© २०२३
बुटवल, २६ कात्तिक ।
रुपन्देहीबाट आगामी निर्वाचनमा उम्मेदवारी दिएका नेवार उम्मेदवारसंग श्री नेवा सेवा समितिले शनिबार बुटवलमा अन्तत्र्रिmया तथा प्रतिवद्घता कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार हरिसुन्दर बासीले नेपालको राजनीतिमा निर्वाचनलाई जुगाको लडाईको रुपमा लिनु गलत भएको बताए ।
कतिपय बहुसंख्यक जातीहरु भएको स्थानमा उनीहरुको भाषालाई प्राथमिकता दिनुपर्ने उनले बताए । नेपाल मजदुर किसान पार्टी सबै जातजातीको भाषा र संस्कृति जगेर्नाको अभियानलाई उठाउँदै आएको भन्दै जातिय रुपमा द्वन्द्व उठाउने काम राजनीतिक पार्टीहरुले गरेको उनले दुःखेसो गरे । सरकारको बजेटमा भएको विकृतिलाई हटाउने आफुहरुको पहिलो प्राथमिकता भएको उनले बताए । मतदान गर्दा ब्यक्तिभन्दा पार्टी महत्वपुर्ण हुने उनले बताए ।
यसैगरी रुपन्देही क्षेत्र नं २ (२) का उम्मेदवार भोज प्रसाद श्रेष्ठले नेवारी संस्कार, संस्कृती समग्र नेपालको पहिचान भएको बताए । कमजोर नेवार समुदाय र संस्कृतिलाई बचाउन एकता र गठबन्धन जरुरी रहेको भन्दै सबैको साथ र सहयोगमा विकासको काम अघि बढ्ने बताए । रुपन्देहीको विकासको क्रममा नेवार समुदायको ठुलो योगदान रहेको स्मरण गर्दै अब नया पुस्तामा यसलाई लैजानुपर्ने बताए ।
श्री नेवा सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले हरेक विकासमा योगदान दिएका नेवार समुदाय पछि परेको दुःखेसो गरे। राजनीतिमा नेवार समुदाय अगाडि आउन सकेमात्र भाषा, धर्म, संस्कृतिको संरक्षण र विकास हुने उनले बताए । कार्यक्रममा नेवा पुच नेवा सेवा समितिका अध्यक्ष काजीमान श्रेष्ठ, नेवा सेवा समितिका बरिष्ठ उपाध्यक्ष वसन्ती श्रेष्ठ, सचिव शारदा श्रेष्ठले यहा रहेका नेवार संघसंस्थाहरु एकतावद्ध भएर भाषा, संस्कृति संरक्षण गर्नुपर्ने बताए ।