ट्रेंडिंग:

>> नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक >> एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै >> नेपाली बजारमा आज सुनको मूल्य स्थिर >> ‘मिसन–२०२६’ को समिक्षा >> कुन मुद्राको कतिमा हुँदैछ काराेबार ? >> हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण जारी, ५३ जनाको मृत्यु >> कहिले शुरु हुन्छ सुनिता र बुचको अन्तरिक्षबाट फर्किने प्रक्रिया ? >> कहिले आउँछ पुष्पा-३ ? >> लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सहज जित >> एमालेको सचिवालयको बैठक आज बस्दै >> पालिकाको पहलमा मुख्य सडक कालोपत्रे >> पिएम कपमा लुम्बिनी फराकिलो अन्तरले विजयी >> संसदीय समिति किन बन्दैनन् प्रभावकारी ? >> ‘पश्चगमन होईन, अग्रगमनको खाँचो’ >> ढाकामा तानसेन सरकारको बेइमानी >> एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा >> पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले वर्षादेखि हावाहुरीको सम्भावना >> सैनामैनामा लागूऔषध सहित संलग्न व्यक्ति पक्राउ >> स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण >> रूपन्देही प्रहरीद्वारा एक महिनामा ११३ फरार प्रतिवादी पक्राउ >> मजदुरको शव भेटियो >> टेक्टरसहित काठ बरामद >> मेयर कपमा वडा नं ८ र १२ विजयी, सोमबारदेखी क्वाटरफाईनल खेल हुदै >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगित >> कर्भ ईभिसहित टाटाका दुई नया कारहरु लन्च >> राजनीतिमा निष्ठाभाव महत्त्वपूर्ण पक्ष हो : नेता महर >> ‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिने >> उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु >> आठ महिनामा झन्डै साढे ५ लाख युवाले देश छाडे >> सेयर बजारमा २१.६३ अंकको गिरावट >> मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता >> लुम्बिनीद्वारा बाग्मती प्रदेश विरुद्ध ४८ रनकाे सानदार जीत >> अमेरिकाले यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक’ हवाई आक्रमण सुरु गर्यो >> स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक >> बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोख्रेलद्वारा शपथ ग्रहण >> रोकियो पुन निर्माणको काम >> पिएम कपमा लुम्बिनीद्वारा बाग्मतीलाई ११६ रनको लक्ष्य >> सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको छ: मन्त्री गुरुङ >> महामन्त्री राणाको माग: निराजन बमलाई तत्काल रिहा गरियोस् >> रघुजी पन्तद्वारा ज्ञानेन्द्र शाहीलाई बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी >> प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ >> रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै >> अमेरिकामा आँधीको प्रकोप: ३४ जनाको मृत्यु >> समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्री ओलीको आग्रह >> पूर्वविशिष्टको बढाउने होइन, सांसदहरुकै सुबिधा घटाउनुपर्छ- प्रकाश ज्वाला >> पीएम कपमा कोशी प्रदेशको पहिलो जित >> संगीतकार एआर रहमान अस्पताल भर्ना >> ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउँदै >> गण्डकी प्रदेश ३१ रनमा अलआउट, विपिन महतोले लिए ६ विकेट >> प्रति तोला ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

३ चैत्र २०८१, आईतवार
३ चैत्र २०८१, आईतवार

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको बताए । हामीले मन्त्रालय तथा स्वास्थ्य बीमा बोर्डका तर्फबाट गर्न सकिने कार्ययोजना कार्यान्वयन अघि बढाएका छौं, उनले भने, अब हरेक तहमा स्वास्थ्य बीमा प्रदान गर्ने एकाइ हुने व्यवस्था अनिवार्य गरिनेछ ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा संघ मात्र नभएर स्थानीय सरकारको समेत भएको बताए । स्वास्थ्य बीमा तीनवटै सरकारको हो, उनले भने, नागरिकको स्वास्थ्य उपचारका लागि तीनवटै सरकारले खर्च गर्ने रकम बीमा कोष बलियो बनाउन उपयोग गर्न आवश्यक छ । तीनवटै सरकार मिल्ने हो भने यो सम्भव छ । मन्त्री पौडेलले हाल यस्तो रकम ३० अर्ब हाराहारीमा भएको भन्दै स्वास्थ्य बीमा कोष बलियो पार्न एकद्वार प्रणालीमार्फत यो रकम खर्च हुने हो भने अहिले देखिएको आर्थिक अभाव हट्ने अपेक्षा गरे ।

हरेक वर्ष बजेटमा रहेको ३ अर्बले बीमाको खर्च धान्ने अवस्था नभएकाले यस वर्ष हामीले पटक पटक यसमा थप गरिसक्यौं, उनले भने, आगामी बजेटमा यसलाई १० अर्ब पुर्याइनेछ ।मन्त्री पौडेलले नागरिकको स्वास्थ्यमा बढी असर पार्ने चिनीजन्य पदार्थमा लगाउन सकिने कर तथा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने प्रदुषण, सुर्ती, मदिरा आदिमा लगाइएको करको सानो अंश मात्र स्वास्थ्य बीमा कोषमा सिधै जाने व्यवस्था मिलाउन सकिएमा अहिलेको स्वास्थ्य बीमा कोष बलियो बन्ने बताए ।

नागरिकलाई थप भार नपर्ने गरी कर रकम सिधै कोषमा लैजाने व्यवस्थाका लागि हामीले पहल थालेका छौं, उनले भने, यसलाई स्वास्थ्य मन्त्रालय मात्र नभै राज्यको कार्यक्रम ठानेर सुधार ल्याइने हो भने कोष बलियो बन्न सक्छ । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सक्छ ।यस्ता धेरै श्रोतहरु बीमा कोषमा ल्याउन सकिने चर्चा गर्दै मन्त्री पौडेलले राज्यको वेतन खाने कर्मचारीहरुका स्वास्थ्य बीमा कार्यक्रम स्वास्य बीमा कोषबाटै हुने व्यवस्था गरेर तलबको एक प्रतिशत नागरिक र बाँकी एक प्रतिशत राज्यले दिने व्यवस्था गर्ने योजना सार्वजनिक गरे ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा कोष अहिलेभन्दा बलियो बनाउन सकिने भन्दै स्वास्थ्यको समाजवाद यसबाट लागु गर्न सकिने विश्वास व्यक्त गरे ।डा. सम्भु आचार्य नेतृत्वको कार्यदलले गत पुष १६ गते प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तर(ा गरेको थियो । समितिमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइराला, विकास अर्थशास्त्री तथा हालका स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेसँगै स्वास्थ्य तथा अर्थ मन्त्रालयका अधिकारी सदस्य थिए ।

समितिले तयार पारेको प्रतिवेदनका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कार्ययोजना समेत प्रस्तुत गरिएको थियो । मन्त्रालयले दुवै सार्वजनिक गर्दै कार्यान्वयनको चरणमा अघि बढिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100% 0% 0% 0%