किन बन्दैनन् प्रभावकारी ? >> ‘पश्चगमन होईन, अग्रगमनको खाँचो’ >> ढाकामा तानसेन सरकारको बेइमानी >> एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा >> पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले वर्षादेखि हावाहुरीको सम्भावना >> सैनामैनामा लागूऔषध सहित संलग्न व्यक्ति पक्राउ >> स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण >> रूपन्देही प्रहरीद्वारा एक महिनामा ११३ फरार प्रतिवादी पक्राउ >> मजदुरको शव भेटियो >> टेक्टरसहित काठ बरामद >> मेयर कपमा वडा नं ८ र १२ विजयी, सोमबारदेखी क्वाटरफाईनल खेल हुदै >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगित >> कर्भ ईभिसहित टाटाका दुई नया कारहरु लन्च >> राजनीतिमा निष्ठाभाव महत्त्वपूर्ण पक्ष हो : नेता महर >> ‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिने >> उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु >> आठ महिनामा झन्डै साढे ५ लाख युवाले देश छाडे >> सेयर बजारमा २१.६३ अंकको गिरावट >> मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता >> लुम्बिनीद्वारा बाग्मती प्रदेश विरुद्ध ४८ रनकाे सानदार जीत >> अमेरिकाले यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक’ हवाई आक्रमण सुरु गर्यो >> स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक >> बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोख्रेलद्वारा शपथ ग्रहण >> रोकियो पुन निर्माणको काम >> पिएम कपमा लुम्बिनीद्वारा बाग्मतीलाई ११६ रनको लक्ष्य >> सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको छ: मन्त्री गुरुङ >> महामन्त्री राणाको माग: निराजन बमलाई तत्काल रिहा गरियोस् >> रघुजी पन्तद्वारा ज्ञानेन्द्र शाहीलाई बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी >> प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ >> रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै >> अमेरिकामा आँधीको प्रकोप: ३४ जनाको मृत्यु >> समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्री ओलीको आग्रह >> पूर्वविशिष्टको बढाउने होइन, सांसदहरुकै सुबिधा घटाउनुपर्छ- प्रकाश ज्वाला >> पीएम कपमा कोशी प्रदेशको पहिलो जित >> संगीतकार एआर रहमान अस्पताल भर्ना >> ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउँदै >> गण्डकी प्रदेश ३१ रनमा अलआउट, विपिन महतोले लिए ६ विकेट >> प्रति तोला ४ सय रुपैयाँले घट्यो सुनको मुल्य >> पाकिस्तानलाई हराउँदै न्युजील्याण्ड ९ विकेटले विजयी

स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

३ चैत्र २०८१, आईतवार
३ चैत्र २०८१, आईतवार

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तोडफोड तथा धम्की दिने गरेकोप्रति शिक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले एक विज्ञप्ति जारी गर्दै चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा विश्वविद्यालय तथा क्याम्पसका सार्वजनिक संरचना तोडफोड भएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो । त्यस्तै निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीहरूलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचार समेत ध्यानाकर्षण भएको जनाएको छ ।

स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण जुनसुकै निर्वाचनका अनिवार्य सर्त हुन् । यिनै सर्तहरूलाई पूर्ण पालना गर्दै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन सम्बन्धी निर्देशिका, २०८१ जारी गरी निर्वाचन आचारसंहिताको व्यवस्था गरेको छ । निर्धारित निर्वाचन आचार संहिता तथा निर्देशनको पालना गर्नु विद्यार्थी सङ्गठनहरू, मतदाता तथा विश्वविद्यालय एवम् क्याम्पस प्रशासन सबैको कर्तव्य र दायित्व हुन आउने विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालय सम्बद्ध सबै सरोकारवालाहरू समक्ष तोकिएको मितिमा निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण तवरबाट स्ववियु निर्वाचन गराउन निर्धारित निर्वाचन आचारसंहिताको पालना गर्दै निर्वाचनका अनिवार्य सर्तहरूको पालना गर्न सरोकारवालाहरू सबैमा अनुरोध गरे । निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू कानुन बमोजिम दण्डनीय हुने भएकोले त्यस्ता कार्य गर्ने गराउने उपर प्रचलित कानुन बमोजिम कारबाही गर्न गराउन मन्त्रालय प्रतिबद्ध रहेको जनाए । त्यस्ता आचारसंहिता विपरीत हुने जो कसैका गतिविधि एवम् क्रियाकलापहरू प्रचलित कानुनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिनु समेत समेत गृह मन्त्रालय र मातहतका निकायलाई अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%