Butwal Today

विपक्षी दलहरूले अवरोध गरेका कारण सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित

२७ फाल्गुन २०८१, मंगलवार
अ+
अ-

धनगढी,२७ फागुन ।

सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलहरूले अवरोध गरेका कारण सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुपर्यो। विपक्षी दलहरूले प्रदेश सरकारले नीति तथा योजना आयोग र सल्लाहकारका रूपमा अनावश्यक दरबन्दी थपेर आर्थिक भार बढाएको भन्दै विरोध जनाएका छन्।

सभामुख भीमबहादुर भण्डारीसँग प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदहरूले अनावश्यक नियुक्तिहरू सच्याउनुपर्ने माग गरे।एकीकृत समाजवादीका नरेशकुमार शाहीले सरकारले फजुल खर्च बढाउँदै अनावश्यक नियुक्ति गरेको भन्दै ती नियुक्तिहरू खारेज हुनुपर्ने बताएका छन्। शाहीले भने, “नसच्याएसम्म बैठक अघि बढ्न नसक्ने चेतावनी दिएका छन्।”विपक्षी दलहरूको अवरोधपछि प्रदेश सभाको बैठक स्थगित भएको छ।