ट्रेंडिंग:

>> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ >> शिक्षा मन्त्रालयको चेतावनी: विदेश पढ्न जान चाहने विद्यार्थीलाई लक्षित भ्रामक प्रचार नगर्न अनुरोध >> कजाकस्तानमा यात्रुवाहक जहाज दुर्घटना, २५ जनाको जीवित उद्धार >> लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री >> नेकपा एमाले सचिवालय बैठक सुरू >> कृषकलाई कृषि एम्बुलेन्स >> सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच विधेयकहरूमा छलफल गर्न कार्यदल गठन

पशु किसानको दैलोमा डोर टु डोर कार्यक्रम

२१ मंसिर २०८१, शुक्रबार
२१ मंसिर २०८१, शुक्रबार

नवलपरासी, २१ मंसिर ।
गत बर्ष पशुपालक किसानको समस्या बुझ्न र निदान गर्न गरिएको डोर टु डोर कार्यक्रम प्रभावकारी भएपछि यो बर्ष पनि सो कार्यक्रमले निरन्तरता पाएको छ । कार्यक्रमको निरन्तता दिँदै जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले पशुपालक कृषकको घरदैलोमै पुगेर पशुपालनका समस्या बुझ्नका लागि सुनवल नगरपालिकाको भुमहीबाट शुभारम्भ गरेको हो ।

घरदैलो अर्थात डोर टु डोर सेवा सञ्चालन गरि पशु पालनमा देखिएको समस्याहरूको अध्ययन गर्ने र पशुपालक किसानलाई आवश्यक सेवा परामर्श समेत दिने कार्यको शुभारम्भ नगरप्रमुख विमला अर्यालले गरेकी थिईन् । उनले कार्यक्रमको शुभारम्भ गर्दै मानिस स्वास्थ्य समस्या प्रति मानिस आफै सचेत हुने भएको तर पशुमा त्यो अवस्था नहुने हुदा यो डोर टु डोर कार्यक्रमले पशुको स्वास्थ्य समस्या बुझ्नमा सहयोगी बन्ने उनले बताएकी थिईन् । उतm कार्यक्रमा पशुपालक किसानका फर्म र घरमा रहेका दुधालु गाई भैसी मध्ये अधिकाँसमा बाँझोपन जस्ता समस्या देखिएको अस्पतालकी पशु चिकित्सक डा.विभुती सिँहले बताईन् । उनका अनुसार पशु स्वास्थ्यकर्मी सहित चिकित्सकहरूको टोली पशुपालक किसानको डोर टु डोर पुग्ने र सेवा दिईने अभियानको रूपमा चलाईको छ । यसले पशुपालक कृषकमा उत्साह थपिएको छ, उनले भनिन्,किसानहरूले यस्तो पहिलो पटक घरदैलोमै आएर पशु(गाईभैसी)को समस्या बुझ्ने कार्य भई रहेको छ । पशुमा देखिने बाँझोपन समस्या प्रमुख समस्याको रूपमा देखिएको छ । पशु विरामी हुदा त किसानले थाहा पाउने र उपचारका लागि आफै सक्रिय हुने गरेको भए पनि बाँझोपनलाई समस्याको रूपमा नलिई समान्य रूपमा हेर्ने गरेको हुदा यस्मा किसानले सकेसम्म ति गाईभैसीलाई पाल्ने र नसके विक्रि गर्नुका साथै छाडा पनि छाडिदिइने गरेका छन् ।

खास गरि भैसीको मासु नेपालमा खाने प्रचलनले बाँझो भैसी त मासुका लागि विक्रि भई नै हालेका छन्,डा.सिँहले भनिन्,तर गाईलाई काट्ने मासु खाने नेपालमा खुलेयाम प्रचलन नभएको हुदा छाडा छाड्ने समस्या देखिएको हो । यसले छाडा गाईको संख्या बढनु एउटा कुरा हो,तर त्यसले किसानका लागि घाटा पनि हो । बाँझोपन समस्यालाई निराकरण गर्न सकियो भन्ने पशुपालक किसानलाई नोक्सानी ब्यहोर्न नपर्ने उनको भनाई थियो । गाईभैसी बाँझोपनको उपचार पनि हुन्छ,भन्ने किसानमा जानकारी नहुनुले पनि किसान बाँझोपनको उपचार खोज्ने गरेका छैनन् । उपचार गरेर बाँझोपन समस्या हटाउन सकिन्छ,भन्ने डोर टु डोर सेवामा दिईने कार्य गरिएको छ । घरेलु उपचार,स्याहासुसार जस्ता चेतनाको जानकारी गराउदै नमुना छनौटमा परेका पशुको चिकित्सा उपचार पनि गरिएको चिकित्सक डा.सिँहले बताईन् ।

