ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

सफ्टवेयर उत्पादनमा टुनाको फड्को

१५ आश्विन २०८१, मंगलवार
१५ आश्विन २०८१, मंगलवार

बुटवल,१५ असोज ।
स्थापनाको छोटो अवधिमा टुना टेक्नोलोजीले सफटवेयर उत्पादनमा फड्को मारेको छ । कृषि र पर्यटनलाई आधुनिक प्रविधिहरूसँग जोड्ने र आर्थिक फाइदा दिने लक्ष्यका साथ सफटवेयर उत्पादन गर्दै आएको टुना टेक्नोलोजी ३ वर्षको अवधिमा उत्कृष्ट सफटवेयर उत्पादनको रूपमा पहिचान बनाउन सफल भएको हो । सोमबार पत्रकार सम्मेलन गरि संस्थाका अध्यक्ष गणेशचन्द्र पोखरेलले मोफसलबाट कृषि र पर्यटनबाट प्रविधिलाई जोडेर आर्थिक समृद्धिको नारासहित सफटवेयर उत्पादनको अभियान थालेको बताए ।

५० जना शेयरधनीबाट ५ करोड चालु पँजीमा शुरु भएको उनले बताए । विज्ञ र युवा ईन्जिनियरहरूबाट नेपालको वातावरण सुहाउदो कृषि, पर्यटन व्यवस्थापन सफटवेयर उत्पादन र ई–कमर्स प्लेटफर्म दिने काम गर्दै आएको उनले बताए । आईटि क्षेत्रमा अध्ययन गरेका युवाहरू जो विदेश जानुपर्ने छ त्यसलाई रोक्ने गरि यो एउटा बिकल्पका रूपमा खोलिएको भन्दै उनले छोटो समयमा २ वटा सम्मान पाएउदा गर्व महशुस भएको दाबी गरे । ‘कम्पनीले अब अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउदै गएको छ ।’— उनले भने । भर्खरमात्र नास आईटि अवार्ड र स्टार्ट अप प्रोभिन्सियल अवार्ड प्राप्त गरेको तथा ब्रुनाईमा हुन गईरहेको एशिया प्यासिफिक आईसिटि एलायन्स अन्तराष्ट्रिय अवार्डमा नेपालबाट छनौट हुन सफल भएको उनले बताए ।
कार्यक्रममा टुनाका प्रमुख कार्यकारी अधिकृत राजिव गौतमले स्थापनाकालदेखि २ वर्ष सफटवेयर उत्पादन गरेको र एक वर्षदेखि डेढ करोड रूपैया प्रडक्ट बिक्री गर्न सफल भएको बताए । विशेष गरि ठुलो खर्च गरेर ईन्जिनियरहरू राखेर तयार गरेको सम्पतिको रूपमा भ्यालु एड नहुनु चुनौती रहेको उनले बताए । दुई दर्जन बढी आईटि शिक्षालय भएपनि काम गर्ने वातावरण नभएको हुदा युवा विदेशीने बाध्यतालाई रोक्न प्राक्टिकल बेसमा अघि बढाउने गरि एकेडेमीको योजना बनाएको उनले बताए । सरकारबाट सफ्टवेयर निर्माणको लागि आव्हान गर्दा धेरै किसिमको प्रावधानहरू राखिने हुदा समस्या हुने उनले बताए । सरकारबाट सुनुवाई नहुने, जनप्रतिनिधि र कर्मचारीबिच ब्यक्तिगत ईन्टेरेस्ट र कारणका बुझाउन नसकिएको उनले दुखेसो गरे । ब्यक्तिगत सफटवेयरहरू बजारमा आएपनि त्यो भोलिको लागि पर्याप्त नहुने उनले दाबी गरे । चाडपर्वको अवसरमा ३० प्रतिशत सम्म छुटमा सफटवेयर उपलब्ध हुने बताए ।

कार्यक्रममा टुनाका संचालक धुब्र न्यौपानेले मोफसलमा रहेर आईटिको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताए । पैचो र पौवा जस्ता यस क्षेत्रमा ग्रामिण उत्पादनलाई शहरसंग जोड्ने अभियानमा प्रविधिबाट जोडेर पारदर्शी र सहज ब्यवस्थापनको नमुना दिन सफल भएको बताए । पैचोमा नै टुना जोडेपछि पारदर्शी भएका उपलब्धीबारे उदाहरया पेश गरे । चिफ अफ अपरेटर सर्वजित मिश्राले जेनेरेल सेक्युरिटिका सबै मापदण्ड पुरा गर्ने हुदा धेरै विश्वासिलो भएको दाबी गरे । नेपालमा नै डाटा रहने हुदा सुरक्षा र गोपनियता दुबैमा भरपर्दो रहेको छ । हाल टुनामा ४० जना कर्मचारी कार्यरत छन । काठमाडौंमा शाखा र पोखरामा समेत सहकार्यमा गरेर खोलिएको छ । अष्ट्रेलियाको सिड्नीमा समेत कार्यालय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?