© २०२३
नवलपरासी,२८ पुस ।
नवलपरासीमा लामो समयदेखी उत्खनन गरिएका बुद्धकालिन तथा बुद्धकाल पूर्वका सामाग्रिहरू फेला परेपनि संग्रह गरेर राख्ने स्थान नहुँदा पुरातत्व विभागमै थन्किने गरेको छ । सरकारी स्तरबाट संग्रालय निर्माणका लागि पहल नहुँदा पुरातात्विक बस्तु विभागमा थन्काउन परेको हो ।
पुरातत्व विभागले पुरातत्विक क्षेत्रको धनि मान्दै आएको नवलपरासी जिल्लामा संग्रालय ब्यवस्थानका लागि काम हुन नसक्दा प्राप्त प्राचीन समाग्रि पुरातत्व विभागको बाकसमा थन्किने अवस्था रहेको छ भने यता भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले निर्माण गर्न लागेको संग्राहलय अलपत्र परेको छ । अहिले संघिय सांसद तथा पूर्व कानुन तथा न्यायमन्त्री ध्रुव बहादुर प्रधानको पहलमा प्राचीन कोलिय गणराज्यको राजाधानीमा खुल्ला संग्राहलय बनाउन बजेट बिनियोजन रहेको छ । विगत ४ वर्षदेखी प्रदेश सरकारले बजेट विनियोजन गर्न रोकेपछि सो संग्राहलय अलपत्र परेको हो ।
अहिले सरकारी निकायहरूमा सहकार्य गर्ने अवस्था नभएका कारण यस्ता समस्याहरू देखा परेको नागरिक समाजको ध्यानाकर्षण पनि भएको छ । रामग्राम स्तुप क्षेत्रको विकासका लागि विगतदेखी हालसम्म विभिन्न प्रयास भएपनि बीच बीचमा हुने विरोधाभाष गतिविधिका कारण योजनाहरू अलपत्र पर्ने गरेको जस्को उदाहरण यो रामग्राम संग्राहलय पनि एक हो । नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने, “पहिला लुम्बिनी प्रदेशले सो क्षेत्रमा संग्राहलय बनाउने योजना ल्यायो, अहिले बजेट विनियोजन रोक्यो र योजना अलपत्र प¥यो । यो संग्राहलयको निर्माण कार्य किन रोकियो ? भन्ने कुनै राजनीतिक दल, स्थानिय नेता तथा संघसस्थाले समेत चाँसो देखाएका छैनन् ।” उनले थपे, “कम्तीमा यो संग्रालय निर्माण भएको भए रामग्राम स्तुपा क्षेत्र तथा जिल्ला भित्रका अन्य पुरातात्विक स्थलको उत्खननबाट भेटिने समाग्रि, साँस्कृतिक सम्पदालाई राख्न सकिन्यो । आउने पर्यटकलाई ति समाग्री हेर्न देख्न अवसर पाउथे । तर यसबारे जिल्लाकै सरोकारवालाहरू अनभिज्ञ देखिन्छन् ।”
“करोडौ लगानीको संग्रालय निर्माण योजना कम्पाउण्डवाल र बस्ने सुरक्षागार्डका कक्ष मात्रै निर्माण गरि त्यसै छाडिएको छ । लुम्बिनी प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेल हुदा सो क्षेत्रमा संग्रालय निर्माण र पुलका लागि योजना राखिएको थियो । तत्कालिन भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको पहलमा माहामाया मार्गको झरहीखोला पुल र संग्रालय निर्माणका योजना परेको थियो । पुलको निर्माण सम्पन्न भएको छ”, उनले भने । अहिले पुल निर्माणले आउने पर्यटकलाई आउजाउ सहज भएको छ । तर अहिले संग्रालयको काम रोकिदा रामग्राम स्तुप क्षेत्रका विगत र हाल भएको उत्खननबाट प्राप्त समाग्री समेत पुरातत्वको टोलीले पुरातत्व विभागमा लगेर थन्काएको छ । त्यसैगरि प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुरमा पनि उत्खनन् हुँदाका धेरै समाग्रि पुरातत्व विभागकै टोलीले पुरातत्व विभागमा लगेको थियो ।
