ट्रेंडिंग:

>> स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण >> रूपन्देही प्रहरीद्वारा एक महिनामा ११३ फरार प्रतिवादी पक्राउ >> मजदुरको शव भेटियो >> टेक्टरसहित काठ बरामद >> मेयर कपमा वडा नं ८ र १२ विजयी, सोमबारदेखी क्वाटरफाईनल खेल हुदै >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगित >> कर्भ ईभिसहित टाटाका दुई नया कारहरु लन्च >> राजनीतिमा निष्ठाभाव महत्त्वपूर्ण पक्ष हो : नेता महर >> ‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिने >> उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु >> आठ महिनामा झन्डै साढे ५ लाख युवाले देश छाडे >> सेयर बजारमा २१.६३ अंकको गिरावट >> मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता >> लुम्बिनीद्वारा बाग्मती प्रदेश विरुद्ध ४८ रनकाे सानदार जीत >> अमेरिकाले यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक’ हवाई आक्रमण सुरु गर्यो >> स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक >> बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोख्रेलद्वारा शपथ ग्रहण >> रोकियो पुन निर्माणको काम >> पिएम कपमा लुम्बिनीद्वारा बाग्मतीलाई ११६ रनको लक्ष्य >> सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको छ: मन्त्री गुरुङ >> महामन्त्री राणाको माग: निराजन बमलाई तत्काल रिहा गरियोस् >> रघुजी पन्तद्वारा ज्ञानेन्द्र शाहीलाई बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी >> प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ >> रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै >> अमेरिकामा आँधीको प्रकोप: ३४ जनाको मृत्यु >> समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्री ओलीको आग्रह >> पूर्वविशिष्टको बढाउने होइन, सांसदहरुकै सुबिधा घटाउनुपर्छ- प्रकाश ज्वाला >> पीएम कपमा कोशी प्रदेशको पहिलो जित >> संगीतकार एआर रहमान अस्पताल भर्ना >> ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउँदै >> गण्डकी प्रदेश ३१ रनमा अलआउट, विपिन महतोले लिए ६ विकेट >> प्रति तोला ४ सय रुपैयाँले घट्यो सुनको मुल्य >> पाकिस्तानलाई हराउँदै न्युजील्याण्ड ९ विकेटले विजयी >> राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै >> स्टक एक्सचवेन्जको प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ताका लागि पाँच जना छनौट >> हुथी विद्रोहीविरुद्ध हवाई कारवाही गर्न ट्रम्पको आदेश >> मुम्बई इण्डियन्सले जित्यो महिला प्रिमियर लिगको उपाधि >> पीएम कपमा आज तीन खेल हुँदै >> फिल्म ‘अञ्जिला’ हेर्न निःशुल्क टिकट >> दादुरा रोकथाममा ‘एन्टी–भ्याक्स’ बाधक >> अर्थतन्त्रको गति र ‘ग्रे–लिष्ट’ ले उब्जाएको प्रश्न >> डढेलोले बढाउँदै क्षतिः सावधानीको खाँचो >> ठूला दलहरूले प्रतिशोध राखेर फसाउन खोजेः अर्याल >> पैसा नदेउ, कानून ल्याउः महामन्त्री थापा >> नमुना संसदमा ‘विकासका मुद्दा’ >> वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै >> कुलमानले भने–भारतले विद्युत नदिए चैत दोस्रो सातादेखि लोडसेडिङ >> पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट >> आज यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, कहाँ कहाँ हुन्छ वर्षा ? >> बालसुधार गृहका ४९ घाइते बालबन्दी अस्पताल भर्ना

विश्व उपभोक्ता अधिकार दिवस

खाद्य स्वच्छता र खाद्य गुणस्तरबाट मात्र खाद्य सुरक्षा हुने बक्ताहरुको दाबी
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार

बुटवल, २ चैत ।
‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार’ नारासहित विश्व उपभोक्ता अधिकार दिवस २०८१ रुपन्देहीमा मनाईएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उपभोक्ताको हितको विषयमा गम्भिर भएर काम गर्ने बताए । बजार निरिक्षण, अनुगमनमार्फत उपभोक्ताको अधिकार सुनिश्चितता गर्ने र बजारको सुधार गर्ने कामलाई निरन्तरता दिदै आएको उनले बताए । ‘आम उपभोक्ताहरु आफनो अधिकारको विषयमा सचेत हुन जरुरी छ ।’– उनले भने । हरेकले नागरिकबाट आफ्नो भुमिकालाई सहि ढंगबाट निर्वाह गरे धेरै समस्याहरु अन्त्य हुने उनले बताए । सरोकारवाला सरकारी कार्यालयलाई कानुनी ब्यवस्थामा रहेर काम गर्न उनले निर्देशन दिए ।

