ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

मेरो विद्यालय, मेरो दायित्व: पूर्व विद्यार्थीको सक्रियताले विद्यालयहरूमा नयाँ उर्जा

२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार

लमही ,२७ फागुन ।

लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ। पूर्व विद्यार्थीहरूलाई आफ्नै विद्यालयमा ज्ञान र सीप हस्तान्तरण गर्न तथा स्रोत अभिवृद्धिमा संलग्न गराउने उद्देश्यले थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ।सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म करिब एक करोड रुपैयाँ बराबरको स्रोत संकलन भइसकेको छ भने ७, हजा ५ सय भन्दा बढी पूर्व विद्यार्थीहरू अभियानमा संलग्न भएका छन्।

गत फागुन ९ गते, मुख्यमन्त्री चेतनारायण आचार्यले अभियानको शुभारम्भ गरेका हुन। सामाजिक विकास मन्त्रालयले प्रदेशभरिका विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको ज्ञान, सीप, र लगानीलाई प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो। प्रारम्भमा १७ वटा विद्यालयबाट एकैसाथ अभियान सुरु गरिएको थियो।

मुख्यमन्त्री आचार्यका अनुसार सामुदायिक विद्यालयहरूप्रति अझै विश्वास र भरोसा बढाउनु आवश्यक भएकाले अभियान थालिएको हो। उनले भने, “अभियान सुरु भएपछि पूर्व विद्यार्थीहरू आफैंले कखरा चिनेको विद्यालयमा पुग्न थालेका छन्। यसले उनीहरूलाई आफ्नो विद्यालयप्रति मात्र जवाफदेही बनाएको छैन, शिक्षण सिकाइमा समेत योगदान गर्ने अवसर सिर्जना गरेको छ। यो अभियान शैक्षिक गुणस्तर अभिवृद्धिको महत्वपूर्ण माध्यम बन्नेछ।”

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाका अनुसार अभियानले विद्यालयहरूको वार्षिकोत्सवमा फजुल खर्च गर्ने प्रवृत्ति रोक्न र शैक्षिक गुणस्तर सुधार गर्न मद्दत गर्नेछ। उनका अनुसार, “अभियानले पूर्व विद्यार्थीहरूलाई उत्साहित बनाएको छ। उनीहरू नियमित रूपमा विद्यालयमा पुगेर योगदान दिन थालेका छन्। विद्यालयका कार्यक्रमहरू रचनात्मक र प्रभावकारी हुनुपर्छ, जसमा विद्यालयहरूले विशेष ध्यान दिनुपर्छ।”

सामाजिक विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद पन्थीका अनुसार अभियान प्रभावकारी देखिएको छ। “पूर्व विद्यार्थीहरूलाई आकर्षित गर्ने काममा यो अभियान सफल भएको छ। हालसम्म करिब एक करोड रुपैयाँ बराबरको कोष स्थापना भइसकेको छ भने ७ हजार ५ सय भन्दा बढी पूर्व विद्यार्थीहरू परिचालित भएका छन्। प्रदेशका सामुदायिक विद्यालयमा पूर्व विद्यार्थीहरूको सक्रियता अभिवृद्धि गर्न हामी सफल भएका छौँ।”

लुम्बिनी प्रदेशका विद्यालयहरूको स्थिति

लुम्बिनी प्रदेशमा ६ हजार ३ सय ४० विद्यालय छन्, जसमध्ये ४ हजार ५ सय ३१ सामुदायिक विद्यालय छन्। यी विद्यालयहरूमा अध्ययनरत १२ लाख ,८८ हजार २९८ विद्यार्थीहरूमध्ये ९ लाख २५ हजार ६ सय २९ जना सामुदायिक विद्यालयमा अध्ययनरत छन्। अभियानले सामुदायिक विद्यालयको स्रोत अभिवृद्धि, शिक्षण सिकाइ सुधार, र पूर्व विद्यार्थीहरूको सक्रियता बढाउने लक्ष्य राखेको छ। यस अभियानलाई अझ प्रभावकारी बनाउन सरकार, विद्यालय प्रशासन, र पूर्व विद्यार्थीहरूबीच सहकार्य आवश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?