यस क्षेत्रमा अन्य स्थानमा पनि उत्खनन् भएका छन्, कतिपय अवैध उत्खनन् गर्दा पनि प्राचिन, ऐतिहासिक समाग्री फेला पर्ने गरेको देखिन्छ तर ति समाग्रि कहाँ राख्ने भन्ने समस्या छ । लुम्बिनी प्रदेश सरकारले रामग्राम स्तुपादेखी करिब ५ सय मिटर उत्तरतर्फ झण्डै डेढ विघा क्षेत्रफलमा संग्राहलय निर्माण गर्दा यहाँका स्थानीयबासी उत्साही भएका थिए । तर अहिलेको लुम्बिनी प्रदेश सरकारले किन बजेट रोकेको हो ? त्यसको सोधखोज हुनु पर्ने अध्यक्ष सैथवारले बताए ।
गत वर्ष संघीय सरकार अन्तरगत रहने लुम्बिनी विकास कोषले रामग्राम विकास परियोजना तयार गरि झण्डै २५ अर्ब लगानी गरेर विकास योजना अगाडी सारेको थियो । तर नेपाली मिडियाको दुष्प्रचारबाजी कार्य, स्थानीय राजनीतिक दलका नेता लगायत संघसस्थाको विरोध हुदै संघीय संसदको लेखा समितिले सो योजनाका सम्पूर्ण प्रक्रिया रद्द गर्ने गरि गरेको निर्णयले सो विकास परियोजनाको कार्य पनि बन्द हुने देखियो । एकातिर विकास भएन भन्दै माग गर्ने र आर्को तिर विकास योजना आयो भन्ने विभिन्न बखेडा झिक्दै बिरोध गर्ने ? द्वैध चरित्रले पनि रामग्रामको विकास ओझेल परेको भनाई अध्यक्ष सैथवारको थियो । “अहिले प्रदेश सरकारले संग्रालयको नाँउमा स्तुप क्षेत्रमा जग्गा कब्जा गर्ने कार्य गरेको मात्र देखियो”, उनले थपे ।
उता संघीय सरकारले संग्रालयका लागि बजेट बिनियोजन गरि जग्गा खोजी गर्दै छ । स्थानीय सरकारको रूपमा रहेको रामग्राम नगरपालिकाले रामग्राम विकास कोष नै बनाएर काम गर्ने बताएको छ । काम तिनै सरकारले गरेको देखियो, तर उपलब्धी अहिलेसम्म पनि शुन्य सरह नै रहेको छ ।
रामग्राम स्तुप क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा रामग्रामको विकास परियोजनाबारे विभिन्न १२ वटा देशका प्रतिनिधि तथा बौद्धभिच्छुको उपस्थितीमा जानकारी गराइएको थियो । त्यसले संसार भरि यो रामग्राम स्तुपको महत्वलाई झल्काएको छ । अहिले बौद्धभिच्छु तथा पर्यटकहरू आउने क्रम बढेको छ । तर ति पर्यटकलाई देखाउने ढिस्को बाहेक अरू केही समाग्रि देखिदैन् । यहाँ आउने भिच्छु तथा पर्यटकलाई घामपानीले ओत पाउने खालका पुर्वाधान समेत नहुनु दुर्भाग्य भएको सैथवारले दर्साए । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो, त्यसको विकासका लागि लुम्बिनी विकास कोष गठन भयो, सो कोषले काम गर्दै लुम्बिनी क्षेत्रको विकास ग¥यो । तर सन १८९८ मा पत्ता लागेको रामग्राम स्तुप क्षेत्रको विकासमा पटक पटक हुने विरोधाभाषले अहिलेसम्म चरन क्षेत्रको रूपमा रहेको छ ।
अहिले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले विदेशी दातृनिकायलाई आकर्षित गरि विकास गर्ने योजना बनाउँदा सांसदको लेखा समितिले विरोध ग¥यो, तर बेला बेलामा रामग्राम विकास समिति वा विकास कोष गठन गरि विकास गर्नुपर्ने माग उठ्दा त्यसप्रति कहिलै ध्यान पु¥याएको देखिदैन् । लुम्बिनी विकास कोषले गलत काम ग¥यो भन्ने जसरी लेखा समितिले काम रोकाएको छ, उनले भने, अब सो काम रामग्राम विकास कोषले नेतृत्व लिई गर्नुपर्ने उनको सुझाव रहेको थियो । संग्रालय संचालनका लागि कोषले लुम्बिनी प्रदेश सरकारसँग पहल गरि सञ्चालनमा ल्याउने प्रतिवद्धता कोषका रामग्राम विकास कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले जनाएका छन् ।