ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

हराए गोरु, भित्रिए मिनिटिलर

२० आश्विन २०८१, आईतवार
२० आश्विन २०८१, आईतवार

प्यूठान, २० असोज ।
परम्परागत रूपमा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै गएको छ । सहरीक्षेत्रमा देखिएको कृषिमा यान्त्रीकरण ग्रामीण भेगमा समेत देखिन थालेको हो । केही वर्ष यता ग्रामीण क्षेत्रमा गोरुले जोत्ने प्रचलन हराएर मिनिटिलरले जोत्न थालिएको हो । मकै भाचेर केही दिन गाइभैंसी बारीमा राखेर गोवर छरिएपछि एक÷दुई हल गोरुले बाँझो मार्ने चलन थियो ।

किसानले बाँझो मारेर (मकै/धान रोपेको जमिन वीऊ छर्नुपूर्व एक पटक जोत्ने) राखेको जमिनलाई केही दिनमा गहुँ, जौँ वा फापर छर्ने गर्दथे । त्यो काम गर्ने प्रत्येक घरमा एक हल गोरु पाल्ने गरिन्थ्यो । तर गाउँमा गोरु देखिन छाडेका छन् । किसानहरूले गोरु पाल्न छाडेर गोरुको काम प्रविधिबाट गर्दै आएका छन् । पाखा भिराला बारीमा मकै, गहुँ, जौ तथा खेतमा तोरी तथा धान छर्नका लागि खेतबारी जोत्ने काम अहिले गोरुको ठाउँमा मिनीटिलर (हाते ट्याक्टर) बाट गर्न थालेका छन् ।
घरमा काम गर्ने मान्छे नहुँदा गोरु पाल्न छाडेर ३ वर्ष देखि हाते ट्याक्टरले बारी जोत्दै आएको सरुमारानी गाउँपालिका–५ राङवाङकी किसान तिलीसरा रानामगरले बताइन् । ‘पहिले घरमा एकहल गोरु अनिवार्य हुन्थे, तर अहिले पाल्न छाडियो’ रानाले भनिन्, ‘तीन वर्ष यता खेतबारीमा हातेट्याक्टरले जोत्नै आएकी छु, गाउँमा गोरु भन्दा ट्याक्टरले जोताउन छिटो र सहजै पाउन सकिन्छ ।’ प्रतिघण्टा ७ सय ५० भुक्तानी गर्ने गरी हातेट्याक्टरको प्रयोग गरिएको उनको भनाइ छ ।

ऐरावती गाउँपालिका–६ विजुलीका टेक बहादुर बस्नेतले गाउँमा एकआध घरमा बाहेक गोरु पाल्न छाडिएको बताए । करिब ८० घर रहेको गाउँमा ३-४ घरमा गोरु रहेको उनको भनाइ छ ।
‘काठे हलो र गोरु हराएपछि, प्रविधिले समय र लागतमा कम गरेको छ’ उनले भने,‘गोरुले जोत्न नसक्ने ठाउँमा समेत जोत्ने, वर्षभरी पाल्नु नपर्ने हुँदा धेरै खर्च घटेको छ ।’ युवा जति विदेश र बुहारीहरू बच्चाका लागि गुणस्तरीय शिक्षा भन्दै सहर पस्ने चलनले गोरु पाल्ने जनशक्ति अभाव रहेको बताए । ‘चराउने र घाँस काट्न सक्ने मान्छे अभावमा गोरु पाल्ने चलन हराउँदै गयो’ उनले भने ।

हाल एक दिन एक हल गोरुले जोतेको तीन हजारसम्म तिर्नु पर्ने हुँदा किसानहरूले ट्याक्टर खोज्न थालेका छन् । गोरुले जातेको जमिन भन्दा हाते ट्याक्टरले जोत्दा उव्जनी घटेको उनीहरूको अनुभव छ । उव्जनी घटेपनि खेतवारी जात्न गोरु पाउनै मुश्किल छ । गाउँका किसानले मकै भाचेर गहुँ र तोरी छर्ने तयारी गरिरहेका छन् । अन्न भित्र्याएपछि बाँझो बारी जोत्न मिनीटिलरको पालो कुरेका छन् । युवाशक्ति गाउँमा नहुँदा गोरु पालन र गोरुले खेतबारी जोत्ने प्रचलन हराएजस्तै भएको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?