© २०२३
बुटवल, २८ फागुन ।
कम्युटर एशोसीयसन नेपाल महासंघ (क्यान) रूपन्देहीको आयोजानमा देशमै पहिलो विटुसी समिट बुटवलमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको समिटको सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरी समापन गरिएको हो । २६ र २७ गते दुई दिन सम्म चलेको थियो ।सिद्धर्थ कटेजमा मिलनचौकमा एक औपचारिक कार्यक्रमको आयोजना गरी समिटको समापन गरिएको हो । कार्यक्रममा बोल्दै क्यान महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुनौना घिमिरे पाण्डेले देश विकासको लागि अब आईटी क्षेत्रमा लगानी गर्नुपर्ने बताईन् । पछिल्लो समयमा नेपालमा ३ तहको सरकार रहेपनि आशातित रूपमा सूचना तथा सञ्चार क्षेत्रमा फड्को मार्न नसकेको भन्दै डिजिटल देश निर्माणको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै क्यान महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष नवराज कुँवरले रूपन्देहीले पहिलोपटक सुरुवात गरेको बीटुुसी समिटलाई देशभर विस्तार गर्नुपर्ने बताएका थिए । उनले यसको लागि सिंगो क्यान महासंघले सकारात्मक रूपमा काम गरिरहेको भन्दै प्रसंसा समेत गरे । पहिलो पटक महिला अध्यक्षको नेतृत्वले सिंगो क्यान महासंघमा एउटा नयाँ सन्देश पैदा गरेको समेत उनको भनाई थियो । कार्यक्रममा बुटवल उपमहानरपालिका सामाजिक परिचालन, अन्तर सरकारी तथा संघसंस्था समन्वय शाखा अधिकृत दामोदर ज्ञवालीले सूचना प्रविधीकोयुग अबको युग भएको बताए । कार्यक्रममा क्यान महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष रञ्जीत कुमार गोदार, क्यान महासंघ रूपन्देहीका अध्यक्ष जीवन अधिकारी लगायतले आ आफ्नो नाई राखेका थिए । कार्यक्रम संयोजक तथा क्यान रूपन्देहीका उपाध्यक्ष विरबहादुर क्षेत्रीले समिटमा उत्साहजनक रूपमा सहभागीता भएको सबैलाई धन्यवाद दिएका थिए । समापन कार्यक्रममा स्पोन्सरका तर्फबाट बिभिन्न बाण्ड कम्पनीका प्रतिनिधिले सहभागीलाई सहजीकरण गरेका थिए ।क्यान रूपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार समिटमा ५ हजार दर्शकले अवलोकन गरेका छन् ।