Butwal Today

पश्चिमी वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

२६ फाल्गुन २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?