ट्रेंडिंग:

>> विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै, उपभोक्ता अदालतको आज उद्घाटन >> तिब्बत र आन्ध्र महासागरमा भूकम्प >> अल खोलूउदमाथि अल नासरको शानदार जित >> राज्यको ढुकुटीमाथि दोहन: पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाइदै, प्रकाशमानको झुट समातियो ! >> कार्नीले लिए क्यानडाको प्रधानमन्त्रीको शपथ >> गठबन्धन सरकार बनेपछि जनतामा निराशा चिरिँदै गएको छ: उपप्रधानमन्त्री सिंह >> मिथिलासहित मधेशका विभिन्न ठाउँमा आज पनि होली >> ११ वटा क्याम्पसमा स्ववियु चुनावको प्रक्रिया अवरुद्ध >> पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कहाँ कहाँ हुन्छ आज वर्षा ? >> आगलागीमा परेर त्रिवेणीमा एकजनाको मृत्यु, कपुरकोटमा चार लाखको क्षति >> खण्डहरमा परिणत हुदै ठाटी >> होली जिल्लास्तरीय लनटेनिस प्रतियोगिता सम्पन्न >> सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको सान्त्वना जित >> हङकङविरुद्ध नेपालले पायो १०५ रनको लक्ष्य >> देवसिद्धमा अभिभावक अभिमुखीकरण तथा रक्तदान >> फिल्म ‘होस्टेल-३ ’ ले कति कमायो ? >> तराई होली : बिहानैदेखी रौनक >> आज सुनको मूल्य एकैचोटि ४ हजार रुपैयाँले वृद्धि >> बर्दघाट खानेपानीमा स्वचालित प्रणाली जडान >> अमेरिकी एयरलाइन्सको विमानमा आगलागी >> ६० बर्षका आमिर खान फेरी प्रेममा परे ! >> ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील >> साहित्यकार लीलबहादुर क्षेत्रीको निधन >> समाजवादी मोर्चाको बैठक जारी >> प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त >> दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल सुर्यनगर रङ्गशालामा हुने >> आजदेखि नयाँ ब्याजदर लागु, कुन बैंकको बढ्यो, कुन बैंकको घट्यो ? >> कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनः एपीएफको मधेश प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित >> नेपालीहरूको मौलिक र सांस्कृतिक पर्व होली >> रंगहरूको पर्व होलीको शुभकामना >> आफै पीडित,तर अर्काका लागि मनकारी >> होली उत्सवः रङ्गले ‘विद्यालय चिरिच्याट्ट’ >> नेपालको राजनीति र स्ववियु निर्वाचन >> फागु उत्सवः पहाडमा मनाईयो,तराईमा आज >> कुटपिट र चक्कु प्रहारमा संलग्न रहेकाे आराेपमा ६ जना पक्राउ >> चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै >> तराई तथा मधेसमा आज होली मनाइँदै >> पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, आज कहाँ कहाँ हुन्छ वर्षा ? >> अब रवि र छविको मुद्दा एकैसाथ हेरिने उच्च अदालतको फैसला >> पाल्हीनन्दन गाउँपालिका अध्यक्ष लागुऔषध कसूरदार ठहर >> रुपन्देहीका निमार्ण ब्यवसायीले मनाए होली >> के तपाईको मृगौला ठिक छ? >> २०८१ को एसईई तयारी पूरा, ५ लाख ८ हजार विद्यार्थी परीक्षा दिने >> चैत महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक >> रुपन्देहीमा विभिन्न संघसंस्थाको होली मिलन कार्यक्रम >> इजरायली सेनाद्वारा जेनिन गभर्नरेटमा ३ प्यालेस्टाइनीको हत्या >> बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले छिट्टै फर्किने दाबी >> होलीको पर्वमा अवाञ्छित गतिविधि गरेको आरोपमा १२ जना पक्राउ >> विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोलि बस्दै >> पोखरामा चीनको छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडानको शुरुआत

बर्दघाट खानेपानीमा स्वचालित प्रणाली जडान

१ चैत्र २०८१, शुक्रबार
१ चैत्र २०८१, शुक्रबार

बर्दघाट, २९ फागुन ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले स्वचालित खानेपानी सँचालन प्रणाली (अटोमेशन) जडान गरेको छ । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था र दियालो टेक्नोलोजिज प्रा.लि. को प्रविधिमा खानेपानी उत्पादन, वितरण, भोल्टेज नियन्त्रण र ओभरहेड टँकीमा भण्डारणमा सहजता ल्याउने उद्देश्यले स्वचालित खानेपानी सँचालन प्रणाली जडान गरिएको सँस्थाका अध्यक्ष दिपक लम्सालले जानकारी दिए ।

इन्टरनेट र डाटावेश प्रणालीमा आधारित उपकरणहरुले आवश्यकता अनुसार आफै पानी तान्ने मोटर सँचालन गर्ने, भण्डारण गर्ने र वितरणमा सहजता पु¥याउने र गुणस्तर समेत कायम गर्ने यस प्रणालीले खानेपानी वितरणमा थप सहज र ब्यवस्थित हुने सँस्थाका उपाध्यक्ष एवम खानेपानी सुरक्षा योजना टोलीका सँयोजक कमल थापाले जानकारी दिए ।

पछिल्लो समय हरेक क्षेत्र प्रविधिमैत्री बनिरहँदा खानेपानी सँचालन प्रणालीलाई पनि प्रविधिमैत्री बनाउँदै पानी सँचालनलाई नियमित र ब्यवस्थित बनाउँदै दिगो ब्यवस्थापनमा स्वचालित खानेपानी सँचालन प्रणाली ले सहयोग पु¥याउने सँस्थाका सचिव शोभाकान्त कोइरालाले बताए ।

प्रणाली जडान गर्नुअघि पानी तान्ने मोटर सँचालन, र भण्डारणमा जनशक्ति प्रयोग गरि पम्प हाउसबाटै सँचालन गर्नुपर्ने बाध्यताको अन्त्य भएको र इन्टरनेट भएको कुनै पनि स्थानबाट मोवाइलकै सहायतामा पानी सँचालन गर्न सकिने सँस्थाका ब्यवस्थापक विष्णु कुमार भुसालले बताए ।

यसअघि विद्युत अवरुद्ध हुँदा मोटर बन्द हुने र सँचालन गर्न अपरेटर स्वंय उपस्थित हुनुपर्ने बाध्यतालाई विद्युत अनियमित हुँदा समेत पानी सँचालनमा कुनै पनि समस्या उत्पन्न नहुने भुसालको भनाइ छ ।

स्वचालित प्रणाली जडान गरिसकेपछि तथ्याँक केलाउँदै आवश्यकताको आधारमा पानी तान्ने पम्प कति समय देखी निरन्तर सँचालनमा छ ? विद्युत कति खपत भइरहेको छ? रियल टाइम स्टाटस लगायतका तथ्याँक विश्लेषण गर्न सकिने दियालो टेक्नोलोजिककी आइ ओ टी सपोर्टर सिर्जना बोगटीले जानकारी दिइन ।

सँस्थाले यसअघि प्रत्येक उपभोक्तालाई सँस्थाको बारेमा हरेक कुराको जानकारी, उपभोक्ता स्वंयको ब्यक्तिगत खाता समेत हेर्न मिल्ने र महशुल समेत भुक्तान गर्न मिल्ने आफ्नै मोवाइल एप्स समेत सँचालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%