ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

रूपन्देही प्रहरीद्वारा एक महिनामा ११३ फरार प्रतिवादी पक्राउ

३ चैत्र २०८१, आइतबार
३ चैत्र २०८१, आइतबार

बुटवल, ३ चैत ।

रुपन्देही प्रहरीले गएको फागुन महिनामा १ सय १३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । अदालतबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीकाअनुसार अदालतले दण्डजरिवाना तथा कैद सजाय तोकेपछि फरार रहेका उनीहरुलाई पक्राउ गर्दा १७ वर्ष २८ दिन कैद सजाय असुलउपर भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले आइतबार नियमित मासिक पत्रकार सम्मेलन गरी एक महिनामा प्रहरीले सम्पादन गरेका कामको विवरण सार्वजनिक गरेको हो । प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले फरार प्रतिवादी पक्राउ पर्दा २५ लाख ६६ हजार १५६ रुपैयाँ असुल समेत भएको जानकारी दिए । ‘१७ जना फरारलाई २० वर्ष पछि पक्राउ गरिएको छ’, उनले भने, ‘अपराध गर्ने अनि नेपाल–भारतका विभिन्न ठाउँमा लुगेर बस्ने गरेका उनीहरुलाई हामीले टिम नै खटाएर पक्राउ गर्ने गरेका छौं ।’

कार्कीले अपराध गरेपछि कुनै न कुनै दिन कानूनी दायरामा आउने जनाए । यस्तै, फागुनमा लागूऔषध ओसारपसार र कारोबारमा संलग्न १४ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको उनले बताए । डीएसपी कार्कीका अनुसार अवैधरुपमा भारतबाट नेपाल भित्र्याइएको विभिन्न सामान समेत बरामद गरिएको छ । यसबाट १ करोड ८८ हजार ७८२ रुपैयाँ राजस्व संकलन भएको छ । चोरी तस्करीमा संलग्न ६ जना मानिसलाई समेत नियन्त्रणमा लिइएको छ ।

‘सीमा नाकामा निगरानी बढाइएको छ’, उनले भने, ‘अवैध कार्य गर्ने र गराउनेलाई प्रहरीले कानूनी दायरामा ल्याउँछ ।’ प्रहरीले विभिन्न हत्यामा संलग्न व्यक्तिलाई पक्राउदेखि ठाडो उजुरीमा परेका गुनासाहरु सम्बोधन गरिएको जनाएको । फागुनमा ११ हजार ६४० फोनकल मार्फत् प्रहरी सहायता मागिएकामा सबैजनालाई आवश्यक सहयोग गरिएको डीएसपी कार्कीले बताए ।

उनकाअनुसार पछिल्लो समय रुपन्देहीमा घरेलु हिंसा र आत्महत्याका घटना भने केही मात्रामा बढेका देखिन्छन् । घरेलु हिंसामा पर्नेमा अधिकांश २६ देखि ३५ वर्ष उमेर समूहका छन् । फागुनमा सबैभन्दा बढी १३ वटा बुटवल उपमहानगरमा घरेलु हिंसाका घटना घटेका छन् । यस्तै, फागुनमा २७ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा १९ देखि २५ वर्षसम्मका युवापुस्ता धेरै छन् ।

‘हामीले नियमित रुपमा हिंसा न्यूनीकरणका काम गरिरहेका छौं । आत्महत्या न्युनिकरणमा पनि काम भएका छन्’, उनले भने, ‘स्थानीय सरकारले प्रभावकारी रुपमा अभियान चलाए यस्ता घटना केही कम हुनेथिए ।’ प्रहरीले विभिन्न ठाउँमा नियमित ट्राफिक चेकिङ गरिएको, समुदाय–प्रहरी साझेदारी कार्यक्रम गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?