© २०२३
लमही, ८ पुस ।
दाङको देउखुरीस्थित राजपुर गाउँपालिका–३ खरदरिया निवासी भैँसीपालक किसानले दूध बिक्री, पानी र घाँस अभावको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । ७० वर्षीय रामधिरज यादवसँग ३५ जिउ भैँसी छन्, जसमा १४ वटाले दैनिक दूध दिने गर्छन्। तर गाउँमा दूध बिक्रीका लागि कुनै डेरी वा सङ्कलन केन्द्रको व्यवस्था नभएका कारण यादवले घोराही बजारसम्म ३५ किलोमिटर यात्रा गर्नुपर्छ। “गाउँमै दूध बिक्री हुने व्यवस्था भए सहज हुन्थ्यो,“ यादवले लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीसँग आफ्नो समस्या राखे ।
यादवले पानी र घाँसको अभावले भैँसीपालन कठिन हुँदै गएको बताए । “गर्मी मौसममा खानेपानी अभावले घाँस खेती गर्न समस्या हुन्छ। सरकारले यो समस्यामा ध्यान दिएर पानी र दूध बिक्रीको व्यवस्था गरिदिए सहज हुने थियो, “उनले भने । त्यसैगरि उनले गाउँमा व्यवसायीले प्रतिलिटर दूधको मूल्य मात्र ५०–६० रूपैयाँ दिने गरेका छन्, जबकि बजारमा प्रतिलिटर १०० रूपैयाँमा बिक्री हुने बताए । सिताराम यादवजस्ता अन्य किसानले पनि उचित मूल्य पाउन समस्या भइरहेको बताए । ‘गाउँमै व्यवसायीले कम मूल्यमा दूध खरिद गर्दा लागत नै उठ्दैन,’ उनीहरूले भने ।
किसानले परम्परागत भैँसीपालनलाई आधुनिकीकरण गर्न चाहेपनि आर्थिक अभावका कारण नसकेको यादब बताउँछन । किसानहरू अनुदान, गोठ सुधार, नस्ल सुधार र दूध बजारीकरणमा सरकारी सहयोगको आवश्यकता महसुस गरिरहेका छन् । यता लुम्बिनी प्रदेश सरकारका कृषि भूमी तथा सहकारी मन्त्री दिनेश पन्थीलेकिसानहरूको समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकार गम्भीर रहेको बताए । उनले भन्र ‘परम्परागत भैँसीपालनलाई आधुनिकीकरण गर्न नस्ल सुधार, गोठ सुधार र दूध बजारीकरणमा सरकारले सहयोग गर्नेछ,’ मन्त्री पन्थीले भने ।
उनले किसानलाई सरकारी अनुदानको प्रभावकारी वितरण गर्ने प्रतिबद्धता जनाउँदै भने, “किसानको आम्दानी बढाउन थोरै लगानीबाट धेरै उत्पादनको सोच आवश्यक छ, उनले भने ।“किसानहरूले परम्परागत भैँसीपालनलाई आधुनिकीकरण गर्न सरकारसँग सहयोगको माग गर्दै दूध बजारीकरण, उचित मूल्य र पानी तथा घाँसको व्यवस्था सुनिश्चित गर्न आग्रह गरेका हुन। किसानहरूको समस्या समाधान र आम्दानी बढाउन सरकारी कदमको प्रतीक्षा गरेका छन । दाङको गढवा र राजपुरमा बहुसंख्यकको रूपमा अबधि बस्ती रहेको छ । उनीहरूको मुख्य पेशा भैंसी पालन गर्दै दूध दहि बिक्रि गर्दै आएका छन । उनिहरू अहिले पनि परम्परागत रूपमा छाडा चरणको भरमा भैंसी पालन गर्दै आएका छन । जलबायू परिवर्तन र बढ्दो जनघनत्वका कारण चरिचरण मासिदै जादा परम्परागत पेशा सकटमा पर्न थालेको हो ।अहिले पनि उनेहरू आफूले उत्पादन गरेको दूध गाउमा उचित मूल्य नपाएको तथा खपत नभएको भन्दै ६० किलोमिटरमा रहेको घोराही बजारमा बिक्री गर्न जने बाध्यता रहेको बताउँछन ।
दुग्ध उत्पादनलाई सहजरूपमा बजारसम्म पुर्याउन गढवा र राजपुर गाउँपालिकाले लुम्बिनी विशिष्ट सहकारी संघद्वारा सञ्चालित बुटवल डेरी उद्योगसँग सम्झौता गर्ने अन्तिम तयारी पूरा गरेका छन् । उक्त सम्झौता अनुसार गढवामा दूध सकलन हुने छ । उक्त सकलन केन्द्र, पौष १५ गतेदेखि दुग्ध संकलन कार्य सुरु हुने तयारी लगभग अन्तिम चरणमा पुगेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।
हाल गढवामा दैनिक २,५०० देखि ३,००० लिटर र राजपुरमा करिब ५,००० लिटर दुग्ध उत्पादन हुँदै आएको छ । तर, बजार अभावका कारण किसानहरूले ठूलो घाटा व्यहोर्दै आएका थिए । भैंसी पालक कृषक देवराज यादवले भने, “दैनिक २०–२५ लिटर दूध बिक्री भए पनि भुक्तानीका लागि महिनौं कुर्नुपर्ने बाध्यता रहेको बताउछन् । यो समस्या केवल मेरो मात्र नभई सम्पूर्ण गढवा र राजपुरका किसानहरूको हो” उनले भने ।
गढवा गाउँपालिकाले यसअघि खसी–बोका सामूहिक बजारीकरण र धान बिक्रीका लागि सरकारी संस्था “खाद्य व्यवस्था तथा व्यापार कम्पनी“सँग सम्झौता गरी किसानहरूलाई लाभ दिलाइसकेको छ । भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्माका अनुसार यो दुग्ध संकलन प्रणालीले गाउँपालिकाको विकासलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिइएको छ । यो पहल गढवा गाउँपालिकाका किसानहरूको जीवनस्तर उकास्नका लागि ऐतिहासिक कदमका रूपमा लिइएको छ ।