ट्रेंडिंग:

>> अमेरिकाको रेड लिस्टमा चढयो भुटान, हटाउन भुटानको अपिल >> बुटवलमा मिडिया सम्मेलनः के के विषयमा हुँदैछ छलफल ? >> यस्ताे छ अन्तरिक्षयात्री सुनिता बिलियम्सको पारिवारिक जीवन, छिन निः सन्तान >> एनसेल फाउण्डेसनद्वारा २ सय ६० विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री >> लागूपदार्थ दुव्र्यसन विरुद्ध अन्तर्क्रिया >> रियलमी सि ७५ छिट्टै बजारमा आउने >> हामीलाई कति वन चाहिन्छ ? >> रोकिएन सेवाग्राहीमाथिको सास्ती >> सल्यानमा अखिल क्रान्तिकारीको तीन, नेविसंघ र अनेरास्ववियुको दुई दुई क्याम्पसमा नेतृत्व >> कपिलवस्तु बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल विजयी >> स्ववियू निर्वाचनः कहाँ कस्ले जिते ? >> बीउ उत्पादक किसानलाई बाधक बन्यो खुल्ला सीमा >> आजदेखि शुक्र अस्त : के गर्नुहुन्छ, के गर्नु हुँदैन ? >> आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> कमल थापाले नवराज सुवेदी समितिलाइ दिए मान्यता, तोके पार्टी प्रतिनिधि >> बुटवल कन्सेप्ट पपले विविध कार्यक्रम गर्ने >> राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाउने राप्रपाको निर्णय >> प्रधानमन्त्री कप क्रिकेटः बागमती र कर्णाली प्रदेश विजयी >> मेयर कप फुटबलमा अन्तिम चारको टुगो >> उदयपुरमा आगलागी हुँदा करोडौंको क्षति >> प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीको दोस्रो जित >> कर्णालीमा एसईईका लागि एक सय ८० परीक्षा केन्द्र >> बागमती प्रदेशमा अस्पतालहरूको दर्ता र नवीकरणका लागि अनलाइन सेवा >> सेयर बजार २७ सय तल झर्यो, कारोबार रकम घट्यो >> महिलाले गरेका योगदानको इतिहास तस्वीरबाट पढ्ने अवसर >> प्राकृतिक कारणले ८ महिनामा २० गैंडा मरे >> नेपाली कांग्रेसको पदाधिकारी  बैठक सुरु >> काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेले शपथ लिए >> १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल खेलतालिका सार्वजनिक >> पुल्चोक क्याम्पसमा १७०० मत खसे, मतदान प्रक्रिया जारी >> एसईईको नतिजा असार ७ गतेसम्म सार्वजनिक हुने >> मोरङमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु, ८ घर जले >> पोखरामा स्वतन्त्र विद्यार्थी युनियन चुनावमा तनाव, इन्जिनियरिङ क्याम्पसमा भिडन्त >> बर्दियाबाट एसइइमा ७ हजार ७ सय ६२ विद्यार्थी सहभागी हुँदै >> आज एकै पटक ६ वटा संसदीय समितिहरूका बैठकहरू बस्दै >> आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेसीमा चढ्यो >> इजरायलले गाजा क्षेत्रमा फेरि हमला: ३४ जनाको मृत्यु, ७० जना घाइते >> सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको जानकारी >> काठमाडौँमा २० करोड रुपैयाँसहित एक जना पक्राउ >> होन्डुरसको रोआटानमा विमान दुर्घटना, सात जनाको मृत्यु >> बारीमा उम्रिएका च्याउ खाएर तनहुँमा एकजनाको ज्यान गयो >> सुनको भाउमा नयाँ रेकर्डः तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँ पुग्यो >> लायन्स सयपत्रीद्धारा दृष्टिविहिनलाई सहयोग >> महिनावारीबारे सही जानकारी र स्वस्थ अभ्यास हुनुपर्ने >> लायन्स क्लब अफ बुटवलमा नयाँ नेतृत्व >> शैक्षिक संस्थाहरूलाई एकै खालको नीति आवश्यक >> रात्रीकालीन बजारको मागसहित चार पालिकाको ज्ञापन >> ‘समाजसेवीहरुलाई सम्मानको खाँचो’ >> कालीकोट वितरण केन्द्रको ट्रास्फर्मरमा समस्या समाधान, विद्युत सेवा सुचारू >> झाडी फाँडेर ‘परोपकार कुञ्ज पार्क’

प्रचण्डद्वारा ओमसतियाको ऐतिहासिक जमुहानी पोखरा तालको शिलान्यास

२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार

रुपन्देही —

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपन्देही जिल्लाको ओमसतियामा अवस्थित ऐतिहासिक तथा धार्मिक रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गरेका छन्।

शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डलाई ओमसतियाका स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए। उनीहरूद्वारा प्रचण्डको सुस्वास्थ्य, दीर्घायु र क्रियाशीलताको कामना गर्दै उनको उमेर बराबर ७१ केजीको मालाले सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जमुहानी पोखरा ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले तराई-मधेश जागरण अभियान हाल स्थगित गरिएको भए पनि ओमसतियामा जनताको माया र सम्मान देख्दा अभियाननै जीवन्त भएको अनुभूति भएको बताए। साथै, अभियानअन्तर्गत विभिन्न ऐतिहासिक तथा धार्मिक क्षेत्रहरूको अवलोकन र संरक्षणमा विशेष पहल गरिने उनले उल्लेख गरे।

कार्यक्रमको समापनमा सोही वडाका वडाध्यक्ष शिवकुमार धवलले तत्कालीन अर्थमन्त्री वर्षमान पुनको कार्यकालमा उक्त परियोजनाका लागि १ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरिदिएकोमा धन्यवाद ज्ञापन गरे।

उनले यस योजनाले स्थानीय रोजगारी सिर्जना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र वातावरणीय सौन्दर्य कायम राख्ने उल्लेख गर्दै ताल संरक्षण तथा पर्यटन विकासका लागि सबै तहका सरकारहरूको समान भूमिका आवश्यक रहने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?