ट्रेंडिंग:

>> ठूला दलहरूले प्रतिशोध राखेर फसाउन खोजेः अर्याल >> पैसा नदेउ, कानून ल्याउः महामन्त्री थापा >> नमुना संसदमा ‘विकासका मुद्दा’ >> वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै >> कुलमानले भने–भारतले विद्युत नदिए चैत दोस्रो सातादेखि लोडसेडिङ >> पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट >> आज यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, कहाँ कहाँ हुन्छ वर्षा ? >> बालसुधार गृहका ४९ घाइते बालबन्दी अस्पताल भर्ना >> जयन्दु बाल सुधार गृहका ४९ जना घाईते वालबन्दी अस्पतालमा भर्ना >> बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते >> कबुलियती वन उपभोक्ता समूहकाे क्षमता अभिवृद्धि तालिम >> विश्वविद्यालय तह प्रवेश गर्न लागेका विद्यार्थीलाई अक्सफोर्डमा बिदाई >> मेयर कपमा वडा नं १९ विजयी >> दाङमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु  >> बालगृहमा अधिकांश कर्णालीका बालबालिका >> कालिका मानवज्ञान माविमा ‘कालिका संसद’ >> एनएसएल ट्रफि बुटवल लुम्बिनीको होम टाउनमा >> विश्व उपभोक्ता अधिकार दिवस >> विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै, उपभोक्ता अदालतको आज उद्घाटन >> तिब्बत र आन्ध्र महासागरमा भूकम्प >> अल खोलूउदमाथि अल नासरको शानदार जित >> राज्यको ढुकुटीमाथि दोहन: पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाइदै, प्रकाशमानको झुट समातियो ! >> कार्नीले लिए क्यानडाको प्रधानमन्त्रीको शपथ >> गठबन्धन सरकार बनेपछि जनतामा निराशा चिरिँदै गएको छ: उपप्रधानमन्त्री सिंह >> मिथिलासहित मधेशका विभिन्न ठाउँमा आज पनि होली >> ११ वटा क्याम्पसमा स्ववियु चुनावको प्रक्रिया अवरुद्ध >> पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कहाँ कहाँ हुन्छ आज वर्षा ? >> आगलागीमा परेर त्रिवेणीमा एकजनाको मृत्यु, कपुरकोटमा चार लाखको क्षति >> खण्डहरमा परिणत हुदै ठाटी >> होली जिल्लास्तरीय लनटेनिस प्रतियोगिता सम्पन्न >> सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको सान्त्वना जित >> हङकङविरुद्ध नेपालले पायो १०५ रनको लक्ष्य >> देवसिद्धमा अभिभावक अभिमुखीकरण तथा रक्तदान >> फिल्म ‘होस्टेल-३ ’ ले कति कमायो ? >> तराई होली : बिहानैदेखी रौनक >> आज सुनको मूल्य एकैचोटि ४ हजार रुपैयाँले वृद्धि >> बर्दघाट खानेपानीमा स्वचालित प्रणाली जडान >> अमेरिकी एयरलाइन्सको विमानमा आगलागी >> ६० बर्षका आमिर खान फेरी प्रेममा परे ! >> ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील >> साहित्यकार लीलबहादुर क्षेत्रीको निधन >> समाजवादी मोर्चाको बैठक जारी >> प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त >> दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल सुर्यनगर रङ्गशालामा हुने >> आजदेखि नयाँ ब्याजदर लागु, कुन बैंकको बढ्यो, कुन बैंकको घट्यो ? >> कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनः एपीएफको मधेश प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित >> नेपालीहरूको मौलिक र सांस्कृतिक पर्व होली >> रंगहरूको पर्व होलीको शुभकामना >> आफै पीडित,तर अर्काका लागि मनकारी >> होली उत्सवः रङ्गले ‘विद्यालय चिरिच्याट्ट’

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कहाँ कहाँ हुन्छ आज वर्षा ?

२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार

काठमाडौँ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली  प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भूभागका एक–दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यसको प्रभावबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%