ट्रेंडिंग:

>> लुम्बिनी, कर्णाली र सुदूरपश्चिम का केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने >> भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन >> गुल्मीमा स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु >> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग >> सर्वोच्च अदालतद्धारा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा रोक  >> ‘चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक’ >> दुई दिने प्रदेश स्तरीय लुम्बिनी क्लासिक पावर लिफ्टिङ हुदै >> नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि >> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने

हिउँदेबालीलाई गण्डक नहरको धोका !

२४ मंसिर २०८१, सोमबार
२४ मंसिर २०८१, सोमबार

नवलपरासी, २४ मंसिर ।
नेपाल गण्डक पश्चिमी नहर सिंचाई प्रणालीले हिउँदे बालीका लागि पानी प्रवाह नहुने जनाएको छ । नहरको मुहानमा सिल्टबेसिनका संरचनाहरू निर्माणाधिन अवस्थामा रहेको हुदा हिउँदे बालीका लागि पानी बन्द गरेर ति संरचना बेलामै सम्पन्न गर्ने भएकाले पानी प्रवाह नहुने सिंचाई ब्यवस्थान कार्यालय सेमरीले जनाएको हो ।

नहरको मुहानमा सिल्ट रिजेक्ट गर्ने गरि सिल्टबेसिन (पोखरी) निर्माणका कार्य भई रहेको र पानी प्रवाह गर्दा उक्त निर्माण कार्य रोकिनु पर्ने अवस्थाका कारण हिउँदेबालीलाई किसानले पानी नपाउने अवस्था देखिएको ब्यवस्थापन कार्यालयका प्रमुख तिलक बुढाथोकीले बताए । नहरमा पानी प्रवाह गरियो भन्ने पुनः नहर पुक्न दुई तिन महिना लाक्ष्न सक्छ, उनले भने, सिल्टबेसिनको काम गर्ने निर्माण कम्पनीको म्याद असार मासन्तसम्म सकिनु पर्ने अवस्था छ । ३० महिनामा सकिने गरि भएको सम्झौता अनुसार झण्डै २४ महिना सकिँदै छ । बाँकी ६ महिनामा सो आयोजना सकिनु पर्ने हुन्छ । उक्त आयोजनाको ५० प्रतिसत काम मात्र भएको उनले बताए । समयको अभाव भन्दै निर्माण कम्पनीले पुन म्याद माग्नसक्ने उनको भनाई थियो । बरु एक सिजन बैकल्पिक सिचाई प्रयोग गरेर भए पनि बेलामै सिल्ट बेसिन योजना सम्पन्न गर्ने सोच अनुसार नै हिउँदेबालीका लागि पानी प्रवाह नगर्ने प्रमुख बुढाथोकीले जनाए ।

विगत बर्षमा नेपाली नहरको मुहानमा सिल्ट जम्मा हुने र तिन वटा ढोका मध्ये दुई वटा ढोका मात्रै सञ्चालन हुँदा पानी प्रवाहमा समस्या देखिएको थियो । तर अहिले तेश्रो ढोका पनि सञ्चालनमा रहेको र मुहानमा सिल्ट बेसिनको काम पनि भइरहेको छ । संरचनागत सुधान भए पछि भारतिय पक्षलाई पानी छाड्न बेलामै लगाउन सकिन्छ । यसले आउने दिनमा गण्डक क्षेत्रका किसानलाई सिचाईमा राहत पुग्ने उनको भनाई थियो । भविष्यका लागि तत्काललाई केही प्रतिक्षा गर्नु पर्ने बताउदै कार्यालय प्रमुखले निर्माण कम्पनीले गर्ने काम रोकेर पानी प्रवाह त गराउन सकिन्छ,तर नहर सुक्न समय लाग्ने हुदा निर्माण कम्पनीले त्यसैलाई आधार बनाएर दोषारोपण गर्न सक्ने छ । अन्ततःसिल्टबेसिनका निर्माण कार्य जति ढिलो हुदै जान्छ,त्यसको भार किसानलाई नै पर्ने उनले बताए ।

