© २०२३
काठमाडौँ।
राप्रपाका महामन्त्री धवलशमशेर राणाले पार्टीका राष्ट्रवादी युवा नेता निराजन बम पलाँतालाई बिना शर्त र तत्काल रिहा गर्न माग गरेका छन्। मकवानपुरबाट पक्राउ परेपछि महामन्त्री राणाले यसको विरोध गर्दै तुरुन्त रिहा गर्न अपील गरेका हुन्।
निराजन बम पलाँतालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएको आरोपमा आइतबार पक्राउ गरिएको थियो। शनिबार मकवानपुरमा आयोजना गरिएको कार्यक्रममा उनले प्रचण्डको फोटो जलाएका थिए, जसको कारण उनलाई पक्राउ गरिएको हो।