© २०२३
बुटवल, १ चैत । बालबालिकाको शिक्षामा अभिभावकको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले देवसिद्ध बोर्डिङ स्कुलमा अभिभावक अभिमुखीकरण तालिम सम्पन्न भएको छ । तालिममा विद्यालयका शिक्षक, व्यवस्थापन समिति सदस्य र अभिभावकहरूको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पूर्वनिर्देशक दिपेन्द्र ढकालले बालबालिकाको शैक्षिक तथा मानसिक विकासमा अभिभावकको भुमिका बारे प्रकाश पारे । कार्यक्रममा विशेषज्ञ प्रशिक्षक दिपेन्द्र ढकालले अभिभावकहरूलाई बालबालिकाको पढाइमा सघाउने तरिका, सकारात्मक अनुशासन, मानसिक स्वास्थ्यको महत्व र प्रविधिको उचित प्रयोग सम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रीतम क्षेत्रीले विद्यालय र अभिभावकबीचको समन्वय अभिवृद्धि गर्ने उदेश्यका साथ रचनात्मक कार्यक्रमलाई जोड दिदै आएको बताए ।
तालिममा सहभागी अभिभावकहरूले विद्यालय र अभिभावकबीचको समन्वय अझै सुदृढ गर्न यस्ता कार्यक्रम आवश्यक रहेको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद भट्टराईले यस क्षेत्रमा नै नमुना विद्यालयका रुपमा पूर्वाधार र शैक्षिक विकास गरि उत्कृष्ट विद्यालय बनाउने प्रतिबद्धता जनाए ।
यसैबिच विद्यालयमा विशेष रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी, रक्त सेवा संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक एवं विद्यालय इसीए टिचर किसन सावतले बताए ।