गण्डक सम्झौता अनुसार नेपालको कुल ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा सिचाई गर्ने गरि नेपाल गण्डक पश्चिमी नहर प्रणाली कुल ३२ किलोमिटर लम्बाई रहेको छ । मुल नहरबाट विभिन्न शाखा र प्रशाखा नहर मार्फत सिचाई हुने गरेको छ । नहरमा डेढ सय क्युसेक पानी प्रवाह हुने गरि संरचनाहरू बनेका छन् । सिल्ट समस्या समाधानका लागि ब्यवस्थापन कार्यालयले मुहानमा सिल्ट बेसिनको काम पनि दुई बर्ष देखि निरन्तर भई रहेको छ । ३५ करोड लागतमा सो सिल्ट सफाईका लागि सिल्ट बेसिनको निर्माणको काम सम्पन्न भए पश्चात समस्या हल हुनेमा उनले विश्वास ब्यक्त गरेका थिए ।

चुरे पहाडबाट बग्ने खोलाका पानी ठाँउ ठाँउबाट नहरमा पस्ने भएकोले नहर पुरिने समस्या पनि रहेको छ,बालुवा बालुवा नै रहेको स्थानमा नहरको डिल नै भत्किने अवस्था पनि छ । विगत बर्षमा भुमिगत सिचाई प्रति आकर्षित किसान अहिले सतही सिचाई नै स्थाई सिचाईको स्रोत भएको हुदा नहर सिचाई प्रणालीलाई मजबुत बनाउन आवश्यक रहेकोले ब्यवस्थापन कार्यालयले सो काम सम्पन्न गराउनमा लागेको छ । अहिलेको अवस्थामा पेट्रोलियको मुल्य वृद्धिले भुमिगत सिचाई सम्भव नभएको उनको भनाई थियो महगो हुने देखिएको छ ।

किसानलाई भुमिगत सिचाई धेरै महगो सिचाई हुन थालेको छ । किसानको उत्पादन लागतलाई भुमिगत सिचाईले बढाउने गरेको छ । त्यती मात्रै नभई भुमिगत सिचाईले किसान आफैले पनि धेरै स्थानमा नहर संरचना भत्काएका थिए । तर अब तिनै किसानहरू अब महगो डिजलको मुल्यले नहर सिचाई नै स्थाई सिचाई स्रोत भएको महशुस गर्न थालेको देखिन्छ । भुमिगत सिचाई आकस्मिक सिचाई सुविधा मात्रै हो । तर स्थाई रूपमा निरन्तर सिचाई स्रोत भनेको सतही सिचाई भएको कुरा किसानले स्वम् बुझ्न आवश्यक छ ।

सहती सिचाई निरन्तर गरि राख्यो भने जमिन रिचार्ज भएर जलभण्डार गरि राख्छ,जुन भुमिगत सिचाई बोरिगँको माध्यमले पानी तानेर सिचाई गर्न सम्भव हुन्छ । भूमिगत सिंचाई मात्रै गरिराख्यो भने जमिन मुनिको जलभण्डर घट्दै जाने अवस्था छ । कुनै बेला २० देखी ४० फिटमा पानीको स्रोत भेटिन्थ्यो । तर अहिले त्यही स्रोत घटदै जादा १ सय देखी डेढ सय फिट गहिरो बोरिगँ गाड्नु पर्ने अवस्था छ । समान्य स्यालो ट्युवेलले प्राप्त हुने पानी अहिले डिप ट्युवेलमा जानु परेको छ ।

तर कुनै दिन डिप ट्युवेलले पनि पानी दिन छाड्ने अवस्था आउन सक्छ । यसले सिचाई लागत झन बढाउने छ । सतही सिचाईले थोरै लगानीमा पनि सिचाई गर्न सक्ने अवस्था भएकोले अब सरकारले सतही सिचाई मै लगानी बढाउनु पर्ने देखिन्छ । नहर वरि परिका जलासयमा समेत पानी जम्मा गरि राख्ने र नहरमा पानीको अभाव भए लिफ्ट गरेर नहरमा निरन्तर पानी प्रवाह गर्न सक्ने गरि अब नहर प्रणालीले योजना बनाउन आवश्यक देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?