© २०२३
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरु पढ्नका लागि देशबाहिर जाने परिस्थीति सिर्जना भएको बताएका छन । शनिबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको ५ औं साधारण सभा उद्घाटन गर्दै मन्त्री भट्टराईले विद्यार्थीहरु पठ्नका लागि बाहिरिनुको कारण मुलुकको शैक्षिक प्रणाली वा विश्वविद्यालयमात्रै नभइ ज्ञान पछिको रोजगारीको अवसर प्राप्त हुन नसक्नु भएको दाबी गरिन ।
‘उनीहरु देशबाहिर जाने परिस्थीति सिर्जना भएको छ ।’- उनले भने । राजनीतिक अस्थीरताका कारण देशमा केहि हुदैन भन्ने भाष्यका कारण पनि विद्यार्थीहरु बाहिरिरहेको जिकिर गरिन । मन्त्री भट्टराईले शिक्षालाई मजबुद बनाउन विश्वविद्यालय तयार छ भन्ने प्रमाणीत गर्न सवै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने धारणा राखिन ।
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्थाहरु दुर्वल हुदै गएको उनको भनाइ छ । उहाले विद्यालय शिक्षा ऐन बनाइरहदा शैक्षिक पाठ्यक्रम लगाएतका बिषयमा धेरै काम गर्न बाँकी रहेको बताईन ।
कार्यक्रमका बिभिन्न क्षेत्रमा बिज्ञता हासिल गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी