ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

रामग्राम स्तुपमा आउने धार्मिक पर्यटक व्यवस्थापनमा चुनौति

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

नवलपरासी, २७ कार्तिक ।
जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल रामग्राम स्तुपमा धार्मिक पर्यटकको वृद्धि भए पनि ध्यान अभ्यास, पूजा प्रार्थना लगायतका उचित ब्यवस्थापनमा चुनौती देखिएको छ । संसारका एक मात्र मौलिक अवस्थामा रहेको भगवान गौतम बुद्धको अस्थि राखेर बनाइएको रामग्राम स्तुपमा विभिन्न देश विदेशबाट बौद्ध भिच्छु र धार्मिक पर्यटक आउने क्रम बढे पनि सो स्थानमा ध्यान अभ्यास तथा पुजापाठ, तथा प्रार्थनाका लागि लागि उचित स्थान नबन्दा समस्या देखिएको हो ।

आईतवार विहान रामग्राम स्तुपामा बंगलादेशका केही ध्यानी साधक आएर ध्यान गर्न बस्दा कहाँ बस्ने अलमलमा परेका थिए । भिच्छु र उपासकहरू प्रार्थना गर्दै थिए,जुन प्रार्थना गर्दा ध्वनी सहितको प्रार्थनाले ध्यान अभ्यासमा असर परेको थियो । त्यसैमा सोही बेला केही चिनिया पर्यटक आए, उनीहरू परिक्रमा गर्न थालेका थिए, सो परिक्रमाका लागि उचित स्थान ब्यवस्थित नहँुदा ध्यान गर्ने बंगलादेशी साधक र प्रार्थना गर्दै गरेका कोरियन भिच्छुका लागि केही असज हुन थाल्यो, जस्ले गर्दा पूजापाठ गर्ने स्थान सार्न परेको थियो । यसरी विभिन्न देश अनुसारका स्थान मिलाउन अहिले रामग्राम परिसरमा चुनौती देखिएको छ । अ आफ्नै पुजापाठ, दिप, पुष्प लगायतका अत्यावश्यक सामग्रीहरूको समेत सो स्थानमा नपाईने हुँदा आउने पर्यटकहरूले असहज महशुस गर्ने गरेका थिए । त्यसको लागि पनि रामग्राम क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सस्थाहरूले सोच्नु पर्ने आवश्यकता पर्यटकले सुझाएका थिए ।

त्यसैमा कोरियनविभिन्न देशका बौद्ध संस्कृति अनुसारका धार्मिक पर्यटक आउने र अ आफ्नो रिती रिवाज र संस्कृतिक मान्यता अनुसारको पुजापाठ गर्ने, ध्यान गर्ने, प्रार्थना गर्ने फरक फरक विधि हुने हुदा ब्यवस्थापनमा चुनौती देखिएको स्थानियले बताएका छन् । बुद्धलाई सबैले मान्ने गरेका छन्, त्यहाँका पुर्व वार्ड अध्यक्ष समेत रहेका शिवशंकर प्रसार हरिजनले भने, तर स्तुपको पुजा, प्रार्थना, पाठ र ध्यान अभ्यासका लागि फरक फरक विधि अपनाउने गरेका छन् । त्यसका लागि सबैलाई उचित स्थान ब्यवस्थापनमा चुनौती देखिएको छ । त्यसका लागि रामग्राम विकास कोष र लुम्बिनी विकास कोषले ब्यवस्था मिलाउनु पर्ने उनले औल्याएका थिए । धार्मिक आस्था र श्रद्धाले लाखौ खर्चेर धार्मिक पर्यटक रामग्राम स्तुपा परिसरमा आउने तर उचित ब्यवस्थान गर्न नसक्नु नगर र मुलुककै लागि लज्जास्पद कुरा भएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए ।

हुन त हालै गठिन रामग्राम विकास कोषले आफ्नो कार्यालय स्थापना गरेको छ,कर्मचारी ब्यवस्थित गर्दै छ, तर यस क्षेत्रका आउने विदेशी पर्यटक तथा पाँहुनाको ब्यवस्थापन तिनै तहका सरकार मिलेर गर्नु पर्ने आवश्यकता औल्याएका थिए । महिना दिन अगाडि रामग्राम विकास कोषले रामग्राम स्तुप परिसरमा आफ्नो कार्यालय सञ्चालन गर्दै स्तुप क्षेत्रमा यात्रु सुरक्षार्थ अस्थाई प्रहरी विटको स्थापना गराएको थियो । त्यो प्रहरी विटले आउने पर्यटकको सुरक्षामा राहत पु¥याएको कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) धनपत यादवले बताए । कोषको कार्यालयले स्तुपमा आउने पर्यटकलाई पथप्रदर्शकका कार्य गरिनुका साथै स्तुपको परिचयात्मक सुचना प्रवाह, प्रचार प्रसार तथा रामग्राम स्तुप क्षेत्रमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाई पर्यटन पूर्वाधारको विकास गर्दै लैजाने लक्ष्य रहेको मेयर यादवले बताएका थिए ।
बौद्धमार्गी मात्रै नभई अन्य पुरातात्विक अनुसंधानकर्ता,धार्मिक तथा ऐतिहासिक पर्यटकलाई शान्तिको अनुभुति प्रदान गर्ने स्थान भएको र विश्वसम्पदाको सुचिमा राख्ने प्रकृयामा रहेको यस क्षेत्रमा देशी तथा विदेशी पर्यटकको आगमन बढ्दै गएका कारण यहाँ शुरक्षा अपरिहार्य देखिएको थियो । यसबारे विगत बर्षमा नागरिक समाजले समेत रामग्राम स्तुप क्षेत्रमा प्रहरी विटका लागि माग गर्दै आएको थियो । नागरिक समाजको माग तथा यस क्षेत्रमा बढदो लागु औषध सेवनकर्ता, दुब्र्यसनी नियन्त्रण तथा चोरी तस्करीको मार्ग भएको र यस क्षेत्रमा बेला बेला झै झगडा लगायतका घटना हँुदै आएकोले प्रहरी विटको स्थापना गरि कार्यले ति विकृति हटेको जनाउदै बाकी कामका लागि रामग्राम विकास कोषले योजना बनाई रहेको दाबी समेत अध्यक्ष यादवको थियो । उनका अनुसार कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने, पुजापाठ तथा ध्यान अभ्यासलाई गराउने कार्य निरन्तर गराउदै आएको छ । त्यसैगरि स्थानिय स्तरमा स्तुपको महत्वबारे जागरण अभियान समेत सञ्चालन गर्दै आएको छ । बुद्धका अध्यात्मिक स्थान ऐतिहासिक र पुरातात्विक महत्व राख्ने स्थान हो । रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?