कार्यक्रममा खाद्य तथा अनुसन्धान कार्यालयका खाद्य अधिकृत हेमन्त गौतमले खाद्य स्वच्छता र चुनौती विषयमा कार्यपत्र पेश गर्दै मुख्य रुपमा भौतिक, रसायनिक र सूक्ष्म जिवहरुले खाद्य स्वच्छतालाई असर पार्ने बताए । उपभोक्ता, नियमक र व्यापारी सरोकारवाला पक्ष जिम्मेवार भएमात्र खाद्य स्वच्छता कायम हुने बताए । ‘खाद्य स्वच्छता र खाद्य गुणस्तरबाट मात्र खाद्य सुरक्षा हुन्छ ।’–उनले भने । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ कार्यान्वयनमा आएको भएपनि शिशु अवस्थामा रहेको उनले बताए । यो ऐन मानव स्वस्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य श्रृखलाहरु सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको बारेमा ब्याख्या रहेको छ। विभिन्न खाद्य पदार्थमा खाद्य स्वच्छता कायम गर्ने सरोकारवाला निकायहरु भुमिका महत्वपूर्ण रहेको छ ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मंच, लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले आम उपभोक्ता जन्मदेखि मृत्युसम्मको अवस्थामा ठगिने प्रवृत्ति रहेको दुखेसो गरे। सरकारको कानुन एकातिर र ब्यवहारमा भने फरक रहेको भन्दै उनले अनुगमन पक्ष फितलो रहेको बताए । उपभोक्ता को हो? भन्ने विषयमा दुविधा रहन नहुने भन्दै उनले उपभोक्ताको अधिकारको बारेमा सरकार उदासिन रहेको बताए । ‘संविधानमा मौलिक हकका रुपमा उपभोक्ताको अधिकारलाई राखिएको छ ।’– उनले भने । ब्यवसायिक संघसंस्थाहरुबाट सहयोग नलिई निरन्तर आफ्नो क्षेत्रमा समाजसेवी रुपमा प्रशासन कार्यालय, स्थानिय सरकारको समन्वयमा संयुक्त बजार अनुगमनलाई तिव्रता दिने, उपभोक्तामा सचेतना जगाउने, न्यायिक अधिकारमा आफुहरु आवश्यक समन्वयको काम गर्दै आएको उनले बताए । काठमाडौमा उपभोक्ता अदालत स्थापना भएको भन्दै उनले यो नया शुरुवात भएको बताए । देशभर नै उपभोक्ता अदालत गठन हुनेमा आशावादी रहेको उनले बताए । हरेक खाद्य बस्तुमा विषादीको प्रयोग छ । उपभोक्ताको स्वस्थ्य प्रति उत्पादकहरु गम्भीर नदेखिएको उनले गुनासो गरे । परम्परागत खाद्य बस्तु उपभोगलाई बढाउने घरघरमा अभियान चलाउन जरुरी छ । खाद्य अनुसन्धान कार्यालयमा खाद्यान्नमा प्रयोग हुने २९ वटामध्ये केवल २ वटा किटनासकको जाँच हुने गरेको छ। यसले गर्दा मानिसमा मृगौला, मुटु लगायतको खराबी भएका धेरै घटनाहरु रहेको उनले बताए । नेपाल साल्ट ट्रेडिङबाट उत्पादित नुनमा आयोडिनको मात्रा बढि हुदा मानिसहरुमा थाईराईडको समस्या देखिएको उनले बताए । अर्को तर्फ नेपाल टेलिकमबाट समेत उपभोक्ता ठगि गर्ने गरेको उनले दाबी गर्दै जवाफदेहिताको समस्या रहेको बताए ।

कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका शाखा अधिकृत लक्ष्मी शर्माले उपभोक्ता हकअधिकारको विकास क्रमका बारेमा जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उपभोक्ता हित सम्बन्धि कानुनी विषयमा जागरण निरन्तर जरुरी रहेको बताए । उपभोक्तालाई असर पार्ने हरेक जसो विषयमा उत्पादकदेखि ब्यापारीसम्मलाई बुझाउने र कार्यान्वयनको पक्षमा जोड दिन जरुरी रहेको उनले बताए । औषधी बेच्ने पसलहरुमा बेड राखेर नै अपरेसन गर्ने परिपाटी रहेको भन्दै यसमा सरोकारवाला निकायहरुको ध्यान जान नसकेको उनले दुखेसो गरे। अनुगमनको नाममा अराजकता फैलाउने काम भने गर्न नहुने उनले तर्क दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले उपभोक्ता हितका कुरा संस्थागत रुपमा कम भएको भन्दै यसतर्फ सरोकारवालाहरु लाग्नुपर्ने बताए । संचारमाध्यमको बढिभन्दा बढि सदुपयोग गरि सरोकारवाला निकायहरु लाग्नुपर्ने बताए । पछिल्लो समय अनलाईनको ब्यापारप्रति उपभोक्ताको आर्कषण हुदा यसबाट ठगिने प्रवृतिको बारेमा भने बाहिर आउन नसकेको उनले बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष गणेश अधिकारीले केवल कार्यक्रमको लागि कार्यक्रम भन्दा पनि उपभोक्ताको हकअधिकारको पक्षमा गरिएका कामको बारेमा समीक्षा जरुरी रहेको बताए ।

कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख उर्मिला गुभाजु, कार्यालयका सौगात आचार्यले विश्व उपभोक्ता अधिकार दिवसमा सरोकारवालाहरुलाई एकठाउमा ल्याएर गल्ति कमिजोरीहरुलाई औल्याउने र सच्याउन मद्दत मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?