ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक आज बस्दै, संसदीय दलको नेता चयन मुख्य एजेण्डा

१ भाद्र २०८१, शनिबार
१ भाद्र २०८१, शनिबार

बुटवल, १ भदौ ।

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक आज शनिबार बुटवलमा बस्दैछ । प्रदेशका मुख्यमन्त्री एवं एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दलको बैठक बोलाएका हुन् । संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

प्रदेशसभा सदस्यहरुका अनुसार आज शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । बैठक मुख्यमन्त्री आचार्यको बुटवलस्थित सम्पर्क कार्यालयमा बस्नेछ । मुख्यमन्त्रीले विश्वासको मत लिने र दलको नेता परिवर्तनको विषयमा छलफलको एजेन्डा रहेको नेताहरु बताएका छन् ।

मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आहृवान भएको छ । विश्वासको मतअघि नै दलको नेताको टुंगो लगाएर दलको तर्फबाट विश्वासको मतका लागि हृवीप जारी गर्नु पर्ने भएकाले बैठक आहृवान भएको र सम्भवतः शनिबारको बैठकबाट दल नेता परिवर्तन हुन सक्ने रूपन्देहीकै एक प्रदेशसभा सदस्यले बताए ।

शनिबारको बैठक दलका उपनेता आचार्यकै अध्यक्षतामा बस्नेछ । बैठकमा पार्टी लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल पनि उपस्थित हुने नेताहरुले जनाएका छन् ।

लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भने शनिबारको दलको बैठकमा मुख्यमन्त्रीले भदौ ४ गते मंगलबार लिने विश्वासको मत मात्र एजेन्डा रहेको बताए । उनका अनुसार दल नेताले यसअघि दिएको राजीनामाको विषयमा शनिबार छलफल हुने र त्यसपछि सम्भवतः दल नेता लीला गिरीकै अध्यक्षतामा बैठक संचालन हुने उनले बताए ।

एमाले संसदीय दलका नेता लिला गिरीले संसदीय दलको नेताबाट आफूले राजीनामा दिइसकेकाले यही एजेण्डा मुख्य हुन सक्ने बताए । “मैले राजीनामा दिइसकेको हुनाले दलको नेता चयन नै मुख्य एजेण्डा होला”–उनले भने ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । गिरी दल नेता रहेकै अवस्थामा केन्द्रीय नेतृत्वबाट आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएपछि गिरीले दल नेताबाट राजीनामा दिएका थिए । कांग्रेसभित्र मन्त्री छनोटको किचलो र एमालेभित्र दल नेताको विवादले मुख्यमन्त्रीले विश्वासको मत लिन सकेका छैनन् । सरकारलाई पूर्णता दिएर मात्र विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री आचार्यले कांग्रेस भित्रको विवाद तत्काल समाधान हुने नदेखेपछि मंगलबार विश्वासको मत लिने तयारी गरेका हुन् ।

अहिले मुख्यमन्त्रीसहित लुम्बिनीमा एमालेका ५ र कांग्रेसका ४ मन्त्री छन् । कांग्रेसले थप एक मन्त्री सिफारिस गर्न बाँकी छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा २ मन्त्रालय साना दलका लागि राखिएको छ । तर, सरकारलाई समर्थन गरेका लोसपा, जसपा र नागरिक उन्मुक्ति तीनवटै दलले मन्त्रालयमा दाबी गरेको र दुई दललाई मात्र भाग पुग्ने भएकाले एमाले–कांग्रेस अप्ठ्यारोमा छन् । स्रोतका अनुसार लोसपा र जसपालाई १÷१ मन्त्रालय दिएर नागरिक उन्मुक्तिलाई राज्यमन्त्री वा अन्य नियुक्तिमा मिलाउने प्रयास दुई ठूला दलले गरेका छन् ।

लुम्बिनीमा सरकारलाई समर्थन गर्ने दलबाट नागरिक उन्मुक्ति पार्टीका ४, जनमत ३, लोसपा ३, जसपा २, जसपा नेपाल १ जना प्रदेशसभा सदस्य छन् । त्यस्तै प्रतिपक्षमा रहेका माओवादीका १०, राप्रपाका ४, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र १÷१ प्रदेशसभा सदस्य छन् । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?