© २०२३
पाल्पा, २३ फागुन ।
जिल्लाको निस्दी गाउँपालिका गल्धाकी गौरीमाया सोतीले यस वर्ष सिमी बिक्रीबाट १ लाख रूपैयाँ हात पर्दा निकै खुसी भएको बताउँछिन् । सोती जस्तै उनको छिमेकी जैसरा लम्का मगरले पनि कालो सिमी बिक्रीबाट राम्रो पैसा हात पर्दाको बखतमा खुसीको कुनै सीमा नै नरहेको बताइन् ।निस्दी गाउँपालिका गल्धाको गाउँ मुख्य आम्दानीको श्रोत बनेको सिमी यहाँका महिलाहरूले स्थानीय व्यापारीलाई ७० देखि ८० रूपैयाँका दरले बिक्री गरेका कृषकहरूले कृषि उपजहरूको संकलन देखि बजारीकरणको शुरु गरेको गल्धा सामाजिक उद्यमी महिला कृषि सहकारीलाई त्यो भन्दा बढी मूल्यमा बिक्री गर्न पाएका छन् । गौरीमायाले प्रति के.जी १ सय ६५ मा सीमि बिक्री गरेको बताइन ।धुसुवा वाली अन्तर्गत स्थानीय बिउ र स्थानीयहरूको मेहनत प्रयोग गरी मकैमा लगाइएको सिमी गतवर्षबाट हेफर इन्टर नेशनलको साझेदारीमा ग्रामिण आर्थिक बिकास संस्थाको पहलमा सहकारीको समन्वयमा सीमि र अदुवाको ग्रेडिङ र प्रशोधन हुँदै आएको छ । ती बस्तु जर्मन निर्यात हुन लागेपछि यहाँका किसानले राम्रो मूल्य पाउन थालेका हुन् । जिल्लाको मुख्य नगदे बालीका रूपमा स्थापित भएपनि भारतले आयातमा रोक लगाएको अदुवा समेत प्रशोधन गरी जर्मनका बजारमा पुग्न लागेपछि यहाँका कृषकहरूलाई खेती गर्नमा जागर चलेको छ ।

माया मत्राङ्गी
अध्यक्ष, सामाजिक उद्यमी महिला कृषि सहकारी
आवाज विहीन महिलाहरूको क्षमता र नेतृत्व बिकाससँगै आर्थिक विकासमा सहयोग पुग्ने गरी लैंगिक समानताका लागि महिलाको नेतृत्वमा गठित र महिलाको मात्र सहभागितामा निर्मीत सहकारीमा झण्डै ३ सय महिलाहरूको सहभागिता रहेको छ । क्षमता अभिबृद्धि र नेतृत्व बिकासका लागि महिलाहरूलई आधारशिला तालिम दिइएको छ । जुन तालिमले महिलालाई उत्पादन कार्यमा लाग्न प्रेरित गरिरहेको छ । परम्परागत शैलीमा खेति गरिँदै आएको सिमी, बोडी र अदुवाको अन्तराष्ट्रिय बजारमा प्रवेश गराउन निकै मिहिनेत गर्नुपरेको सहकारीकी अध्यक्ष माया मत्राड्डी बताउँछिन् । शुरुमा केही कठिनाइ भएपनि उत्पादन गरेको खण्डमा बजार हुँदो रहेछ भन्ने प्रमाणित पनि भयो, उनले भनिन् । महिलाहरूले यहाँ कृषि उपज गरेर मात्र आयआर्जन गरेका छैनन । सहकारीमा रहेर अदुवा प्रशोधन र सीमिको गे्रडिङ गर्ने काममा मौसमी रोजगारीको अवसर समेत प्राप्त गरेका छन् ।
सस्थागत शहकारीबाट अन्तर्राष्ट्रिय तहको क्षेत्रमा यहाँको उत्पादन नपुग्दा मूल्य अत्यन्तै न्यून थियो । अदुवा त खेती गर्न भन्दा बिउ नै हराउने अवस्था थियो । यसलाई व्यवस्थित गर्नका लागि अदुवा धुने, कटिड्ड गर्ने, सुकाउने प्रधान मन्त्री आधुनिकरण परियोजनाबाट प्राप्त भयो । हेफर परियोजनाको साझेदारी संस्थाले ग्रामिण आर्थिक बिकास संघले शहकारीलाई अन्तर्राष्ट्रिय बजारसम्म डोराउने काम गतवर्ष बाट भयो । त्यसले गर्दा यहाँका महिलाको क्षमता र नेतृत्वको बिकास देखि आर्थिक बिकासमा ठूलो टेवा पुगेको शहकारी सदस्य अम्बिका ज्ञवाली बताउँछिन् ।अदुवा, सिमी, बोडीबाट आर्जित रकम घरायसी खर्चमा मात्र सीमित नभएर बचत गर्न थालेका पनि छन् । पहिला पहिला २० रूपैयाँ सम्ममा पनि बिक्री नभएको अदुवा गतवर्षबाट ४ दोब्बर मूल्यमा घरैबाट स्थानीय व्यापारीलाई बिक्री गरेकी चनीसरा राई बताउँछिन् । यसै वर्ष पनि अदुवाले राम्रो मुल्य पाएको उनी बताउँछिन् ।

