ट्रेंडिंग:

>> कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार हुने >> यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्तिप्रति घिमिरेले संसदमा माफी मागे >> सुनको भाउ हालसम्मकै उच्च >> अमेरिकाको रेड लिस्टमा चढयो भुटान, हटाउन भुटानको अपिल >> बुटवलमा मिडिया सम्मेलनः के के विषयमा हुँदैछ छलफल ? >> यस्ताे छ अन्तरिक्षयात्री सुनिता बिलियम्सको पारिवारिक जीवन, छिन निः सन्तान >> एनसेल फाउण्डेसनद्वारा २ सय ६० विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री >> लागूपदार्थ दुव्र्यसन विरुद्ध अन्तर्क्रिया >> रियलमी सि ७५ छिट्टै बजारमा आउने >> हामीलाई कति वन चाहिन्छ ? >> रोकिएन सेवाग्राहीमाथिको सास्ती >> सल्यानमा अखिल क्रान्तिकारीको तीन, नेविसंघ र अनेरास्ववियुको दुई दुई क्याम्पसमा नेतृत्व >> कपिलवस्तु बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल विजयी >> स्ववियू निर्वाचनः कहाँ कस्ले जिते ? >> बीउ उत्पादक किसानलाई बाधक बन्यो खुल्ला सीमा >> आजदेखि शुक्र अस्त : के गर्नुहुन्छ, के गर्नु हुँदैन ? >> आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> कमल थापाले नवराज सुवेदी समितिलाइ दिए मान्यता, तोके पार्टी प्रतिनिधि >> बुटवल कन्सेप्ट पपले विविध कार्यक्रम गर्ने >> राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाउने राप्रपाको निर्णय >> प्रधानमन्त्री कप क्रिकेटः बागमती र कर्णाली प्रदेश विजयी >> मेयर कप फुटबलमा अन्तिम चारको टुगो >> उदयपुरमा आगलागी हुँदा करोडौंको क्षति >> प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीको दोस्रो जित >> कर्णालीमा एसईईका लागि एक सय ८० परीक्षा केन्द्र >> बागमती प्रदेशमा अस्पतालहरूको दर्ता र नवीकरणका लागि अनलाइन सेवा >> सेयर बजार २७ सय तल झर्यो, कारोबार रकम घट्यो >> महिलाले गरेका योगदानको इतिहास तस्वीरबाट पढ्ने अवसर >> प्राकृतिक कारणले ८ महिनामा २० गैंडा मरे >> नेपाली कांग्रेसको पदाधिकारी  बैठक सुरु >> काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेले शपथ लिए >> १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल खेलतालिका सार्वजनिक >> पुल्चोक क्याम्पसमा १७०० मत खसे, मतदान प्रक्रिया जारी >> एसईईको नतिजा असार ७ गतेसम्म सार्वजनिक हुने >> मोरङमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु, ८ घर जले >> पोखरामा स्वतन्त्र विद्यार्थी युनियन चुनावमा तनाव, इन्जिनियरिङ क्याम्पसमा भिडन्त >> बर्दियाबाट एसइइमा ७ हजार ७ सय ६२ विद्यार्थी सहभागी हुँदै >> आज एकै पटक ६ वटा संसदीय समितिहरूका बैठकहरू बस्दै >> आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेसीमा चढ्यो >> इजरायलले गाजा क्षेत्रमा फेरि हमला: ३४ जनाको मृत्यु, ७० जना घाइते >> सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको जानकारी >> काठमाडौँमा २० करोड रुपैयाँसहित एक जना पक्राउ >> होन्डुरसको रोआटानमा विमान दुर्घटना, सात जनाको मृत्यु >> बारीमा उम्रिएका च्याउ खाएर तनहुँमा एकजनाको ज्यान गयो >> सुनको भाउमा नयाँ रेकर्डः तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँ पुग्यो >> लायन्स सयपत्रीद्धारा दृष्टिविहिनलाई सहयोग >> महिनावारीबारे सही जानकारी र स्वस्थ अभ्यास हुनुपर्ने >> लायन्स क्लब अफ बुटवलमा नयाँ नेतृत्व >> शैक्षिक संस्थाहरूलाई एकै खालको नीति आवश्यक >> रात्रीकालीन बजारको मागसहित चार पालिकाको ज्ञापन

