ट्रेंडिंग:

>> स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण >> रूपन्देही प्रहरीद्वारा एक महिनामा ११३ फरार प्रतिवादी पक्राउ >> मजदुरको शव भेटियो >> टेक्टरसहित काठ बरामद >> मेयर कपमा वडा नं ८ र १२ विजयी, सोमबारदेखी क्वाटरफाईनल खेल हुदै >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगित >> कर्भ ईभिसहित टाटाका दुई नया कारहरु लन्च >> राजनीतिमा निष्ठाभाव महत्त्वपूर्ण पक्ष हो : नेता महर >> ‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिने >> उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु >> आठ महिनामा झन्डै साढे ५ लाख युवाले देश छाडे >> सेयर बजारमा २१.६३ अंकको गिरावट >> मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता >> लुम्बिनीद्वारा बाग्मती प्रदेश विरुद्ध ४८ रनकाे सानदार जीत >> अमेरिकाले यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक’ हवाई आक्रमण सुरु गर्यो >> स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक >> बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोख्रेलद्वारा शपथ ग्रहण >> रोकियो पुन निर्माणको काम >> पिएम कपमा लुम्बिनीद्वारा बाग्मतीलाई ११६ रनको लक्ष्य >> सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको छ: मन्त्री गुरुङ >> महामन्त्री राणाको माग: निराजन बमलाई तत्काल रिहा गरियोस् >> रघुजी पन्तद्वारा ज्ञानेन्द्र शाहीलाई बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी >> प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ >> रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै >> अमेरिकामा आँधीको प्रकोप: ३४ जनाको मृत्यु >> समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्री ओलीको आग्रह >> पूर्वविशिष्टको बढाउने होइन, सांसदहरुकै सुबिधा घटाउनुपर्छ- प्रकाश ज्वाला >> पीएम कपमा कोशी प्रदेशको पहिलो जित >> संगीतकार एआर रहमान अस्पताल भर्ना >> ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउँदै >> गण्डकी प्रदेश ३१ रनमा अलआउट, विपिन महतोले लिए ६ विकेट >> प्रति तोला ४ सय रुपैयाँले घट्यो सुनको मुल्य >> पाकिस्तानलाई हराउँदै न्युजील्याण्ड ९ विकेटले विजयी >> राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै >> स्टक एक्सचवेन्जको प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ताका लागि पाँच जना छनौट >> हुथी विद्रोहीविरुद्ध हवाई कारवाही गर्न ट्रम्पको आदेश >> मुम्बई इण्डियन्सले जित्यो महिला प्रिमियर लिगको उपाधि >> पीएम कपमा आज तीन खेल हुँदै >> फिल्म ‘अञ्जिला’ हेर्न निःशुल्क टिकट >> दादुरा रोकथाममा ‘एन्टी–भ्याक्स’ बाधक >> अर्थतन्त्रको गति र ‘ग्रे–लिष्ट’ ले उब्जाएको प्रश्न >> डढेलोले बढाउँदै क्षतिः सावधानीको खाँचो >> ठूला दलहरूले प्रतिशोध राखेर फसाउन खोजेः अर्याल >> पैसा नदेउ, कानून ल्याउः महामन्त्री थापा >> नमुना संसदमा ‘विकासका मुद्दा’ >> वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै >> कुलमानले भने–भारतले विद्युत नदिए चैत दोस्रो सातादेखि लोडसेडिङ >> पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट >> आज यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, कहाँ कहाँ हुन्छ वर्षा ? >> बालसुधार गृहका ४९ घाइते बालबन्दी अस्पताल भर्ना

विश्वविद्यालय तह प्रवेश गर्न लागेका विद्यार्थीलाई अक्सफोर्डमा बिदाई

२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार

बुटवल, २ चैत ।

अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले विद्यालय तह पूरा गरी विश्वविद्यालय तह प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ का विद्यार्थीद्वारा आयोजित कार्यक्रममा कक्षा १२ को परीक्षामा सामेल हुने विद्यार्थीलाई बिदाइ गरिएको हो ।

बिहानी तथा दिवा सत्र गरी २ चरणमा सञ्चालन भएको कार्यक्रममा कक्षा ११ मा अध्ययनरत विद्यार्थी सन्देश भण्डारी र युजिना बुढाथोकीको अध्यक्षता विद्यालयका विद्यालय ब्यबस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले शिक्षा क्षेत्रमा नीजि क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउदै शिक्षा व्यवहारमा लागू गर्ने प्रकृतिको हुनुपर्ने भन्दै कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उत्कृष्ट नतिजाको लागि शुभकामना दिदै विद्यार्थीहरुले देशको लागि योगदान दिने प्रकृतिको काम गर्नको लागि समेत आग्रह गरेका थिए ।

देशमा संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै उनले सोही अनुसार राष्ट्र र राष्ट्रियतामा लक्षित योजना निर्माण गरी सोही अनुसारको कार्य प्रगति गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगत केही बर्षदेखि अक्सफोर्ड मा.वि ले राष्ट्रिय स्तरमा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको चर्चा गरे । उनले यसको गरिमालाई जोगाउन आफुहरू निरन्तर लागेको बताउदै कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीले समेत यो गरिमा जोगाउन कटिबद्ध रहन आग्रह गरे ।

प्राध्यापक सुमन भुसालले प्राध्यापक, विद्यार्थी तथा अभिभावकको मिहिनेतको कारण छोटो समयमै सफलता मिलेको उल्लेख गर्दै परीक्षा दिन तयार विद्यार्थीलाई उत्कृष्टताको शुभकामना दिए ।

कार्यक्रममा अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल, क्याम्पस प्रमुख मनोज मरासिनी, क्याम्पस अध्यक्ष अजित खनाल, प्राध्यापक दिवाकर रेग्मी, थानेश्वर भण्डारी, गोविन्द गौतम, सन्जय मरासिनी, माया घिमिरे, बाल कृष्ण पोखरेल, नारायण सापकोटा लगायतको आतिथ्यतामा रहेको थियोे ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ को परीक्षाको तयारी गरेका विद्यार्थीलाई मायाको चिनो प्रदान तथा खादा लगाइदिएर शुभकामना प्रदान गरेका थिए।

कक्षा ११ र १२ का विद्यार्थी सहभागी कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूले आ–आफ्ना नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरू रूवी अर्याल, प्रतिक भण्डारी, सुधा चौधरी र अञ्जली खरेले मन्तव्य राखेका थिए । त्यस्तै विज्ञान हमाल , सोनिया बराल, एलिना महत, निकिता चौहानले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संयोजन प्राध्यापक झविन्द् मरासिनी र कपिल ढकालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%