Butwal Today

मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै पर्सामा एक जना शिक्षकले आत्मदाहको प्रयास

२६ फाल्गुन २०८१, सोमबार
अ+
अ-

वीरगन्ज ।
मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै पर्सामा एक जना पीडितले आत्मदाहको प्रयास गरेका छन् ।प्रहरीबाट न्याय नपाएको भन्दै एक जना शिक्षकले  सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका हुन् ।

प्रशासन कार्यालय अगाडि ती शिक्षकले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले पुष्टि गरे । बाराको पचरौता नगरपलिका वडा नम्बर–४ घर भएका उनी हाल वीरगन्ज महानगरपालिका वडा नम्बर–२४ बस्दै आएका छन् ।

अर्यालले पीडितले आफूले प्रहरीबाट न्याय नपाएको भन्दै एक पन्ने पत्र लेखेको पाइएको छ । ‘आत्मदाह गर्न खोज्दै थिए, त्यहीबेला सुरक्षाकर्मीहरूको सहयोगमा उनलाई बचाउन सफल भयौँ । त्यसलगत्तै आफ्नै गाडीमा राखेर उनलाई अस्पताल पुर्‍याइएको छ,’ सिडिओ अर्यालले भने ।उनका अनुसार ती शिक्षकलाई वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?