Butwal Today

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

३ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।रास्वपाले आज दिउँसो ४ बजे केन्द्रिय सचिवालय बैठक बोलाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

आजको बैठकमा अघिल्लो बैठकहरूको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिको विषयमा छलफल हुने छ भने पार्टीको आगामी कार्यक्रम सम्बन्धी प्रस्तावित प्रतिवेदनमाथि छलफल हुने झाले जानकारी दिएका छन् ।

त्यस्तै बैठकमा केन्द्रीय समितिको विस्तारित बैठक सम्बन्धी प्रस्ताव तथा पार्टीका नियमित गतिविधि बारे छलफल हुने कार्यसुची रहेको छ ।