© २०२३
तानसेन नगर मदनपोखराका पाका पुस्ता वर्गका नगेन्द्र पाण्डे सफल कृषि उद्यमीका रूपमा स्थापित भएका छन् । नेपालमा पहिलो पटक प्लाष्टिक टनेलमा उन्नत जातको टमाटर खेती गर्ने कृषक हुन् । २०५७ सालमा बारीमा तरकारी खेती गर्नको लागि प्लाष्टिक पोखरी पनि निर्माण गर्ने कृषक पनि हुन् ।टनेल र पोखरीका विषयमा अध्ययन गर्नको लागि उनको घरमा देशभित्रका मात्र नभई विदेशीबाट समेत आउँथे । प्लाष्टिक पोखरी र टनेलमा सफल भएपछि यसको विधि र महत्व बुझाउँदा बुझाउँदै खाना समेत समय पनि पाउँदैनँथे उनी ।स्तारै पाण्डे सँगै उनका छिमेकीहरू पनि वर्षादको पानी तथा धाराबाट खेर गएको पानीलाई प्लाष्टिकको पोखरीमा संकलन गरी मौसमी तथा बेमौसमी तरकारी खेती गरी सिंचाई गर्न थालेका थिए । प्लाष्टिक पोखरीमा खेर गएको पानी जम्मा गरी सिंचाई गरेको हेर्न आउनेको संख्या दैनिक सय भन्दा बढि भएको तिन्टीआपका अगुवा कृषक इन्द्र प्रसाद पौडेल बताउँछन् ।
पहिलादेखि नै बेमौसमी तथा मौसमी खेती गर्ने गाउँ भएकाले तत्कालिन समयमा सानाकिसान बैंकहरूले कृषकहरूलाई व्यवसायी (मौसमी तथा बेमौसमी) तरकारी खेती कसरी गर्ने, ब्याड देखि बजारीकरणसम्म कसरी गर्ने ? जस्ता विषयमा अध्यनका लागि मुलुक भित्रबाट मात्र नभई मुलुक बाहिरबाट आउने क्रम अहिलेसम्म नै चलिरहेको छ । यहाँ, कृषि र कृषकका विषयमा अध्ययन गर्न आउने भएका कारण कृषि पर्यटनको राम्रो संभावना रहेको अगुवा कृषक तथा निवर्तमान जनप्रतिनिधि हरी सुमर रेग्मी बताउँछन् ।पाल्पाको हावापानी विषम भएका कारण कृषिको प्रचुर मात्रामा संभावना रहेको छ । सबै ठाउँमा सबै प्रकारको खेती हुने भएका कारण तरकारी फलफूल, च्याउ खेतीको व्यवसायिक रूपमा खेती गर्न पूर्व यहाँ अध्ययन गर्न आउनेक्रम अहिले पनि निरन्तर रूपमा कायम रहेको पुराना कृषकहरूको भनाइ रहेको छ ।
मदनपोखराको तरकारी खेतिमात्र नभई ४ सय वर्ष पुरानो सिंचाईको कुलो बाट पानी वितरण प्रणालीको विषयमा अध्ययन गर्न अर्गलीपनि प्रमुख गन्तब्य भएको कुलो व्यवस्थापनका अध्यक्ष कृष्ण पराजुली बताउँछन् । यहाँको पानी वितरण प्रणाली स्थापनाकाल देखि हालसम्म एउटै प्रणाली भएकाले यही विषयमा अध्ययन अबलोकनका लागि एशियाको मात्र नभई युरोपियन मुलुकका प्राविधिकहरू आउने गरेको उनी बताउँछन् ।
पर्यटक भन्नासाथ एतिहासिक, धार्मिक तथा प्राकृतिक सुन्दरता क्षेत्रको मात्र अध्ययन गर्ने हो भन्ने बुझाई रहेको छ । यो गलत हो । हाम्रो जिल्ला कृषि पर्यटनको लागि उत्तिकै महत्व रहेको तानसेन नगरका निवर्तमान अशोक कुमार शाही बताउँछन् । तरकारी फलफूल पशुपालनको पहिलेदेखि नै पकेट क्षेत्र भएका कारण मदनपोखरा बाहेक अन्यगाउँ बस्तीमा अध्ययन अवलोकनको लागि आउने गदछन् । मौरी पालन कुरिलो खेतीदेखि लिएर किवी खेतीको अध्यनको लागि समेत आउने गरेका छन् । कृषि पर्यटनले यहाँ ठूलो महत्व राखेको पर्यटन व्यवसायी राजिवशाही बताउँछन् ।