दिलमाया शारु
व्यवस्थापक, सामाजिक उद्यमी महिला कृषि सहकारी
गाउँमा सहकारी त पहिलादेखि नै थियो । स्थानिय सरकारले शहकारीलाई अदुवा रोप्न सल्लाह दियो । जोन कार्यालयले मेसिन दियो तर बजारीकरण कहाँ कसरी भन्ने नै थिएन । सरकारसहित काम गरिरहेका गैरसरकारी संस्थाहरूले जर्मनको शहर सम्म पुराउन मद्दत गरेपछि यहाँका कृषकहरूलाई सफल कृषक बनाएको सहकारीका सदस्यहरू बताउँछन् ।
यस शहकारीमा वर्षको ५ महिना बिहान बेलुका घरको काम गरेर दिउँसोको समयमा काम गरे वापत दैनिक ४ सयदेखि ५ सय ५० सम्ममा काम गरेर आम्दानी गर्ने महिलाहरूको संख्या २० जना भन्दा बढि छन् । यसले महिलाका लागि सवल र सक्षम बनाएको छ । २, ४ रूपैंया खर्चका लागि कसैसंग हात थाप्नु नपरेको अम्बिका ज्ञवाली बताउँछिन् ।
बजारीकरण शहकारीले कृषि उपजको मात्र नभई खसी बोकाको समेत खरिद बिक्री गर्ने गरेका छन् । गत वर्ष २ करोड ३२ लाख, ५० रूपैयाँको खसी बोका बिक्री भएको थियो । गर्त वर्ष ३३ लाख,४५ हजार रूपैयाँको प्रशोधित अदुवा जर्मन निर्यात भएको थियो । यो पहिलो पटक भएकाले अलि कम भयो आउने वर्षहरूमा यसको निर्यात बढ्दै जानेछ । गत वर्ष बिउ तथा फ्रेस १४ लाख २३ हजार ३ सय ३३ रूपैयाँको बिक्री भएको शहकारी व्यवस्थापक दिलमाया शारु बताउँछिन् । व्यवस्थापक शारुका अनुसार सिमी बोडी ३ हजार ५ सय ३ के.जीको ५ लाख, ४२ हजार ९ सय ८८ रूपैयाँ शहकारीमा जम्मा भएको थियो । सिमी बोडी प्रशोधित अदुवा जर्मन पठाएको र शहकारीका सदस्यले पालेको, खसी बोका स्थानीय बजारमा बिक्री भएको बताउँदै व्यवस्थापक शारु भन्दछिन् । गत वर्ष ४७ लाख ६८ हजार ३ सय ३३ रूपैयाँको शहकारीले कारोवार गरेको थियो ।
यस वर्ष पनि जर्मन पठाउन तयार हुँदैछ । त्यस बाहेक स्थानीय बजारमा पनि बिक्री गरेकाले यस वर्ष माघ महिना सम्मको अवधिमा स्थानीय बजारमा ५ लाख ४२ हजार रूपैयाको बिक्री गरि सकेको र अदुवा खसी बोका समेत बाट शहकारीले ६ करोड २५ लाख ९ सय २८ रूपैयाँको कारोवार गरि सकेको र अब जर्मन पठाउने तयारीमा रहेको उनीले बताइन् ।
ग्रामिण आर्थिक बिकास संघका निर्देशक लिला बहादुर भन्दछन् यो काम सबै हेफर इन्टर नेशनल परियोजनाको सहयोगमा हामीले बजारिकरणको सहजिकरण गरको हो ।यो अवस्था सम्म आइपुग्न ४ वर्ष पुरा लाग्यो । खेतिमा विषादीको प्रयोग भएको नभएको माटो परिक्षण गरेर त्यसपछि उनीहरूको बजार बिस्तार भएको हो । विदेशी बजारमा यहाँको उत्पादन पहिलो संझौता अनुरूप ५ वर्ष सम्म पुग्ने छ । त्यस पछि पुन अर्को संझौता हुनेछ । जब गत वर्षबाट निर्यात हुन लाग्यो तब शहकारी र शहकारीका सदस्य अत्यन्तै उत्साहित बन्न पुगेका छन् । यसैगरी सबैले मेहनत गर्न खोजेमा विदेशी मुद्रा आर्जन गर्न संगै रोजगारीको अवसर स्थानिय तहमै हुने निश्चित भएको उनी बताउँछन् ।