© २०२३
काठमाडौँ ।
होलीको पर्व मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिँदै भने, “दुई जना महिलासहित १२ जनालाई पक्राउ गरिएको हो।”
पक्राउ पर्नेमा काठमाडौँको पकनाजोलबाट २ जना महिलासहित १२ जना व्यक्तिहरू रहेका छन्। उनीहरूलाई इच्छा विपरीत लोला हान्ने र रङ दल्ने जस्ता अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ गरिएको एसपी बोहराले बताएका छन्।
पक्राउ पर्नेहरू मध्ये न्युरोड गेटबाट ३ जना, कोटेश्वर चोकबाट ४ जना, सिंहदरबार पश्चिम गेटबाट २ जना र बौद्धबाट १ जना पुरुष रहेको उल्लेख गरिएको छ। एसपी बोहराले थप जानकारी दिँदै भने, “कसुरको प्रकृति हेरेर उनीहरूलाई मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिनेछ।”