पछिल्लो समयमा निस्दी गाउँपालिकाको झिरुवासमा वनमाराले ढाकेको पहाडमा व्यवसायिक रूपमा लगाइएको अम्लिसो खेतीले व्यवसायिक सफलता पाएपछि झिरुवासको काउले डाँडा समेत मुख्य गन्तव्य बनेको स्थानीय लक्ष्मी पाटा मगर बताउँछन् । हिउँदको याममा यस क्षेत्रको अवलोकन गर्न आउने लाई प्रवेश शुल्कको टिकट काट्न भ्याइनभ्याइ हुन्छ । यही कारणले गर्दा वन क्षेत्रको अध्ययन गर्न आउनेहरूका लागि नै लक्षित गरेर हेमस्टे संचालनमा आयो ।
नाउ गाउँपालिका दोभानको लदुवा पनि कृषि पर्यटनको मुख्य गन्तव्य भएको स्थानीय पाका पुस्ताका कृषक इश्वरी प्रसाद पाण्डे बताउँछन् । डाँडाको चिसो हावापानीमा उत्पादन भएको आलु खेतीको अध्यउनका लागि टाढाटाढा बाट आउने गर्दछन् । मौसमी तथा बेमौसमी तरकारी उत्पादनदेखि बजारीकरण सम्म निकै सहज भएका कारण यस गाउँ बाट वैदेशिक रोजगारीका लागि विदेश पनि कम जाने गरेका छन । यहाँको कृषिले बैदेशिक रोजगारीलाई जितेका कारण यहाँ कृषि बाट कसरी आत्मनिर्भर बन्ने भन्ने विषयमा अध्ययन गर्न आउनेहरूका कारण यहाँ उत्पादित कृषि उपजको बजारीकरणका लागि सहज भएको स्थानीयहरू बताउँछन् । २०३८ सालको महाविनासकारी बाढीले वितण्डा मच्याउँदा उजाड भएको खेती योग्य जमिनमा पहिलो पटक व्यवसायिक रूपमा कफी खेति हुर्किएर तन्नेरी भयो । वगरमा पनि कफी खेति गर्न सकिँदो रहेछ भन्ने विषयमा अध्ययन गर्न र उत्पादीत कफी घरेलु प्रविधिबाट कसरी प्रशोधन गर्ने भन्ने विषयमा अध्ययन गर्न स्वदेशी मात्र नभइ विदेशीलाई समेत अध्ययन गर्ने स्थल भएको छ । त्यसपछि बल्ल मदनपोखरामा कृषि पर्यटकको लागि गन्तब्य बनेको कफी व्यवसायी शिव प्रसाद घिमीरे बताउँछन् ।
यस जिल्लाको मुख्य संभावना भनेको कृषि नै हो । कृषिमा फड्को मारेको मदन पोखरा हो । त्यहाँ कसरी भयो भन्ने विषयमा कौतुहलता हुनु स्वाभाविक नै हो । आधुनिक प्रविधिको उपयोग यहाँबाट सुरु भयो । पछिल्ला वर्षहरूमा यहाँबाट अन्यगाउँ बस्तीमा प्रविधि फैलियो । पछिल्ला वर्षहरूमा कृषि पर्यटनको राम्रो संभावना बनेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरी बताउँछन् । जिल्लाका बिभिन्न गाउँबस्तीमा तरकारी फलफूल खेतीको अध्ययन तथा अवलोकनको लागि दस देखि पन्ध्र्र्र्र्र्र हजार कृषि पर्यटक प्रविधिका विषयमा आउने गरेको उनी बताउँछन् । तिनाउ गाउँपालिका अन्तर्गतको मस्यामकी गोमा भण्डारी पहिलो महिला उद्यमी हुन् । आफूले सिकेको सिप र प्रविधिलाई मुलुकभित्रका तिस भन्दा बढि जिल्लाका २ हजार कृषकलाई उत्प्रेणा दिएको उनी बताउँछिन् । आर्थिक बिकासको मुख्य मेरुदण्ड लिने कृषिलाई पछिल्लो समयमा गाउँ बस्तीमा वन्यजन्तुबाट जोगाउन कठिन हुन लाग्यो । वन्यजन्तुको नियन्त्रण भएको खण्डमा यहाँको आर्थिक बिकासले थप फड्को मार्ने स्थानीय कृषकहरू बताउँछन् ।