डोर टु डोर कार्यक्रममा पशुमा देखिने समस्याको चिकित्सय परामर्श,उपचार तथा केही औषधी तथा पोषणयुतm मन्टिभिटामिनहरूको किट समेत उपलब्ध गराईने गरिएको उनले जानकारी गराईन् । पुर्वाधारलाई प्राथमिकता त्यसपछि समाजिक क्षेत्र रहेको तर स्थानिय सरकारको आर्थिक विकास शाखा भनेर चिनाउने क्षेत्रमा लगानी कम भेटिनु दुखद भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले बताए । स्थानिय तह पनि जनतासँगको नजिकको सरकार हो,तर सरकारको प्राथमिकतामा आर्थिक विकास परेको देखिएको छैन । बाँझोपनको समस्याका प्रमुख कारण लम्पी स्किन,खोरेत तथा अन्य महामारी रोग आउनुका साथै पशुलाई दिईने सन्ुतलित आहारा नहुदा सन्तुलित पोषण अभावका कारण पनि बाँझोपन बढेको उनले बताए ।
साँढे वा राँगो खोज्दा पशुले विभिन्न लक्षणहरू देखाउछ,जस्मा प्राथमिक लक्षण अरू पशुलाई आफू माथि उक्कलन दिइनु महत्वपुर्ण लक्षण मानिन्छ । शुरुको अवस्था आफु आर्को पशुमाथि उक्ले पनि स्टाण्डिगँ हिटमा भने अरू पशुलाई आफु माथि उक्लन दिन्छ । यि बाहेक सुत सुन्निनु,सूतको भित्रिभागमा रातो अथवा गुलाफी रँग जस्तो देखिनु तुरतुर पिसाब फेरि रहनु,दुध घटाउनु,कराउनु जस्ता लक्षण समेत देखाएको बारे किसानलाई सुझाव दिइएको थियो । त्यसै गरि सबै पशुमा यस्ता लक्षणहरू राम्रोसँग नदेखिन पनि सक्छ । यस्तो ऋतुकाललाई मन्द ऋतुकाल भनिन्छ । यस्तोमा पशुको प्रत्यक्ष हेरचाह गर्ने ब्यतिm अझ चनाखो हुनु जरुरी छ र प्राविधिकले पनि भित्रि अंगहरूको परिक्षण गरी निर्कयौल गर्न जरुरी हुन्छ ।

प्रजनन दर उच्च हुनका लागि मुख्यत ऋतुकाल पहिचान गर्ने दक्षता कृत्रिम गर्भाधानकर्ताको क्षमता पशुको प्रजनन क्षमता र वीर्यको प्रजनन क्षमतामा भर पर्ने गर्छ । यसका लागि गर्भ रहने दर बढाउन ऋतुकाल शुरु भएको १२ देखी २० घण्टा भित्रको समयलाई कृत्रिम गर्भाधान गराउन उपयुतm समय मानिन्छ,सोही बेला कृत्रिम गर्भाधान गराउनु पर्छ । पशु मन्द ऋतुकालमा हुन सक्छ त्यस्तो अवस्थामा किसान चनाखो हुनु पर्छ र प्राविधिकले प्रजनन अंग परीक्षण गरेर मात्र पशु ऋतुकालमा आए नआएको निधो गर्नु पर्छ । पशु ब्याएको कम्तीमा पनि ४५ देखी ६० दिन पछि मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ । पशु तुहाएको छ भने त्यस्तो अवस्थामा दुईवटा ऋतुकाल छोडेर मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ ।

यसैगरि कहिलेकाही गर्भाधानमा पनि पशु ऋतुकालमा आउन सक्छ यस कारण कृत्रिम गर्भाधान गर्नु पुर्व इतिहास लिने र गर्भ परिक्षण गर्ने कार्य गर्नुपर्छ । यदि कृत्रिम गर्भाधान गराउन पशुलाई टाढाबाट ल्याइएको भए कम्तीमा पनि १५ मिनेट आराम गर्न लगाई त्यसपछि मात्र कृत्रिम गर्भाधान गराउनु पर्छ । पशु विरामी भएको अवस्थामा वा ज्वरो आएकोमा कृत्रिम गर्भाधान गर्नु हुदैन यदि गरेमा पनि गर्भधारण दर कम हुन्छ । यदि पशु ऋतुकालको समय १७ दिन भन्दा कम र २५ दिन भन्दा बढि छ भने पशुको उपचार गरेर मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ । पशुलाई दाना वा अनाजमा भन्दा धेरै खनिज पदार्थ हरियो घाँसमा हुन्छ । हरियो घाँस खान नपाएको अवस्थामा मिनरल मिक्स्चर किनेर दानामा मिसाएर खुवाउनु पर्ने हुन्छ,जस्ता सन्देश पनि यो अभियान भित्रै दिदै आएको केन्द्रले जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?