© २०२३
स्वर्गद्वारी (प्यूठान), २४ कात्तिक ।
१४ वर्ष अघि प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने सडक थिएन् । भिंगृबाट स्वर्गद्वारी जानका लागि ट्रयाक समेत खुलेको थिएन् । साढे १३ किलोमिटर सडक निर्माणका लागि करोडौँ बजेट लाग्थ्यो । तत्कालीन जिल्ला विकास समितिसँग त्यति धेरै खर्च गर्ने स्रोतको सुनिश्चित हुने थिएन ।
०६६ सालमा तत्कालीन उद्योग वाणिज्य संघका अध्यक्ष स्व.सूर्य बहादुर विश्वकर्मा र संघकै पूर्व अध्यक्ष इमानसिँह भारती सहितको टोली काठमाडौँ पुगेर प्यूठानी एमाले नेता सूर्य थापालाई सँगै लिएर स्थानीय विकास मन्त्री रामचन्द्र झासँग बजेट माग गर्न पुगे । झा एमाले नेता सूर्य थापाका हितैसी साथी थिए ।
जसरी पनि स्वर्गद्वारी आश्रम पुग्ने सडकको ट्रयाक खोल्नुपर्छ भन्ने प्यूठानीहरुको मागलाई मन्त्री झा ले सुनुवाई गरे । एक करोड रुपैयाँ बजेट विनियोजन गरिदिने वाचा मन्त्रीले दिए । तर ७५ लाख रुपैयाँ बजेट आयो । त्यसै बजेटबाट स्वर्गद्वारीको आधार शिविर भिंगृदेखि स्वर्गद्वारी सडकको ट्रयाक खोलियो ।
स्वर्गद्वारी सडक पु¥याउनका लागि योगदान गरेको तत्कालीन एमाले नेता सूर्य थापा आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि प्यूठानबाट उम्मेदवार बनेका छन् । थापाका लागि स्वर्गद्वारीको सडक चुनावी एजेण्डा बनेको छ । आफ्नै पहलमा २५ करोड भन्दा बढी बजेट विनियोजन गरेर सडक कालोपत्रे भएको समेत थापाले दाबी गर्दै आएका छन् ।
स्वर्गद्वारी जाने बाटोको बीचमा पर्ने भिंगृकोटमा आयोजित चुनावी सभामा सहभागी स्थानीयबासीले सूर्यलाई स्वर्गद्वारी सडक पु¥याउन गरेको योगदानलाई खुलेर प्रशंसा गरे । ‘हजुरले गरेको विगतको योगदान हामीले बिर्र्सेका छैनौँ’, भिंगृकोटका स्थानीय दुर्गा केसीले भने, ‘यो बाटोलाई अझै फराकिलो बनाउनुप¥यो ।’ सडक फराकिलो बनाउने सहित स्थानीयले थापासँग आठ बुँदे माग राखेका छन् ।
स्वर्गद्वारीको बृहत्तर विकासका लागि जुनसुकै बेला पनि आफूले सक्रिय भूमिका निर्वाह गरिरहेको थापाले प्रतिवद्धता सुनाए । ‘मन्त्रीसँग बजेट माग्न जाँदा म त्यसबेला मन्त्री थिइन, नेता पनि थिइन, मात्र केन्द्रीय स्तरको एमालेको कार्यकर्ता मात्र थिएँ’, थापाले स्थानीयसँग भने, ‘अबको स्वर्गद्वारी कस्तो बनाउने भन्ने बारेमा लिखित प्रतिवद्धता लिएर तपाईहरुमाझ आएको छु ।’
उनले स्वर्गद्वारी मन्दिर आश्रम पुग्नका लागि निर्माण गरिएको सिँढी अलपत्र परेको अवस्थामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई स्वर्गद्वारी पु¥याएर बजेट विनियोजन गर्न लगाएको समेत स्मरण सुनाए । दुई करोड बजेट विनियोजन भएपछि सिँढी निर्माणको काम पुरा भएको छ ।
स्वर्गद्वारी प्यूठानीको भविष्यसँग जोडिएको पर्यटकीय क्षेत्र भएको थापाको भनाई छ । स्वर्गद्वारीसँग जोडिएको केबुलकार र विमानस्थल निर्माण पनि आफ्नो प्रतिवद्धतामा प्रमुख प्राथमिकतामा रहेको थापाले सुनाए ।
यिनै चुनावी एजेण्डा बोकेर एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले मतदाताको घर घरमा मत माग्न पुगेका छन् । स्वर्गद्वारीका सवै वडामा पुगेर मतदातासँग साक्षात्कार गरिएको थापाले सुनाए ।