ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

कृषिमा कुमालको कमाल

२६ कार्तिक २०८१, सोमबार
२६ कार्तिक २०८१, सोमबार

पाल्पा, २६ कार्तिक ।
रामबहादुर कुमाल । बिरुवासँग जोडीने र भनिने नाम । तरकारीको बिरुवा उत्पादन कर्मकै कारण नाम जोडिएका राम बहादुरको नाम जोडियो । कसैलाई बिरुवा चाहिँदा उनको नाम जोडिँदै खोज्न व्यक्ति उनीकहाँ पुग्छन् । यसरी आफनो नामको पछाडी बिरुवा जोडीएला भन्ने कल्पना नै थिएन् उनलाई । पाल्पाको तानसेन नगरपालिका तेल्घा गाउँका रामबहादुर तरकारीको खेतिबाट आफ्नो दैनिकी गुजारा चलाउँछन् । गुजारा चलाउन र करेसाबारीमा तरकारी रोप्नेका लागि विरुवा दिएर साथ दिन्छन् ।
२०७० सालमा जहाँबाट आफूलाई आवश्यक पर्ने तरकारीको बिउ मल ल्याउने पसलका केशव भट्टराईको कारणले अहिले आफू यो अवस्थामा आएको उनी बताउँछन् । केशव दाजुले तरकारीको बिरुवा बनाउन भन्नु भयो । त्यहीबाट आफ्नो नर्सरीको काम थालनी गरे । दैनिकजसो २ सय वटा विरुवा प्रति विरुवा २ रूपैयाका दरले बिक्री गरेको हप्तामा १ हजार ५ सय हात पर्दा खुसीको सिमा नै नरहेको उनी बताउँछन् । पहिलो पटक मौसमी काउली, बन्दा, साग, प्याजको बिरुवा मात्र नभई सयपत्री फुल कागतीको नर्सरी लागि निरन्तता दिएका कुमाल भन्दछन् । वार्षिक रूपमा ३ लाख रूपैया बराबरको तरकारीको बिरुवा बिक्री हुन्छ ।
साविकको जिल्ला कृषि बिकास कार्यालयबाट तरकारी खेति कसरी गर्ने बिरुवा कसरी तयार गर्ने विषयमा पटक पटक तालिम लिएका कारण सजिलो नै भयो । यही तरकारी खेतिका कारणले विदेशमा कमाउन जान कहिल्यै मन लागेन भन्ने कुमालले आफनो बारीमा वर्षमा ४ जनालाई ६० दिन भन्दा बढि दैनिक ५ सय रूपैयाँ ज्याला दिने गरी रोजगारी दिएका छन् । पैसा कमाउन सफल नभए पनि आफनो जिल्लाको अगुवा कृषक मात्र नभई छिमेकी जिल्ला, अर्घाखाची,गुल्मी,स्याङ्जासम्मका अगुवा कृषकलाई मौसमी तथा बेमौसमी तरकारीको बिरुवा उपलब्ध गराउँदा आफनो नामको पछाडी विरुवा जोडिदिँदा उनी निकै आनन्द लाग्ने बताउँछन् ।
कुमाल भन्नासाथ पहिला पहिला माटोको भाँडा बनाउने, खोलामा माछा मार्ने काम हो समय सधै परिवर्तन हुन्छ । आफ्ना पूर्वजहरू यहाँ आए । अहिले सात घर भएका छौं । खेति गर्न जमिन त धेरै छैन । आफ्नो तिन रोपनी जमिन छ । नर्सरी गर्न र खेतिका लागि प्रसस्त जमिन भएन त्यसैले वर्षमा २० हजार भाडा तिर्ने गरी जमिन भाडा लिएर खेति गर्दा सात जनाको परिवार राम्रो संग नै चलेको छ । कृषि भन्ने के हो ? भन्ने विषयमा आफना भाइ छोराहरूलाई बुझाउन नसकेको उनी बताउँछन् । खेती बाट राम्रो संग आम्दानी लिन सकिन्छ । उत्पादीत बस्तुको बजार खोज्न जानै पर्दैन । अहिले त फोनको भरमा घरैबाट बिक्री हुन्छ । कहिले काही तानसेन जाने हो । कृषि भनेको हाम्रो जिवन दाता हो र आर्थिक बिकासको मुख्य मेरुदण्ड पनि हो भन्ने कुरा आफनो परिवारले बुझ्न नसकेको उनी भन्दछन्। देव बहादुर कुमाल र धन कुुमारी कुमालको पहिलो सन्तानका रूपमा जन्मिएका रामबहादुर कुमालका दुई छोराहरू छन् ।
आफूले कक्षा ८ सम्म अध्ययन गरेको राम बहादुर कुमालको जेठो छोरो भारतको गल्लीमा कामको खोजीमा भौतारीएको, कान्छो छोराले बिहान बेलुका आफुलाई सघाएको र दिउँसो लुम्बिनी मेडीकल कलेजमा काम गरेको, छोरीले नेपाल प्रहरीमा कार्यरत भएको उनी बताउँछन् । तरकारीको विरुवा आफुले बनाउन लागेपछि तानसेनमा अरूले पनि सुरुवात गरे, देख्दा, हेर्दा जति सजिलो छ ।काम गर्दा त्यती सजिलो छैन । बिउ राम्रो नभए उम्रिदैन । किरा फटाङ्राबाट जोगाउनै प¥यो अनि घाम पानी पनि आवश्यक मात्रामा हो । बिउको ब्याड राखेपछि कहि कतै जान मिल्दैन । नर्सरी भनेपछि संवेदनशील हो । पहिले बिउ, कामको ज्याला पनि सस्तो थियो । त्यती बेला पनि प्रति विरुवा २ रूपैयाँ थियो । आज मुल्य वृद्धी हुदा पनि प्रति विरुवा २ नै छ । हाम्रो समस्या बुझी दिने केही नै भएनन् । व्यवसायिक रूपमा मौसमी तथा बेमौसमी तरकारी खेतिसंगै तरकारी खतिेलाई व्यवसायीकीकरणको लागि नै भनेर नर्शरी सुरुवात गरेका रामबहादुर भन्दछन्, सरकारबाटै कृषिलाई उपेक्षा गरिएको छ । पहिला पहिला दैनिक २ सय बिक्री गरेका रामबहादुर भने यतिखेर उन्नत जात संगै हाइब्रिड जातको तरकारीका विरुवा दैनिक ५ सय बिरुवा बिक्री गरेको बताउने उनी भन्दछन्, तरकारी खेतिको व्यवसायिक उत्पादन गर्न कृर्षकले प्राविधिक सुझाब बिना प्रतिबन्धित विषादीको प्रयोग गर्दा आफ्नो मन नराम्रोसँग दुखाएको बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%