ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

सुन्तला खेतीबाट लोभलाग्दो आम्दानी

२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

प्यूठान, २२ मंसिर ।
सुन्तला बिक्रीबाट प्यूठानका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । मकै, धान, गहु उत्पादन हुने क्षेत्रमा सुन्तला खेति गरी किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । विगतमा गाउँका मेलाहरूमा मात्रै विक्री गर्ने सुन्तला हाल जिल्लाका बजार र जिल्ला बाहिर समेत पुग्न थालेपछि सुन्तला किसानले मूल्य पाउन थालेका छन् । मुल्य र उत्पादन राम्रो भएपछि एउटै किसानले वार्षिक ६ लाख वढी आम्दानी गर्दै आएका छन् ।
जिल्लाका धेरै स्थानमा सुन्तला उत्पादन हुने भएपनि स्वर्गद्वारीको धनवाङ, प्यूठान नगरपालिकाको मरन्ठाना, झिमरुक गाउँपालिकाको चुधारा, चिचिण्डे, तुसारा, बाँदिकोट लगायतका गाउँहरूमा सुन्तदा तथा जुनार बढी उत्पादन हुने गरेको छ ।
झिमरुक गाउँपालिका–५ चुधाराका रामचन्द्र पोख्रेलले सुन्तला विक्रीबाट वार्षिक ६ लाख आम्दानी गरिरहेको बताए । चुधाराको ६ रोपनीको क्षेत्रफलमा सुन्तला बगानबाट सो परिणाममा सुन्तला विक्रिी गरेको उनको भनाइ छ । ‘करिव ३ सय ५० वोटहरू छन्, तीन सय जति बोटबाट राम्रो आम्दानी लिँदै आएको छु’ ,पोख्रेलले भने,‘अन्न लगाउने खेतवारीबाटै मनग्ये कमाउन सकिने रहेछ ।’
पोख्रेलले १४ वर्ष अघि दुई तीनवटा बोटबाट सुरु गरिएको वगानमा अहिले पेनसन जस्तो फाइदा लिएजस्तो लाग्ने बताए । सामान्य काटछाट, मल, स्यहारसुस्यहार गरेपनि लामो समय आम्दानी लिन पाइएको उनको अनुभव छ । विक्रीका लागि थोक व्यापारिलाई प्यूठानका विजुवार र दाङको भालुवाङमा पठाउँदै आएका छन् । यस वर्ष प्रति के.जि. ८० रूपैयाँका दरमा थोक विक्री भएको छ भने दैनिक विजुवारको चोकमा बसेर १ सय रूपैयामा खुद्रा विक्री भइरहेको छ ।

पछिल्लो समयमा प्यूठानका गाउँहरूमा खर्चको जोहो मात्रै नभएर राम्रो आम्दानी हुने भएपछि किसानहरू खुशी छन् । कुनै समय मेलाहरू कुरेर सुन्तला बिक्री गर्नु परेकोमा हाल सहज विक्री हुँदा सुन्तलाबाट आम्दानी हुन थालेको झिमरुक गाउँपालिका–५ चिचिण्डेका शेर बहादुर पुनले अनुभव सुनाए । उनले गाउँका पाखा बारीमा सुन्तला खेती गर्ने किसान बढ्दै गएको बताए । ‘एउटा परिवार सामान्य तरिकाले पाल्न तीस वटा बुटा पुग्छ जस्तो लाग्छ’ पुनले भने,‘सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिन्थ्यो । किने उनको भनाइ छ । किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउन तीनै तहको सरकारले नसकेको उनको गुनासो छ । गुल्मी र प्यूठानका सुन्तला किसानले प्यूठानका वजारमा विक्रीका लागि प्रतिष्पर्धा गर्ने गरेका छन् । एक सय रूपैयाबाट प्रतिष्पर्धा गर्दै ७० रूपैयाँमा दिन परेपछि किसान मारमा परेको बताउँछन् ।

जिल्लामा वार्षिक २ हजार ४ सय ६७ मेट्रिक टन सुन्तला उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका निमित्त कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार २ सय ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । गत वर्ष २ सय २९ हेक्टरमा दुई हजार ३ सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यसैगरी गत वर्ष १ सय ३८ हेक्टरमा १ हजार २ सय २५ मेट्रिकटन जुनार उत्पादन भएकोमा यस वर्ष १ सय ४० हेक्टरमा १ हजार तीन सय ६५ मेट्रिक टन उत्पादन भएको छ । सुन्तला र जुनार उत्पादन बृद्धिका लागि कार्यालयले काटछाटका तालिम प्रदान, कार्यालयबाट किसानको फर्ममा पुगेर उपचार गरेको जानकारी दिए । सुन्तला विशेष गरेर समुन्द्री सतहबाट एक हजारदेखि एक हजार दुई सय मिटरसम्मको उचाइमा राम्रो फस्टाउने गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?