ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

आगलागीमा परेर त्रिवेणीमा एकजनाको मृत्यु, कपुरकोटमा चार लाखको क्षति

१ चैत्र २०८१, शुक्रबार
१ चैत्र २०८१, शुक्रबार

सल्यान, १ चैत ।

सल्यानमा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ तिमिलेचौरमा खरबारीमा लागेको आगो नियन्त्रण गर्ने क्रममा ६५ वर्षीय प्रेम बहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शुक्रबार दिउँसो करिब ३ बजे श्रीमान श्रीमती घाँस काट्न गएको बेला अचानक खरबारीमा आगलागी भएको थियो । आगो निभाउने क्रममा बस्नेत स्वयम आगलागीमा परेका थिए । उनको घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि स्थानीयवासी र सुरक्षाकर्मीले सहयोग गरेका थिए । घटनाबारे त्रिवेणी गाउँपालिका–३ का वडा अध्यक्ष कर्ण देव डांगीले इलाका प्रहरी कार्यालय लुहामलाई जानकारी गराएका थिए । वडा अध्यक्ष डांगीका अनुसार बस्नेत दम्पती घाँस काट्न खरबारी गएका थिए । भिरालो स्थानमा रहेको खरबारीमा श्रीमान ओर्लन नसकेपछि श्रीमती गाउँलेलाई बोलाउन गएकी थिइन् । फर्कदा प्रेम बहादुर आगलागीबाट जलेको अवस्थामा मृत फेला परेका थिए ।

घटनापछि अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक रतन शर्माको कमान्डमा पाँच जनाको टोली र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेको नेतृत्वमा सात जनाको टोली खटेको छ । आगलागी कसरी सुरु भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कपुरकोटमा आगलागी, चार लाख बराबरको क्षति

यसैबिच सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ रातामाटामा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । शुक्रबार बिहान ८ः४५ बजे देविराम बोहराको दुईतले कच्ची घरमा विद्युत् सर्ट भएर आगलागी भएको थियो । स्थानीयवासी र प्रहरीले आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याएका थिए ।

आगलागी बाट घरको पश्चिमतर्फका दुई कोठा पूर्ण रूपमा जलेर नष्ट भएका छन् । घर आंशिक रूपमा क्षति भए पनि मानविय तथा चौपायाको कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आगोले घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, एक जोडी सुनको झुम्का र ५२ हजार नगदसहित करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिमबाट प्रहरी सहायक निरीक्षक हरी प्रसाद गौतमको कमान्डमा तीन जनाको टोली खटिएको थियो । प्रहरिले घटनाको अनुसन्धान र थप विवरण संकलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?