करोडका चप्पल र सोल भारतमा निर्यात

२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार

नवलपरासी, २८ फागुन ।
जिल्लाको रामग्राम–१० स्थित औद्योगिक क्षेत्रमा स्थापित मिलानो एक्सन पोलिमर लिमिटेडले मासिक एक करोड बढीको आफ्ना उत्पादन विदेश निर्यात गर्दै आएको जनाएको छ । स्थानीय बजारसँगै विदेशमा समेत माग भइरहेको उद्योगले जनाएको छ । मिलानो ब्राण्ड अहिले स्वदेशमा मात्रै नभई विदेशमा पनि माग बढ्दै गएको कम्पनीमा मानव संसाधन अधिकृत सुदर्शन खरबारले जानकारी गराए । यसको स्थानिय बजारमा पनि माग उत्तिकै छ, उनले भने, तर भारतमा समेत निकासी हुँदै आएको छ । उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ताले औद्योगिक क्षेत्रको समस्या तथा अवस्था बुझ्ने क्रममा जानकारी गराउँदै खरबारले उद्योगको अवस्थाबारे जानकारी गराएका थिए ।

ब्युरो अफ इण्डिया स्टेण्डर (विआईएस) समेत प्राप्त उक्त कम्पनीको उत्पादन भरपर्दो र गुणस्तरिय छ, उनले भने, पहिला प्रालि रहेको यो उद्योग अहिले कम्पनीमा परिणत भइरहेको छ । उद्योगमा डेढ सय भन्दा बढी मजुदर नियमित रोजगारी पाएका छन् । जिल्ला भित्र र बाहिरका मजदुर कार्यरत भएको बताउँदै केही विदेश आर्थत भारतीय कर्मचारी पनि छन् । स्थानिय कर्मचारीलाई प्राथमिकता दिँदै कम्पनीले काम गरिरहेको तर स्थानीय कामदारमा विना सूचना छुट्टीमा बसिदिँदा उद्योगमा चुनौती थपिने गरेको उनले बताएका थिए ।

इटालियन टेक्नोलोजीको प्रयोग गर फुटवेयर विश्वभर उत्पादन पु¥याउने लक्ष्य लिइएको छ । सबै उमेरका व्यक्तिलाई आवश्यक चप्पलहरू उत्पादन गर्दै आएको छ । भैरहवामा यस्को प्रधान कार्यालय रहेको भए पनि उत्पादन गर्ने कम्पनी नवलपरासीको रामग्राम १० स्थित औद्योगिक क्षेत्रमा अवस्थित छ । प्रत्येक उत्पादन लाभदायक, गुणस्तर, टिकाउपन र फैसनेबल रहेको कम्पनीको दाबी छ । उत्पादनको ७० प्रतिसत नेपाल मै खपत भइरहेको छ, उनले थपे बाँकी ३० प्रतिसत भारत निकासी भई रहेको छ । निकासी हुने मध्ये सबै भन्दा बढी सोल भई रहेको छ । सोल मात्रै ८० प्रतिशत भारत निर्यात हुन्छ । सोल बलियो र गुणस्तरिय रहेको छ । चप्पललाई टिकाउपन बनाउनमा सोलकै बढि भूमिका हुन्छ । उद्योगको चुनौती अहिले विद्युत आपूर्ति पनि भइरहेको गुनासो सुनाएका थिए । पटक पटक टिप जाने अर्थात अनियमित विद्युत कटौती भइरहेका छन् ।

यस्ले कामदारको भार मात्रै नभई मेसिनमा अडकिने प्लाटिक जन्य पदार्थ समेत नष्ट हुँदा क्षति ब्यहोर्न परिरहेको छ । यसबारे उनले उद्योग बाणिज्य संघले अनियमित विद्युत कटौती रोक्नका लागि पहल गरिदिन आग्रह पनि गरेका थिए । सो कम्पनीले नवलपरासीमा उत्पादन गर्दै आएको भए पनि उत्पतिको प्रमाणपत्र सिद्धार्थ उद्योग बाणिज्य संघबाट गराउँदै आएको जनाएको थियो । अब सो प्रमाणपत्र यही  नवलपरासी उद्योग बाणिज्य संघबाट गर्न सक्ने र विदेश निकासीका लागि आवश्यक पहल भएमा महेशपुर भन्सारबाटै पनि भारत निकासी गर्न मिल्छ । तर त्यसका लागि आवश्यक सहजीकरण संघले खेल्नु पर्ने उनको भनाई थियो । त्यसै गरि औद्योगिक क्षेत्र सडक भन्दा होचो हुँदा बर्षायाममा डुबान हुने चिन्ता पनि ब्यतm गरेका थिए । औद्योगिक सुरक्षाको आवश्यकता पनि महशुस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?